मेक्सिकोले चेकियालाई ३-०ले जिती बन्यो समूह विजेता

Share this news

सह–आयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ को समूह चरणमा शतप्रतिशत नतिजा निकाल्दै समूह ‘ए’ को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। बुधबार राति भएको अन्तिम समूह खेलमा मेक्सिकोले चेकियालाई ३–० गोलअन्तरले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको हो।एस्तादियो अज्टेकामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मेक्सिकोले उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्‍यो। ५५औँ मिनेटमा माटेओ चाभेजले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि जुलियन किन्योनेसले गोल थप्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। इन्जुरी समयको चौथो मिनेटमा आल्भारो फिडाल्गोले गोल गरेपछि मेक्सिकोले ३–० को सहज जित सुनिश्चित गर्‍यो। यो जितसँगै मेक्सिकोले समूह चरणका तीनवटै खेल जित्दै नौ अंक जोड्यो। विश्वकप इतिहासमा मेक्सिकोले पहिलो पटक समूह चरणका सबै खेल जितेर अर्को चरणमा प्रवेश गरेको हो। साथै टोलीले समूह चरणभर एक गोल पनि नखाई उत्कृष्ट रक्षात्मक प्रदर्शन गरेको छ। खेलमा १७ वर्षीय गिल्बेर्टो मोराले सुरुआती रोजाइमा स्थान पाउँदै विश्वकपमा मेक्सिकोका लागि खेल सुरु गर्ने सबैभन्दा कान्छा खेलाडी बन्ने कीर्तिमान बनाए। यस्तै अनुभवी गोलरक्षक गुइलेर्मो ‘मेमो’ ओचोआले दोस्रो हाफमा मैदान प्रवेश गर्दै आफ्नो छैटौँ विश्वकप सहभागिता जनाए।  अर्कोतर्फ, जितको दबाबमा रहेको चेकिया खेलभर प्रभावशाली प्रदर्शन गर्न असफल रह्यो। तीन खेलबाट केवल एक अंक जोड्न सकेको चेकिया समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। समूह ‘ए’ को अर्को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० ले पराजित गरेपछि चार अंकसहित उपविजेता बन्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। दक्षिण कोरिया भने तेस्रो स्थानमा रहेर अन्य समूहका नतिजाको प्रतीक्षामा रहेको छ। समूह विजेता बनेको मेक्सिकोले अब अन्तिम ३२ मा समूह ‘सी’, ‘ई’, ‘एफ’, ‘एच’ वा ‘आई’ मध्ये कुनै एक समूहको उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

Share this news
आजको रोजाइ

नशा मुक्त भारत अभियानमाथि जागरूकता-सह-संवेदनशीलता कार्यक्रम

श्रमिक आन्दोलनका शहिदहरूलाई आइजीजेएफ सङ्गठनले गर्यो स्मरण

श्रमिक आन्दोलनका शहिदहरूलाई आइजीजेएफ सङ्गठनले गर्यो स्मरण

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

पश्चिम सिक्किम साहित्य प्रकाशनद्वारा तीनजना व्यक्तित्वलाई अभिनन्दन

पश्चिम सिक्किम साहित्य प्रकाशनद्वारा तीनजना व्यक्तित्वलाई अभिनन्दन

संगठित आन्दोलनको प्रथम पराकाष्ठा १९५५सालको ऐतिहासिक आन्दोलन

संगठित आन्दोलनको प्रथम पराकाष्ठा १९५५सालको ऐतिहासिक आन्दोलन

त्रिपक्षीय सम्झौताबाट आफ्नो हस्ताक्षर फिर्ता लिनुपर्छः विनय तामाङ

त्रिपक्षीय सम्झौताबाट आफ्नो हस्ताक्षर फिर्ता लिनुपर्छः विनय तामाङ

एनआईएद्वारा मालदाका नेता सयेम चौधरी उर्फ बाबु चौधरीलाई पक्राउ

एनआईएद्वारा मालदाका नेता सयेम चौधरी उर्फ बाबु चौधरीलाई पक्राउ

गोरामुमो सुके-मानेभञ्ज्याङ, माझीधुरा-पारमेन बस्ती शाखा कमिटी गठन

गोरामुमो सुके-मानेभञ्ज्याङ, माझीधुरा-पारमेन बस्ती शाखा कमिटी गठन

टीएमसी नेता उदयन गुहा, 6 दिन पुलीस हिरासत, अदालत र सुधार गृहमा 

टीएमसी नेता उदयन गुहा, 6 दिन पुलीस हिरासत, अदालत र सुधार गृहमा 

बिमल सुब्बा-रत्न कुमार सुब्बा बने गोरामुमो आनन्देन शाखाका संयोजक 

बिमल सुब्बा-रत्न कुमार सुब्बा बने गोरामुमो आनन्देन शाखाका संयोजक 

आजको रोजाइ