West Sikkim Sahitya
West Sikkim Sahitya

पश्चिम सिक्किम साहित्य प्रकाशनद्वारा तीनजना व्यक्तित्वलाई अभिनन्दन

Share this news

कहिलेकाहीँ समाजले आफ्ना असल कर्मयोगीहरूलाई सम्झने, सम्मान गर्ने र उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्ने अवसर सिर्जना गर्छ। यस्तै आत्मीय र भावनात्मक वातावरणबीच पश्चिम सिक्किम साहित्य प्रकाशनले आफ्नो कार्यालयमा तीन विशिष्ट व्यक्तित्वलाई अभिनन्दन तथा बधाई अर्पण गर्दै एक गरिमामय कार्यक्रम सम्पन्न गर्यो। पद्मश्री केदार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गेजिङ जिल्लाका जिल्लापाल तेञ्जिङ डी डेन्जोङपालाई विशेष सचिव पदमा पदोन्नति भएको अवसरमा बधाई तथा सम्मान व्यक्त गरियो। त्यसैगरी पूर्व अतिरिक्त जिल्लापाल तथा साहित्यकार सन्तोष कुमार आलेलाई अवकाशप्राप्त जीवनको नयाँ यात्राका लागि शुभकामना दिइयो भने जिल्ला सूचना अधिकारी राजेन्द्र तामाङलाई पदोन्नतिको सफलताप्रति अभिनन्दन गरिएको थियो। कार्यक्रममा गेजिङ नगर पञ्चायतकी अध्यक्ष खिन माया तिवारी, उपाध्यक्ष रिन्जिङ भोटिया, पश्चिम सिक्किम साहित्य प्रकाशनकी अध्यक्ष रिकी लामु लेप्चा साहित्यकार दलमान पीर , प्रकाशकि सचीव फुर्वा खाण्डु गुरुङ गेजिङ नगर पन्चायतका पुर्व अध्यक्ष आइ के न्यौपाने , लगायत विभिन्न सामाजिक, साहित्यिक तथा बौद्धिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सम्मान ग्रहण गर्दै जिल्लापाल तेञ्जिङ डी डेन्जोङपाले आफ्नो छोटो कार्यकाललाई समेत स्मरण गर्दै साहित्य प्रकाशनले देखाएको आत्मीयता र सम्मानप्रति हार्दिक खुशी व्यक्त गरे। उनले गेजिङ जिल्ला सम्भावना र चुनौती दुवैको संगम रहेको उल्लेख गर्दै यसको समग्र विकासका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे। “भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पश्चिम सिक्किम साहित्य प्रकाशनले गरिरहेको अविराम प्रयास भविष्यमा इतिहासको सुनौलो अध्याय बन्नेछ,” उनले भने। उनले अन्तर्राष्ट्रिय स्तरसम्म परिचित ‘स्रष्टा’ जस्तो साहित्यिक पत्रिकालाई निरन्तरता दिनु कुनै सामान्य कार्य नभएको उल्लेख गर्दै आफ्नो तर्फबाट पनि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।त्यसैगरी पूर्व अतिरिक्त जिल्लापाल तथा साहित्यकार सन्तोष कुमार आलेले आफ्नो अनुभव सुनाउँदै सरकारी सेवाको सिलसिलामा गेजिङ आएपछि साहित्यिक क्षेत्रमा सक्रिय बन्ने प्रेरणा पश्चिम सिक्किम साहित्य प्रकाशनका अग्रजहरूबाट प्राप्त भएको बताए। उनले साहित्यप्रतिको मोह र प्रकाशनको हौसलाले नै आफूलाई कलमसँग जोडिराखेको स्मरण गरे।

“सरकारी जिम्मेवारीसँगै साहित्यको यात्रालाई निरन्तरता दिन सकेँ भने त्यसको श्रेय यहाँका साहित्यप्रेमी अग्रजहरूलाई जान्छ,” उनले भावुक हुँदै भने। उनले आगामी दिनमा पनि भाषा, साहित्य र सिर्जनाको क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम केवल सम्मानको औपचारिकता मात्र थिएन; यो सेवा, समर्पण, सिर्जना र सफलताको यात्राप्रति यस साहित्यिक समाजले व्यक्त गरेको सम्मानको सुन्दर अभिव्यक्ति थियो। उपस्थित तीनै व्यक्तित्वलाई पश्चिम सिक्किम साहित्य प्रकाशनको तर्फबाट अभिनन्दन–पत्र, सम्मानपत्र तथा शुभकामना अर्पण गरिएको थियो। साहित्य, प्रशासन र सञ्चार क्षेत्रका यी तीन प्रतिनिधि व्यक्तित्वप्रति व्यक्त गरिएको सम्मानले एउटा सन्देश पनि दिएको छ—समाजलाई अगाडि बढाउने हातहरूलाई समयमै सम्मान गर्न सकियो भने त्यसले नयाँ पुस्तालाई प्रेरणा र उत्साह प्रदान गर्छ। यही प्रेरणा र कृतज्ञताको भाव बोकेको आजको कार्यक्रम गेजिङको साहित्यिक इतिहासमा सम्झनलायक एक सुन्दर अध्यायका रूपमा अंकित रहनेछ।


Share this news
आजको रोजाइ

नशा मुक्त भारत अभियानमाथि जागरूकता-सह-संवेदनशीलता कार्यक्रम

श्रमिक आन्दोलनका शहिदहरूलाई आइजीजेएफ सङ्गठनले गर्यो स्मरण

श्रमिक आन्दोलनका शहिदहरूलाई आइजीजेएफ सङ्गठनले गर्यो स्मरण

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

पश्चिम सिक्किम साहित्य प्रकाशनद्वारा तीनजना व्यक्तित्वलाई अभिनन्दन

पश्चिम सिक्किम साहित्य प्रकाशनद्वारा तीनजना व्यक्तित्वलाई अभिनन्दन

संगठित आन्दोलनको प्रथम पराकाष्ठा १९५५सालको ऐतिहासिक आन्दोलन

संगठित आन्दोलनको प्रथम पराकाष्ठा १९५५सालको ऐतिहासिक आन्दोलन

त्रिपक्षीय सम्झौताबाट आफ्नो हस्ताक्षर फिर्ता लिनुपर्छः विनय तामाङ

त्रिपक्षीय सम्झौताबाट आफ्नो हस्ताक्षर फिर्ता लिनुपर्छः विनय तामाङ

एनआईएद्वारा मालदाका नेता सयेम चौधरी उर्फ बाबु चौधरीलाई पक्राउ

एनआईएद्वारा मालदाका नेता सयेम चौधरी उर्फ बाबु चौधरीलाई पक्राउ

गोरामुमो सुके-मानेभञ्ज्याङ, माझीधुरा-पारमेन बस्ती शाखा कमिटी गठन

गोरामुमो सुके-मानेभञ्ज्याङ, माझीधुरा-पारमेन बस्ती शाखा कमिटी गठन

टीएमसी नेता उदयन गुहा, 6 दिन पुलीस हिरासत, अदालत र सुधार गृहमा 

टीएमसी नेता उदयन गुहा, 6 दिन पुलीस हिरासत, अदालत र सुधार गृहमा 

बिमल सुब्बा-रत्न कुमार सुब्बा बने गोरामुमो आनन्देन शाखाका संयोजक 

बिमल सुब्बा-रत्न कुमार सुब्बा बने गोरामुमो आनन्देन शाखाका संयोजक 

आजको रोजाइ