Ajay Edwards IGJF Pusimbing house reconstruction
Ajay Edwards IGJF Pusimbing house reconstruction

पुसिम्बिङ, कोठीधुराका प्रणय देवानको घर एडवर्डसले पुनर्निर्माण गरिदिए

Share this news

हुरी बतासले घर विहिन बनाएका प्रणय देवानको घर अजय एडवर्डसले गरिदिए निर्माण। भावविभोर हुँदै देवान परिवारले अजय एडवर्डसप्रति जनाए आभार। प्राकृतिक प्रकोपको चपेटमा घर गुमाएका पुसिमबिङ कोठीधुरा निवासी प्रणय देवानको घर अजय एडवर्डसले पूनःनिर्माण गरिदिए। गत वर्ष परेको मुसलधारे पानीले दार्जीलिङ पहाड लगायत तराई आदि क्षेत्रहरूमा धेरै क्षति पूराएका थियो। त्यसै अवधि सुखिया मानेभञ्ज्याङ समष्टि अन्तर्गत पुसिमबिङ कोठीधूरा निवासी प्रणय देवानको घरमाथि रूख ढलेर घर क्षतिग्रस्त भएको थियो। प्रणय देवानले आफ्नो घरको अवस्था देखाउँदै पहाडको सत्ताधारी राजनैतिक दलको नेतृत्वहरूदेखि लिएर ग्राम पंचायत साथै सम्बन्धित विभागीय अधिकारीहरू समक्ष घर निर्माणको गुहार लगाएका थिए तर उनलाई कहीँ कतैबाट सहयोग नहुँदा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट सुखिया मानेभञ्ज्याङ समष्टि अध्यक्ष दिनेश राई, उपाध्यक्ष विशाल राई लगायत समष्टिको प्रतिनिधिहरूले पार्टी केन्द्रीय संयोजक अजय एडवर्डस समक्ष प्रणय देवान, उनको परिवार साथै रूख ढलेर क्षति ग्रस्त भएका घरको अवस्था बारेमा जानकारी गराएका थिए।

यी सबै विषयहरूलाई ध्यानमा राख्दै अजय एडवर्डस्सले प्रणय देवानको घर निर्माण गरिदिने वचन दिएका थिए, जसको फलस्वरूप प्रणय देवानको घर पुनः निर्माण भएको छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट सुखिया मानेभञ्ज्याङ समष्टि अध्यक्ष दिनेश राई, उपाध्यक्ष विशाल राई लगायत अन्य नेतृत्वहरू आज प्रणय देवानको घर पूगेका थिए। त्यस अवधि प्रणय देवान तथा उनको घर परिवारहरूले खदा लगाउदै स्वागत जनाए। समष्टि अध्यक्ष दिनेश राईले बताए अनुसार गत वर्ष तीव्र हावापानीको कारणले गर्दा प्रणय देवानको घरमाथि ठूलो रूख ढलेर घर पूर्ण रूपमा क्षति ग्रस्त भएको थियो। पीडित प्रणय देवानले स्थानीय सरकार, पहाडको सत्ता दल साथै सम्बंधित विभागीय अधिकारीहरू सबै समक्ष घर निर्माणको गुहार लगाएका थिए तर कहीँकतैबाट घर निर्माणको सहयोग नपाउँदा हामीले पार्टी केन्द्रीय संयोजक अजय एडवर्डस्स समक्ष यी सबै विषयहरू बताएका थियौं अनि पार्टी संयोजक अजय एडवर्डस स्वयंआएर क्षति ग्रस्त घरको निरक्षण गरेका थिए अनि घर निर्माण गरी दिने वचन दिएका थिए।

