क्षेत्रीय राजनीतिक गतिविधिबारे गोरामुमो सोनादा टाउन कमिटीको छलफल

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सोनादा टाउन कमिटीले आज वर्तमान क्षेत्रीय राजनीतिक गतिविधि तथा पहाडको समसामयिक राजनीतिक अवस्थाबारे विस्तृत छलफल गरेको छ। बैठकमा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्री , सचिव शुद्ध तामाङ , बिजय राई ,जितेन तामाङ , सागर तामाङ अनि सोनादा पचेङ्ग समिति अध्यक्ष भुपेन गुरुङ उपस्थित रहेका थिए।

बैठकमा विशेषगरी भागोप्रमो अध्यक्ष अनित थापाले गोर्खा जातिको भावना र राजनीतिक आकांक्षालाई ध्यानमा राख्दै गोर्खाको राजनीतिक सुनिश्चिततामा बाधक मानिएको गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) का प्रमुख कार्यपाल तथा सभासद पदबाट राजीनामा दिएको विषयमा चर्चा गरिएको थियो। गोरामुमो सोनादा टाउन कमिटीले उक्त निर्णयलाई स्वागत गर्दै यसलाई जनभावनाको सम्मानस्वरूप लिएको जनाएको छ।छलफलका क्रममा वक्ताहरूले जीटीए असंवैधानिक व्यवस्था हो यसमार्फत गोर्खा जातिको राजनीतिक आकांक्षालाई नियन्त्रण गर्ने प्रयास भइरहेको आरोप लगाए। जीटीएको अस्तित्व समाप्त गरी दार्जीलिङ पहाड, तराई र डुवर्सका जनताको दीर्घकालीन राजनीतिक समस्याको स्थायी समाधानतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

बैठकले जीटीएमा निर्वाचित अन्य सभासदहरूले पनि राजनीतिक नैतिकताको आधारमा आफ्नो पदबाट राजीनामा दिई एकजुट भएर जीटीए विसर्जनको प्रक्रियालाई अघि बढाउन सरकारसमक्ष दबाब सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरेको छ।
यसैबीच, बैठकले विगत दुई दशकदेखि गोर्खा समुदायले भारतीय जनता पार्टी (भाजपा) लाई दिएको विश्वास र राजनीतिक सहयोगको स्मरण गर्दै अब केन्द्र तथा राज्यमा रहेको डबल इन्जिन सरकारबाट गोर्खा समुदायको दीर्घकालीन संवैधानिक तथा राजनीतिक मागको ठोस र मूर्त समाधान अपेक्षा गरिएको जनाएको छ। बैठकको अन्त्यमा गोरामुमो सोनादा टाउन कमिटीले गोर्खा जातिको अधिकार, पहिचान तथा राजनीतिक सुनिश्चितताको पक्षमा आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

Share this news
आजको रोजाइ
चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो

चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो

कालेबुङ पीएचइ विभागका कार्यकारी सभासद सीबी गुरूङको राजीनामा

कालेबुङ पीएचइ विभागका कार्यकारी सभासद सीबी गुरूङको राजीनामा

विष्ट, जिल्ला मजिस्ट्रेट र वरिष्ठ अधिकारीहरूसँग वर्षा प्रभावित क्षेत्र भ्रमण

विष्ट, जिल्ला मजिस्ट्रेट र वरिष्ठ अधिकारीहरूसँग वर्षा प्रभावित क्षेत्र भ्रमण

तक्दाहमा सानु गहतराजको घरमा आगलागी 

तक्दाहमा सानु गहतराजको घरमा आगलागी 

एनईईटी विवाद र इन्धन मूल्यवृद्धिको विरोधमा दार्जीलिङ जिल्ला युवा कांग्रेसको विशाल र्‍याली

एनईईटी विवाद र इन्धन मूल्यवृद्धिको विरोधमा दार्जीलिङ जिल्ला युवा कांग्रेसको विशाल र्‍याली

मजुवा ग्राममा जन कल्याणको एकदिने शिविर

मजुवा ग्राममा जन कल्याणको एकदिने शिविर

नगरपालिकाको कर गोजीतिर गएकोछ,यसको चाढै जाँच हुनेछ: भाजपा

नगरपालिकाको कर गोजीतिर गएकोछ,यसको चाढै जाँच हुनेछ: भाजपा

क्षेत्रीय राजनीतिक गतिविधिबारे गोरामुमो सोनादा टाउन कमिटीको छलफल

क्षेत्रीय राजनीतिक गतिविधिबारे गोरामुमो सोनादा टाउन कमिटीको छलफल

गोरामुमो पुल-बिजन-गोक समष्टिद्वारा संगठन विस्तार अभियान तीव्र

गोरामुमो पुल-बिजन-गोक समष्टिद्वारा संगठन विस्तार अभियान तीव्र

स्वास्थ्यमन्त्री जी.टी. ढुंगेल र नोट्टो निर्देशक डा. अनिल यादवसँग भेटघाट

स्वास्थ्यमन्त्री जी.टी. ढुंगेल र नोट्टो निर्देशक डा. अनिल यादवसँग भेटघाट

आजको रोजाइ