समरिक पानीमा गोर्खा राष्ट्रिय नारी संगठनको शाखा गठन, सुष्मा गिरी अध्यक्ष

Share this news

पोख्रेबुङ–चामुङ समष्टिअन्तर्गत समरिक पानी क्षेत्रमा गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) को नयाँ शाखा कमिटी गठन गरिएको छ। नवगठित शाखा कमिटीको अध्यक्ष पदमा सुष्मा गिरी सर्वसम्मत रूपमा चयन भएकी छन्। गोर्खा राष्ट्रिय नारी संगठन दार्जिलिङ ब्राञ्च कमिटी अन्तर्गत सम्पन्न उक्त सांगठनिक सभाको अध्यक्षता समष्टि अध्यक्षा रजिना तामाङले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन समष्टि सचिवा सुनिता राईले गरेकी थिइन्। सभाले सर्वसम्मत निर्णयमार्फत शाखा कमिटीका पदाधिकारीहरू चयन गरेको छ। जसअनुसार उपाध्यक्षमा विष्णु सुब्बा, मुख्य सचिवामा लिना राई, सह–सचिवामा उर्मिला भारती, कोषाध्यक्षमा लाक्पा लमु शेर्पा र अपसाना सुब्बा, तथा मुख्य सल्लाहकारमा सरु राई र रिचा गुरुङ चयन भएका छन्। सभालाई सम्बोधन गर्दै सचिवा सुनिता राईले अन्य राजनीतिक दलबाट समेत उल्लेख्य संख्यामा महिलाहरू गोर्खा राष्ट्रिय मुक्ति मोर्चाप्रति आकर्षित भई समर्थन जनाइरहेको बताइन्। उनले गोरामुमो अध्यक्ष मन घिसिङले जाति र माटोको अधिकार तथा उन्मुक्तिको पक्षमा निरन्तर संघर्ष गरिरहेको उल्लेख गर्दै उहाँको अभियानलाई सफल बनाउन महिलाहरूको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरिन्। उनले भनिन्, “हामी केवल सत्ता परिवर्तन होइन, व्यवस्था परिवर्तन चाहन्छौँ। समष्टिभित्र नारी संगठनलाई अझ सशक्त र व्यापक बनाउन आगामी दिनहरूमा निरन्तर सक्रिय रहनेछौँ।” साथै, समष्टिभित्र महिलाहरू गोरामुमोमा आबद्ध हुने क्रम निरन्तर बढिरहेको जानकारी पनि उनले दिइन्।कार्यक्रमको समापनमा समष्टि अध्यक्षा रजिना तामाङले नवगठित शाखा कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई खादा ओढाएर बधाई तथा शुभकामना व्यक्त गरिन्। उनले पार्टीको सिद्धान्त, आदर्श र संगठनात्मक अनुशासनलाई आत्मसात् गर्दै जनहितमा समर्पित भएर कार्य गर्न आग्रह गरेकी थिइन्। नवगठित शाखा कमिटी गठनसँगै पोख्रेबुङ–चामुङ समष्टिमा गोर्खा राष्ट्रिय नारी संगठनको संगठनात्मक आधार अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

Share this news
आजको रोजाइ
एनएच-१० घटनामा ज्यान गुमाएका चार पीडितलाई अन्तिम श्रद्धाञ्जली 

एनएच-१० घटनामा ज्यान गुमाएका चार पीडितलाई अन्तिम श्रद्धाञ्जली 

आठौं वेतन आयोग लागू भएपछि केन्द्रीय कर्मचारीहरूले कति पाउनेछन् ?

आठौं वेतन आयोग लागू भएपछि केन्द्रीय कर्मचारीहरूले कति पाउनेछन् ?

समरिक पानीमा गोर्खा राष्ट्रिय नारी संगठनको शाखा गठन, सुष्मा गिरी अध्यक्ष

श्रमिकहरुको पैसा भुक्तानी नभए 50 दिने रिले अनशनपछि आन्दोलन तीव्र हुने

श्रमिकहरुको पैसा भुक्तानी नभए 50 दिने रिले अनशनपछि आन्दोलन तीव्र हुने

इन्टरलोक्युटर पंकज कुमार सिंहसंग अजय एडवर्डसले गरे भेट

इन्टरलोक्युटर पंकज कुमार सिंहसंग अजय एडवर्डसले गरे भेट

सांङ्गठनिक भ्रमणमा सोनादा पुगे गोरामुमो अध्यक्ष घिसिङ, वरिष्ठहरूलाई सम्मान

सांङ्गठनिक भ्रमणमा सोनादा पुगे गोरामुमो अध्यक्ष घिसिङ, वरिष्ठहरूलाई सम्मान

अन्नपूर्ण भण्डारमा पनि भष्ट्रचार!कहिले भरिन्छ नेताहरूको पेट: भरत तामाङ

अन्नपूर्ण भण्डारमा पनि भष्ट्रचार!कहिले भरिन्छ नेताहरूको पेट: भरत तामाङ

राहुल र गिलको शतकमा भारतको दबदबा, पहिलो दिन अफगानिस्तान दबाबमा

राहुल र गिलको शतकमा भारतको दबदबा, पहिलो दिन अफगानिस्तान दबाबमा

रेलद्वारा बङ्गालमा एक लाख करोडको लगानी

रेलद्वारा बङ्गालमा एक लाख करोडको लगानी

देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

आजको रोजाइ