गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्रान्च कमिटीको नेतृत्वमा एवं थर्वु डुप्टिन, मिरिक, सौरेनी र तराई समष्टिको आयोजनामा मिरिक महकुमा अन्तर्गत सौरेनी समष्टिको मञ्जु श्री पार्कस्थित सुवास घिसिङको समाधिस्थलमा बडो धुमधामका साथ गोरामुमोको संस्थापक अध्यक्ष सुवास घिसिङको ९० औं जन्म वार्षिकी पालन गरियो।
उल्लेखनीय छ, यस कार्यक्रममा सुवास घिसिङको स्मृति स्वरुप मिरिक ब्रान्च र चारैवटा समष्टिको पदाधिकारी र सदस्यहरू एवं सम्पूर्ण भातृ संगठनका जनप्रतिनिधि र गोरामुमो केन्द्रिय कमिटीका सदस्यहरूद्वारा पार्क परिसरमा विभिन्न किसिमका वृक्ष रोपन कार्य सम्पन्न गरियो भने यस अघि गोरामुमो मिरिक ब्रान्च अध्यक्ष महेन्द्र खड्का र केन्द्रिय सदस्यहरुको बाहुलीबाट सुवास घिसिङको जन्म वार्षिकीको सम्झना गर्दै समाधिस्थलमा द्विप प्रज्ज्वलन गरि फूलमाला अर्पण गरियो।
यस कार्यक्रममा गोरामुमो मिरिक ब्रान्च अध्यक्ष- महेन्द्र खड्का, उपाध्यक्ष- एसबी तुम्रोक,मूलसचिव- राजकुमार रिजाल, ब्रान्च सदस्यहरू अमिताभ गुरु बीएल जीम्बा,अमिर थापा,रोशन छेत्री, अनिल राणामगर, पप्पु मगर, रामु शर्मा, हर्कमान तामाङ, जीतु तामाङ, बसन्त राई, पारस तामाङ, समष्टि गोरामुमो सौरेनी समष्टि मिडिया सेल अभियन्ता एनबी लिम्बु र भुपु केन्द्रिय सदस्य जेबी लिम्बु लगायत धेरै धेरै सदस्यहरुको उपस्थिति थियो भने कार्यक्रममा केन्द्रिय सदस्यहरू विरेन छेत्री, भुवानी प्रसाद दुलाल, गोरामुमो तराई समष्टि अध्यक्ष कर्ण प्रधान, सौरेनी समष्टि अध्यक्ष डीबी तामाङ, मिरिक समष्टि अध्यक्ष प्रसित राई, थर्वु डुप्टिन समष्टि अध्यक्ष वन्दना राई, भूपु सैनिक संगठनका केन्द्रिय उपाध्यक्ष समीर तामाङ,गोर्खा राष्ट्रिय युवा मोर्चा मिरिक ब्रान्च अध्यक्ष रुचन राई, सचिव निश्चल थापा, एचपीडब्लुयु मिरिक ब्रान्च अध्यक्ष आरएस देवान, जीएनडब्लुओ मिरिक ब्रान्च सदस्यहरु बिमला राई थुलुङ, शर्मिला राई लगायत धेरै सदस्याहरुको महत्वपूर्ण उपस्थिति रहेको थियो। साथै आजको यस जन्मतिथि पालन कार्यक्रममा मिरिक महकुमा पंचायत समितिका चेयरमैन कैलास खवास, कर्माध्यक्ष मन्दिप तामाङ र ज्ञाने लामाको पनि विशेष उपस्थिति रहेको थियो।
समितिका पदाधिकारीगणले सुवास घिसिङको समाधिस्थलमा फूलमाला अर्पण गरि उनलाई गोर्खा जातिका कुशल नेतृत्वको रुपमा स्मरण गरे। आजको यस कार्यक्रममा केही वृद्ध वृद्धाहरुको पनि उपस्थिति रह्यो जसमध्ये लाप्चेखोपका ९१ वर्षिय मधुकर शारु पनि उपस्थित थिए। आजको कार्यक्रमलाई सफलरुपमा सम्पन्न गरिएको ब्रान्च अध्यक्ष महेन्द्र खड्काको कुरालाई अघि राख्दै मिरिक ब्रान्च कार्यालय सचिव सहदेव रनपहेलीले एउटा विज्ञप्ति जारी गरेर यो समाचार दिएका छन्।












