भागोप्रमो पंखाबारी अम्बटे लङ्भ्यू समष्टिको सभामा हाम्रो गाउँ हाम्रो समाधान बारे चर्चा

Share this news

पंखाबारी, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लङ्भ्यू अम्बटे समष्टिको एक जरुरी सभा मंगलवार गाड़ीधुरा सार्वजनिक भवनमा समष्टि कार्यकारी सभासद कल्पना प्रधानको सभापतित्वमा सम्पन्न भयो। सभामा पश्चिम बंगाल सरकारद्वारा हालै अनुमोदन गरिएको “हाम्रो गाउँ हाम्रो समाधान“ अन्तर्गत समष्टिभित्र रहेका सम्पूर्ण गाउँहरूको विकास कार्य कसरी गर्न पर्ने भन्ने विषयमा विस्तृत चर्चा गरियो। मौसम लामाले सञ्चालन गरेको सभालाई समष्टि पर्यवेक्षक साथै खरसाङ समिति सभापति अनु प्रधान, समष्टि कार्यकारी सभासद कल्पना प्रधान, घैयबारी तीन ग्राम पञ्चायत प्रधान सुष्मा वाइबा, सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, पाण्डु ग्राम पञ्चायत प्रधान नन्जिता लामा, युवा शक्ति केन्द्रीय समिति उपाध्यक्ष अनुप गदाल,लङ्भ्यू खण्ड समिति अध्यक्ष नयस लामा आदिले सम्बोधनले गरेका थिए। समष्टि पर्यवेक्षक साथै पञ्चायत समिति सभापति अनु प्रधानले हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत समष्टिको सम्पूर्ण गाउँहरूमा सभा गरेर सबैको सहमति लिएर कार्य गर्नुपर्छ भन्ने मत राखिन्‌‍। तिनले निवार्चित सदस्यहरूले आफ्नो क्षेत्रमा गाउँले सभा गरेर कुन कार्य गर्दा गाउँ घरमा उचित हुन्छ त्यो कार्य मात्र अनुमोदन गरिने जनाइन्‌‍ औ जसले पनि त्यो कार्य गर्छ उसले पनि आफ्नो व्यक्तिगत फायदाको निम्ति कार्य नगरेर संगठन साथै गाउँको फायदाको निम्ति कार्य गर्ने सुझाव राखिन्‌‍। समष्टि कार्यकारी सभासद कल्पना प्रधानले आफ्नो सम्बोधनमा पश्चिम बंगालकी मुख्य मन्त्री ममता ब्यानर्जीले पश्चिम बंगाल राज्यभरि नै हाम्रो गाउँ हाम्रो समाधान प्रकल्पले राज्य साथै जीटीए क्षेत्रको प्रत्येक बुथहरूमा गाउँ घरमा रहेका बुनियादी समस्याहरूलाई ध्यानमा राखेर कार्य गरिने योजना बनाएको जनाइन्‌‍। यस योजनालाई सफल बनाउन प्रत्येक गाउँ घरमा भूतपूर्व सैनिक, ज्येष्ठ नागरिक, शिक्षक, नारी शक्ति, युवा शक्ति, सचेत नागरिक साथै संगठनका प्रतिनिधिहरू मिलेर एउटा सभा आयोजन गरी प्रत्येक गाउँमा गर्न पर्ने विकासमूलक कार्यको सूची तयार गर्न पर्ने जनाइन्‌‍ साथै यो योजना कुनै व्यक्ति विशेषको फायदाको निम्ति नभएर गाउँको फायदा हुन पर्ने मत राखिन्‌‍। सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनले पञ्चायत मार्फत जीटीए प्रमुख कार्यपाल अनित थापाको कुशल नेतृत्वमा जीटीए क्षेत्रमा पञ्चायती राज फर्किएपछि पहाडभरिका ग्रामीण क्षेत्रहरूको विकास भइरहेको साथै हाम्रो गाउँ हाम्रो समाधान योजनाले पहाडको प्रत्येक बुथहरूमा विकासमूलक कार्यहरू भएर जाने जनाए।युवा शक्ति केन्द्रीय समिति उपाध्यक्ष अनुप गदालले आफ्नो सम्बोधनमा युवा शक्ति संगठनको मेरूदण्ड रहेको र यदि युवा शक्तिको सहभागिता संगठनमा नरहे संगठन कमजोर भएर जाने बताए साथै हाम्रो गाउँ हाम्रो समाधान योजना अन्तगर्त हुने विकासमूलक कार्यमा युवावर्गलाई प्राथमिकता दिन पर्ने सुझाव राखे। घैयाबारी तीन ग्राम पञ्चायत प्रधान सुष्मा वाइबा साथै पाण्डु ग्राम पञ्चायत प्रधान नन्जीता लामाले आ-आफ्नो सम्बोधनमा यस योजनालाई सफल गराउन हेतु पञ्चायत मार्फत गाउँ घरमा सभा आयोजन गरिने जनाए। लङ्भ्यू खण्ड समिति अध्यक्ष नयस लामाले आफ्नो हाम्रो गाउँ हाम्रो समाधान प्रकल्पलाई कार्यान्वयन गराउन जुन सभा आज सम्पन्न भयो यसले संगठनको धरातल दह्रिलो भएर जाने बताए। सभामा भागोप्रमो केन्द्रीय समिति सदस्य साथै सन्त मेरी तीन ग्राम पञ्चायत उपप्रधान सन्तोष लामा, समिति सदस्य चन्द्र प्रसाद शर्मा, खरसाङ महुकमा समिति प्रवक्ता अनुप रामुदामु, समष्टि सांगठनिक सचिव कुनाल छेत्री, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, युवा शक्ति केन्द्रीय समिति सदस्य सञ्जीव छेत्री, समष्टि युवा शक्ति सचिव पप्पु तामाङ, पञ्चायत सदस्यगण, युवा शक्ति, नारी शक्ति साथै खण्ड समिति सभापति सचिव आदिको बिशेष उपस्थिति रहेको थियो भनी प्रचार प्रसार सचिव जिनोद परियारले जानकारी दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान