संसदको वर्षाकालिन अधिवेशनप्रति आशा अनि निराशा

Share this news

खरसाङ, 21 जुलाई (सन्त): सोमवारदेखि संसदको वर्षाकालिन अधिवेशन आरम्भ भएको छ। संसदको यस वर्षाकालिन अधिवनेशनमा पहाड़ अनि गोर्खा समस्याबारे के-कति कार्य हुनेछ भन्ने वर्तमानमा धेरैमा कौतुहलता देखिएको छ। यो सत्रमा पहाड़ र गोर्खाको समस्या समाधानको निम्ति सांसदले अवश्यै आवाज उठाउनेछन्‌‍ भन्ने बारेमा मानिसहरूले विश्वास गरिरहेका छन्‌‍ भने धेरै मानिसले विगतमा जस्तै सांसद राजु विष्यले सांसदमा पहाड़ र गोर्खाको समस्या, स्थायी राजनीतिक समाधान, 11 जातगोष्ठीको मुद्दालाई संसदमा उठाउने छन्‌‍ तर त्यसको नतिजा केही हुनेछैन भनी निराशा पनि प्रकट गरेका छन्‌‍। यस पल्टको वर्षाकालिन संसदको अधिवेशको बारेमा पहाड़का राजनीतिक दलहरूमा भने त्यस्तो उत्साह देखिएको छैन। तथापि गोर्खा र पहाड़को मुद्दाको निम्ति काम गरिरहेका छौँ भन्ने राजनीतिक दलका कतिपय नेताहरूले सांसदले कार्य गरिरहेका र यो वर्षाकालिन अधिवेशनमा पनि सांसदले संसदमा आवाज उठाउने र यस दिशामा कार्य अघि बढ़ने बताएका छन्‌‍। यस बारेमा गोजमुमो नेता दिपेन्द्र देवानले भने, गोजमुमोको मुद्दा भनेको गोर्खा जातिको उन्मुक्तिको निम्ति छुट्टै राज्य गोर्खाल्याण्ड नै हो। हामी छुट्टै राज्य गोर्खाल्याण्डको मागबाट पछि हटेका छैनौँ। भाजपा अनि सांसद राजु विष्टलाई हामीले गोर्खा जातिको मुद्दा पार लगाउनकै निम्ति चुनाउमा सहयोग गरेका हौँ। हामीलाई विश्वास छ, गोर्खा जातिको मुद्दालाई पार लगाउनको निम्ति भाजपा अनि सांसद राजु विष्टले अवश्यै कार्य गर्नेछन्‌‍। यदि कार्य गरिएन भने आगामी चुनाउहरूमा विकल्प रोज्नेछौँ भनेर हाम्रो पार्टीले स्पष्ट गरिसकेको छ। संसदको यो वर्षाकालिन अधिवेशनमा सांसदले अवश्यै गोर्खा जाति र पहाड़, तराई, डुवर्सको मुद्दालाई संसदमा उठाउनेछन्‌‍ भन्ने कुरोमा हामी विश्वस्त छौँ। देवानले वर्तमान देश काल र परिस्थिति अनुसार छुट्टै राज्य दिन सरकार असमर्थ रहेको भए कानुन, जमिन, विभागीय अधिकार भएको पहाड़, तराई र डुवर्सका गोर्खाहरूलाई सुरक्षा प्रदान गर्ने संवैधानिक स्वयत्त शासन दिन पर्ने बताउदै गोजमुमोको मूल मुद्दा भनेको गोर्खाल्याण्ड नै हो भनी बताए। यस बारेमा अखिल भारतीय गुरुङ तमु बौद्ध संगठनका केन्द्रीय समिति अध्यक्ष आनन्द तमुले भने, 11 जातगोष्ठीको मामिला संसदको स्ट्याण्डिङ कमिटीमा पुगेकै छैन भन्ने हामीलाई जानकारीमा आएको छ। स्ट्याण्डिङ कमिटीमा पुगेको भए यस अधिवेशनमा संसदमा बील आउने कुरो निश्चित हुने थियो। यो अधिवेशनमा 11 जातगोष्ठीको बील संसदमा पेश हुनेछ भन्ने कुरोमा कुनै आशा छैन। तथापि सांसदले गोर्खा जातिका छुटेका जातगोष्ठीलाई जनजातिको मर्यादा दिलाउनको निम्ति पहल गर्नु पर्छ। सांसद हामीले दिल्लीमा काम गर्नको निम्ति भोट दिएर पठाएको प्रतिनिधि हुन्‌‍, तिनले प्रभावकारी कदम उठाउन पर्छ। छुटेका गोर्खा जातिलाई एकै पल्टमा जनजातिको मर्यादा प्रदान गर्न असम्भव रहेको खण्डमा पटक पटक गरेर भए पनि जनजातिको मर्यादा दिनै पर्छ। यसको निम्ति सांसदले प्रभावकारी कार्य गर्न पर्छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