घर निर्माणको निम्ति अजय एडवर्डसले च्यादरदेखि लिएर सिमेन्ट,रड,काठ सबै थोक यहाँसम्म की घर निर्माणको लागि पैसा समेत दिएका थिए।प्रणय देवानको घर आज पूर्ण रूपमा तयार भएको राईले बताए।आईजीजेएफ सुखिया मानेभञ्ज्याङ समष्टिको पक्षबाट पार्टी संयोजक अजय एडवर्डसप्रति आभार जनाएका छन्।मुखले सबै थोक गर्छु भन्नेहरूको पहाडमा कमी छैन,फसेबुकमा ठूल्ठूला कुरा गर्नेहरूको कमी छैन तर अजय एडवर्डद्सले जो बोल्छ त्यो गरेर देखाउँछ।आफ्नो गोजीको पैसाले गरीब दुखीहरूलाई सहयोग पूराउँदै आएका छन्।शहरदेखि गाउँ बस्ती,चिया बगान,सिन्कोना बगान आदि क्षेत्रहरूमा रोडको निर्माण,पूलको निर्माण,समाज घरको निर्माण आदि जस्ता कार्यहरू आफ्नो गोजीको पैसाले गर्दै आएका छन् यी सबै कुराहरू पहाडले बुझ्नपर्छ अध्यक्ष राईले बताए।प्रणय देवानले अजय एडवर्डसप्रति आभार जनाउँदै हावा पानीले रूख लडाउदा मेरो घर क्षति ग्रस्त भएको थियो।मैले मेरो घरको अवस्था देखाउँदै पहाडको सत्ताधारी पार्टीको नेतृत्वहरू,ग्राम पंचायत,क्षेत्रीय सरकार,विभागीय अधिकारीहरू सबै सबैलाई सहयोगको गुहार लगाए तर कहीँकतैबाट सहयोग पाउन सकिनन् तर मलाई अजय एडवर्डसले सहयोग गर्नु भयो त्यसको निम्ति म अनि मेरो परिवार धेरै आभारी छौ,अजय एडवर्डस जस्तो नेता पहाड तराई डुवर्स तथा गोर्खा जातिलाई चाहिएको छ।

Share this news
आजको रोजाइ
जून २०२६ विगत १०० वर्षमा सबैभन्दा सुख्खा महिना भएको दावी

जून २०२६ विगत १०० वर्षमा सबैभन्दा सुख्खा महिना भएको दावी

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा असार पन्ध्र पर्व उल्लासपूर्वक पालन

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा असार पन्ध्र पर्व उल्लासपूर्वक पालन

घाइते स्टिफेन युस्टाकियोद्वारा द. अ.माथि क्यानडाको जित 

घाइते स्टिफेन युस्टाकियोद्वारा द. अ.माथि क्यानडाको जित 

भारतको महिला टी-२० विश्वकपमा समूह चरणबाट नै बाहिरिन पर्‍यो

भारतको महिला टी-२० विश्वकपमा समूह चरणबाट नै बाहिरिन पर्‍यो

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा उल्लासपूर्वक मनाइयो असार पन्ध्र पर्व

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा उल्लासपूर्वक मनाइयो असार पन्ध्र पर्व

आईफोन १८ प्रो, आईफोन अल्ट्रा आउनअघि सुरुवात मिति भयो लीक

आईफोन १८ प्रो, आईफोन अल्ट्रा आउनअघि सुरुवात मिति भयो लीक

इथेनल उत्पादनले सबैभन्दा प्रदूषित शहर भएको भ्लगरको वृत्तचित्र

इथेनल उत्पादनले सबैभन्दा प्रदूषित शहर भएको भ्लगरको वृत्तचित्र

विठाबाई नारायणगाउँकर परिवारले श्रद्धाको “ईथा” शीर्षकको गरयो विरोध

विठाबाई नारायणगाउँकर परिवारले श्रद्धाको “ईथा” शीर्षकको गरयो विरोध

असार १५ किन अनि केकालि पालन गरिन्छ, यसको महत्व के छ ?

असार १५ किन अनि केकालि पालन गरिन्छ, यसको महत्व के छ ?

पुसिम्बिङ, कोठीधुराका प्रणय देवानको घर एडवर्डसले पुनर्निर्माण गरिदिए

पुसिम्बिङ, कोठीधुराका प्रणय देवानको घर एडवर्डसले पुनर्निर्माण गरिदिए

आजको रोजाइ