हाम्रो टोल, हाम्रो समाधान ममताको चुनावी कार्यक्रम मात्रै होः दीक्षा तामाङ

Share this news

खरसाङ, (निसं): हाम्रो टोल, हाम्रो समाधान ममताको चुनावी कार्यक्रम मात्रै हो भनी भाजपा खरसाङ मण्डल समिति सभापति साथै पञ्चायत समिति सदस्या दीक्षा तामाङले बताएकी छन्‌‍। तिनले एक विज्ञप्ति जारी गरेर यस्तो अभियोग लगाएकी छन्‌‍। तिनले भनेकी छन्‌‍, बंगालमा विधानसभा चुनाउ आगामी वर्ष हुँदैछ। बंगालकी मुख्यमन्त्री आफ्नो पद जोगाउन मरिहत्ते गर्दैछिन्‌‍। यसको लागि जे जे गर्नु मन लाग्यो, सबै गर्न चाहँदैछन्‌‍। अहिले “हाम्रो टोल, हाम्रो समाधान“ नामको कार्यक्रम गाउँ-गाउँमा बुथ-बुथमा गर्ने र प्रत्येक बुथमा विकासको लागि दश लाख रुपियाँ दिने घोषणा गरिएको छ। यो सबै ममता ब्यानर्जीको जनता लट्याउने चुनावी उपक्रम मात्रै हो, कुनै योजना होइन। तामाङले यो योजनाको लागि मात्रै व्यय भार कम्तिमा 93 करोड़ 50 लाख रुपियाँ लाग्छ भन्दै दार्जीलिङ पहाड़मा अहिले मोठ 935 वटा बुथहरू छन्‌‍। यो बंगाल सरकारको निम्ति असम्भव विषय हो। यसैले यो कार्यक्रम सरकारको ढाँट कार्यक्रम हो भनी तिनले जनाएकी छन्‌‍। तिनले योभन्दा अघि बंगाल सरकारले ग्राम पञ्चायतहरू मार्फत द्वारे सरकार कार्यक्रम घरि घरि गरेर, ग्रामीण जनताको लागि नानाथरीका सहुलियतहरू प्रदान गर्ने, लोभ देखाउँने कार्य गर्दै अनगिन्ती फर्महरु भर्नु लगाएको जनाउँदै तर यसमा जनताले केही फायदा नपाएको तथा वृद्ध भत्ता समेत धेरै पहाड़वासीले पाउन नसकेका अवगत गराएकी छन्‌‍। कतिजनाले वृद्धभत्ताको आशा गर्दागर्दै मृत्यु भइसकेको बताउँदै तामाङले कतिजना गरीबको घर नभएको बताएकी छन्‌‍। तिनले प्रश्न गर्दै द्वारे सरकारले संग्रह गरेको आवेदन फर्महरु कहाँ छन्‌‍? भन्दै अहिले हाम्रो टोल हाम्रो समाधान भनी गाउँ ठाउँमा जनताको घुइँचो बनाएर निलो र सेतो ब्लुमको प्रचार प्रसार गर्नु मात्रै यसको मूल उद्देश्य हो भनी थप आरोप लगाएकी छन्‌‍। तामाङले पहाड़का जनता सचेत हुनुपर्छ भन्दै यदि तृणमूलले नै यसपाली पनि सरकार गठन गरेको खण्डमा दार्जीलिङ पहाड़ले अझै पीड़ित हुनुपर्छ भनी सचेत गराएकी छन्‌‍।


Share this news
आजको रोजाइ
सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री