भक्कुचुर भष्ट्रचार गर्नेहरूले अहिले साँचो गोर्खाल्यान्ड प्रेमीको भएको नाटक गर्दैछन् यो भनाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवर्डसको हो। तिनले अघि भने आजको दिनमा जीटीएलाई गोर्खाल्यान्ड, को बाधा बताउँदै जीटीएको कुर्सी छोडेर सबै जना जाति प्रेमी भई रहेको छ, वर्षौ दिनसम्म जनताको नाममा आएको विकासको राशी लुटेर अहिले साधु विरालोको नाटक गर्दैछ। शिक्षादेखि लिएर स्वास्थ्य यहाँसम्म कि प्राकृतिक प्रकोपमा परेका दुखियारी जनताको नाममा आएको राशी डाकर समेत नलिई पचाउने प्रयास गरेको छ।शिक्षित बेरोजगार भाइ बहिनीहरूलाई टेट परिक्षाको प्रलोभन देखाएर लाखौ रूपियाँ लुटने काम गरेको छ, शिक्षा बेरोजगार भाइ बहिनीहरूको भविष्यसंग खेलवाड गर्ने काम गरेको छ यस्तै भष्ट्रचारीहरूले आजको दिन आफुले आफुलाई गोर्खाल्यान्डको साँचो भक्त अनि इमान्दारिताको नाटक गर्दै जीटीएको कुर्सी त्यागेको नौटंकी गर्दैछ।
जीटीएको कुर्सीबाट यिनीहरूले राजीनामा किन दिएको हो भन्ने सबैलाई थाहा छ तर पनि आफुले आफुहरूलाई गोर्खाल्यान्डको साँचो भक्त अनि इमान्दार देखाउनलाई जीटीएको कुर्सी त्यागेको देखाउन खोज्दैछ भन्ने एडवर्डसले बताएका छन।तिनले अघि भने जीटीएको कुर्सीमा बसि रहनलाई उनीहरू कोलकतासम्म पूगेको थियो,दार्जीलिङ सांसदसंग धेरै मिलाउने कोशिष गर्यो, राज्यको मुख्यमंत्री शुभेन्दु अधिकारी खरसाङ आउन अघिसम्म उनीहरूले आफ्नो सभासदहरूलाई तिमीहरू नसुर्ताउ,हामी मिलाउने काम गर्दैछौ भन्दै थिए तर खरसाङको जनसभाबाट मुख्यमंत्री शुभेन्दु अधिकारीले जीटीएमा भएको भष्ट्रचारीहरूलाई जेलको हावा खाउने कुरा गरेपछि त्यसै दिन सबै सभासदहरूलाई डाकेर मिटिङ गर्यो अनि अर्को एक जना सभासदलाई जीटीए चीफको कुर्सीमा राख्ने प्रस्ताव राखेका थिए तर अन्य सभासदहरूले उनले राखेको जीटीए चीफको प्रस्तावलाई अस्वीकार गरेपछि अनि मुख्यमंत्री अधिकारीको बयानलाई मन्थन गरेपछि अब हुँदैन रहेछ भन्ने बुझेर फेरि विगतमा जस्तै लम्पासार भएका छन।अहिले उनीहरूले गोर्खाहरूलाई न्याय दिने बीजेपी नै हो… हामी बिजेपीलाई छोडदै छोडदैनौ, हामी बिजेपीको शक्ति भएर बस्न पर्छ भन्दै हिंडदैछन् भन्दै अजय एडवर्डसले अनित थापाको नाम नलिइ व्यंग्य कसे। तिनले अझ भने सत्ताको कुर्सीमा मात्र होइन विपक्षी भएर बस्न पनि सिक्नु पर्छ, हामी शुरूदेखि नै भन्दै आइरहेका छौ, काम पनि बिगार्न हुँदैन अनि कसैसंग डराउनु पनि हुँदैन।
