27 जुलाईमा सहिद कृष्ण अनि शहिद देवराज गाडी पार्किङ नामकरण गरिने 

Share this news

दार्जीलिङ,25 जुलाई(निसं): आगामी 27 जुलाईको दिन शहिद दिवस पाटीले मात्र होइन सबै जातिले मिलेर मनाउने साथै दार्जीलिङ शहर नजिक भएका दुईवटा गाडी पाकिङ स्थल शहिद देवराज शर्मा अनि शहिद कृष्ण सुब्बाको नाममा घोषणा गरिने कार्यक्रममा सबैलाई उपस्तिथि भइदिने आयोजक कमिटी
भारतीय गोर्खा परिसंघ, भारतीय गोर्खा जन अवा,एसडब्लुसीसी, हिमालयन यातायात समन्वय सङ्गठन, पार्वत्री कर्मचारी सङ्गठन अनि फोसेप-ले अनुरोध गरेको छ।
यसबारे आयोजक कमिटीले बताए अनुसार,छुट्टै  राज्यको माग लिएर गरिएका आन्दोलनमा जातिको उत्थानको निम्ति शहिद भएका हाम्रा सम्पूर्ण शहिदहरूको सम्झनामा प्रत्येक वर्षको 27 जुलाईमा मानाउने शहिद दिवस हाम्रा वीर शहिदहरू पाटीको निम्ति मात्र शहिद नभएर जातिकै निम्ति भएको हुनाले आज सम्म प्रत्येक शहिद दिवस आ-आफ्नो पाटीका सदस्य र कम संख्यमा जनसाधारणको उपस्थितमा मात्र मनाइरहेका हुनाले हाम्रा जातिले शहिदको मूल्याङ्कन शहिद हुनुको मुख्य उद्देश्य कुन परिस्थितिमा शहिद हभए, यी सबै विषयहरू वर्तमान समयमा विस्तारै-विस्तारै भुल्न सक्ने अवस्थामा आईपुगेका देखिना थालिएको छ, यसैले अबको शहिद दिवस पाटीको मात्र नभएर मुख्य जातिको बनाएर मनाउनाको निम्ति साथै हाम्रा शहिद देवराज शर्मा शहिद कृष्ण सुब्बाको नाममा दुई वटा वहान पार्किङ स्थलको नाम घोषित गरिने कार्यक्रम आयोजना गरिएका हुनाले यस पुण्य दिनमा उपस्थित भइदिने कमिटीले निवेदन गरेको छ। कार्यक्रम तीन चरणको हुने कमिटीले जानकारी दिदै भनेको छ, काकझोडाको गडी पार्किङ स्थानमा बिहान 8:30 बजीदेखि पुजा शुरु गरेर शहिदलाई श्रद्धाञ्जली अर्पण गरिने छ, पार्किङ स्थलको नाम अधिकारीक घोषित गरिनेछ, शहिद देवराज शर्मा वहान पार्किङ स्थल। अन्य कॉयक्रमहरुमा,दार्जीलिङ सरकारी कलेज अघि लेबोङ कार्ट रोड किनारमा भएको गाडी पार्किङ स्थलमा बिहान 11:30 बजीदेखी  पुजा शुरू गरेर शहिदलाई श्रद्धाञ्जली अर्पण गरिने साथै पार्किङ स्थलको नाम अधिकारीक घोषित गरिने शहिद कृष्ण सुब्बा वहान पार्किङ स्थल। यसरी नि अन्य कार्यक्रममा, नगरपालिका छेउ दुर्गा मल्ल शालिक अघि, समय साँझ 6 बजीदेखी शहिदलाई श्रद्धाञ्जली अर्पण गरेर दिप जलाउने भएको छ।
यी सबै कार्यक्रममा उपस्थित दिन नसकेता पनि साँझ 6:30 बजीदेखी 7 बजीसम्म एउटा दियो प्रत्येक घर अघि जलाई दिने अनि अरूलाई पनि अपिल गरिदिने आयोजक कमिटीले निवेदन गरेको छ।


Share this news
आजको रोजाइ
क्यान्सर विरुद्धको लडाईंमा सिक्किम सरकार प्रतिवद्ध

क्यान्सर विरुद्धको लडाईंमा सिक्किम सरकार प्रतिवद्ध

गृह विभागद्वारा जारी आमा सम्मान सम्बन्धी सूचना

गृह विभागद्वारा जारी आमा सम्मान सम्बन्धी सूचना

दक्षता गुरूङलाई भोट दिएर जिताउने अनुरोध

दक्षता गुरूङलाई भोट दिएर जिताउने अनुरोध

दार्जीलिङमा पहिलोपटक राज्यस्तरीय ब्याडमिन्टन हुने

दार्जीलिङमा पहिलोपटक राज्यस्तरीय ब्याडमिन्टन हुने

उन्मुक्ति दिवस तथा आम सम्मान दिवसको लागि सभा

उन्मुक्ति दिवस तथा आम सम्मान दिवसको लागि सभा

पीएस तामाङद्वारा एचसी छेत्री, जेबी छेत्रीलाई स्वागत

पीएस तामाङद्वारा एचसी छेत्री, जेबी छेत्रीलाई स्वागत

मातृभाषा प्रयोगार्थ कडाकडी अभियानमा ओर्लिने

मातृभाषा प्रयोगार्थ कडाकडी अभियानमा ओर्लिने

कन्याश्री भलिबलमा जुबिली उ.मा.वि.को उपलब्धि

कन्याश्री भलिबलमा जुबिली उ.मा.वि.को उपलब्धि

मार्गरेट्स होप‌ चियाबारीमा आगलागी हुँदा एकको मृत्यु

मार्गरेट्स होप‌ चियाबारीमा आगलागी हुँदा एकको मृत्यु

मिलिङमा नशालु पदार्थ रोकथाम सचेतनामुलक कार्यक्रम सम्पन्न

मिलिङमा नशालु पदार्थ रोकथाम सचेतनामुलक कार्यक्रम सम्पन्न