आज सुकेपोखरीमा कार्यकर्ता संवाद कार्यक्रमलाई सम्बोधन गर्दै BGPM का अध्यक्ष अनित थापाले राख्नुभएको विचारहरू
- गोर्खाले लामो समयदेखि राखेको लक्ष्य पूरा गर्न अब एकजुट हुने समय आएको छ।
- २००७ सालमा पनि आन्दोलन भएको थियो र जीटीएलाई चौतारी भनेर बिसाइएको थियो।
- रोशन गिरीले जीटीए हुँदाहुँदै राजीनामा दिएर आन्दोलन गरेका थिए, तर पछि कलकत्तामा गएर राजीनामा फिर्ता लिएर फेरि जीटीए चलाए।
- अनित थापा आफू यस्तो व्यक्ति हो जो एकपटक छोडेपछि फर्केर जाँदैनन्।
- यो समय गोर्खा जातिको लागि सही समय हो किनभने ‘दिन्छु’ भन्ने मान्छे नै डबल इन्जिनको सरकारमा छ।
- हिजोको दिनमा गोर्खालाई केही दिने अवस्था थिएन, तर अहिले पाउने समय हो।
- पाउने समयमा जीटीएको कुर्सी रुंगेर नबस्ने भन्दै अनित थापाले जीटीए त्यागेका हुन्। नेताहरूले पनि त्याग गर्न सक्नुपर्छ।
- अब कुनै बाधा नभएकोले जातीय मुद्दामा लाग्नुपर्छ र ‘पार्टीभन्दा जाति ठूलो’ भन्ने नारालाई मैदानमा उतार्नुपर्छ।
- यो समय दोष दिने होइन, बरु एउटा आवाज बन्ने समय हो।
- माग्नेहरू एक भएमा माग बुलन्द भएर जानेछ।
- अनित थापा बीजीपीएम पार्टीका अध्यक्ष हुन् र यो पार्टी तथा झण्डा आफूहरूले नै जन्माएको हो। अन्त म आफ्नो पार्टीे छोडेर कहीँ जान्छु?
- मैले जीटीएको चिफ पद छोडेर पार्टी सम्हाल्ने र कार्यकर्तालाई सम्हाल्ने बताएका थिए र आफू जे भन्छन् त्यो गर्छन्।
- हामी गोर्खाल्याण्ड विरोधी कहिल्यै थिएनौ र अहिले एकतामा आउने समय अनुकूल छ।
- गोर्खाको मुद्दाको आवाज सांसदले मात्र लान सक्छ भन्ने सत्य हो।
- अहिले सम्भावना छ र त्यो सम्भावना देखेर मैले कुर्सी त्यागेको हुँ र सभासदहरूले पनि कुर्सी त्यागेर देखाएका छन्।
- बीजीपीएम पार्टी विचारधाराको पार्टी हो र यो पहाडमा सधैं बाँच्नुपर्छ।
- विचारधारालाई अघि राख्नुपर्छ किनभने कुर्सी आउँछ र जान्छ। मैले जीटीएको चेयरम्यानको कुर्सी छोडेर बीजीपीएम पार्टी खडा गरेका हुन्।
- स्वर्गीय सुभाष घिसिङले DGHC लाई आफ्नो घरजस्तो स्यारेका थिए, तर रोशन गिरी र अन्यले सत्तामा बसेर पनि जीटीएको विरोध मात्र गरे।
- यसपालि पनि जातिको मुद्दा उम्कियो भने सधैंको लागि उम्किनेछ।
- सुके र पोखरेबुङका नेतृत्वहरू जातिको मुद्दामा एक रहेको र कुर्सीको लागि नभएको देखे।
- मुद्दा फत्ते गर्ने जिम्मेवारी सांसद राजु बिष्टले लिएका छन्।
- अब यो मुद्दालाई लिएर गाउँगाउँ र समाजसमाजमा ‘पार्टीभन्दा जाति ठूलो’ भन्ने नाराका साथ सबै एक हुनुपर्छ।
- बीजीपीएमले अब ‘पार्टी होइन जाति’ भन्ने नारा लिएर गाउँघरमा पुग्नेछ।