विगतको दिन राज्यको टीएमसी सरकार,मुख्यमंत्री, तपाईंहरूको जीटीए सबै मिलेर हामीमाथि खनिने काम गरेकै हो तर हामी कहिले डराएनौ किन की हामीले काम पनि विगारेको थिएनौं अनि डराउँदैनौं पनि एडवर्डसले बताए। जीटीएमा प्रचुर भष्ट्रचार गरेको हुनाले उनीहरू एक मिनट पनि सत्ता विहिन बस्न सक्दैन, भष्ट्रचारको जाँचदेखि बाँच्नलाई आफुले आफुलाई गोर्खाल्यान्डको साँचो भक्त देखाउनलाई उनीहरूले जीटीएको कुर्सी छोडेको देखाउन खोज्दैछ तर उनीहरूले गोर्खाल्यान्डको निम्ति जीटीएको कुर्सी छोडेको पटक्कै होइन। विगतको टीएमसी सरकारले विधानसभामा गोर्खाहरूलाई बाहिरोबाट आएको हो भन्दा हामीले त्यसको विरोध गर्दै धरनामा बसेका थियौं, त्यस अवधि हामीहरूमाथि एस पी शर्मा लगायत यिनीहरूले पुलिसमा मामिला दर्ता गरेको हो। आज पनि हामी त्यही मामिलामा न्यायलय जानु पर्दैछ।
लुटेराहरूले अहिले फटाफट जीटीए सभासदको कुर्सीबाट राजीनामा दिँदैछ अनि राजीनामा नदिने सभासदहरूलाई फोन गर्दै जीटीएमा प्रशासक राख्छ भन्दै जबर्जस्ती सभासदको पदभारबाट राजीनामा दिनु बाध्य गराउँदैछ। भागोप्रमोकै सभासदहरूले पनि तपाईंहरूलाई धम्की दिएको रिकर्ड गरेर राख्नु होस तपाईंको पक्षमा म न्यायलयमा मामिला दर्ता गर्नेछु।
भष्ट्रचारको जाँचदेखि बाँच्नलाई उनीहरूले जीटीए सभासदको कुर्सीबाट राजीनामा दिएको हो। तपाईहरूले गोर्खाल्यान्डकै लागि राजीनामा दिएको हो भने सभा बसौं अनि सभामा चर्चा गरौ तर भष्ट्रचारको जाँचदेखि भाग्ने काम नगरौं भन्ने अजय एडवर्डसले बताए। तिनले अझ भने जुन राजनैतिक पार्टीको एकै जना पनि सभासद छैन उनीहरूले चाहिँ सभासदको पदभारबाट राजीनामा देउ कि देउ भन्दै हिंडदैछ भन्ने एडवर्डसले बताए।विगत दिनको स्मरण गर्दै अजय एडवर्डसले भने विगत 2017 मा जीटीएको सबै सभासदहरूले राजीनामा दिएका थिए, त्यस समय 20 साल अघि भएको भष्ट्रचारहरूमाथि सरकार केही नगरेको बताए। यी भष्ट्रचारीहरू सरकारसंग मिलेर बसेको खण्डमा जीटीएको सबै भष्ट्रचारहरू बिलाएर जान्छ, भष्ट्रचार भनेको क्यान्सर हो, भोलीको दिनमा गोर्खाल्यान्ड नै भएको खण्डमा यस्ता भष्ट्रचार रूपी क्यान्सरले हाम्रो पहाड हाम्रो दार्जीलिङ बर्बाद पार्नेछ। आज एक सय करोडको भष्ट्रचार हुँदैछ भने भोली गोर्खाल्यान्ड भएको खण्डमा हजार करोड भन्दा माथिको भष्ट्रचार हुनेछ। नागाल्याण्ड राज्य भयो तर त्यहा राम राज्य आएनन, भष्ट्रचार भयो,घोटाला भयो,यस प्रकारको भष्ट्रचार घोटालालाई अकुंश लगाउनलाई हामी उभिएका छौं।
भष्ट्रचारदेखि अलग रहेका सभासदहरू डराउनु पर्दैन हामी छौं, इण्डियन गोर्खा जनशक्ति फ्रण्ट छ, हामी जातिलाई धोका दिने छैनौं अनि हामी धोका दिने समुहमा पर्दैनौं, जीटीएमा भष्ट्रचार भएको छ भनेर हामी न्यायलयमा जानु पर्छ भन्ने अजय एडवर्डस बताएका छन्।











