भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, पंखाबारी,अम्बटे लङ्भ्यू समष्टिको आयोजनामा शहीद दिवस

Share this news

पंखाबारी,27 जुलाई(निसं): को आयोजनामा आइतवार लङ्भ्यूको केराबारीस्थित शहीद निमा थिङ अनि शहीद स्वरूपसिंह लकान्द्रीको शहीद वेदीमा शहीद दिवस पालन गरियो। कार्यक्रमको आरम्भमा समष्टि लगायत खरसाङ महकुमा अनि केन्द्रिय समितिका प्रतिनिधि अनि पार्टी सदस्यहरू लगायत उपस्थित सर्वसाधारण तथा शहीद परिवारका सदस्यहरूले शहीद वेदीमा धूप-दीप प्रज्वलन एवम्‌‍ माल्यार्पण तथा पुष्प अर्पण गरे। त्यसपछि यहाँको गुम्बा परिसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो। भागोप्रमो अधिनस्थ श्रमिक सङ्गठन, मकैबारी शाखा सभापति तथा केन्द्रिय समिति सदस्य मण्डल छेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्रिय कार्यकारि सभासद कल्पना प्रधान, समष्टि सभापति तथा सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, केन्द्रिय समिति सदस्य तथा सन्त मेरिज तीन ग्राम पञ्चायत उपप्रधान सन्तोष तामाङ, युवा शक्ति केन्द्रिय समिति उपाध्यक्ष अनुप गदाल, सदस्य सञ्जीव छेत्री, खरसाङ महकुमा प्रवक्ता अनुप रामुदामु लगायत समष्टिका अन्य प्रतिनिधिगण, विभिन्न शाखाका प्रतिनिधिहरू, ग्राम पञ्चायत प्रधानहरू, पञ्चायत सदस्यहरू, समिति सदस्यहरू लगायत पार्टीका विभिन्न भातृ संगठनका सदस्य एवम्‌‍ प्रतिनिधिहरू उपस्थित थिए। समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको कार्यक्रमलाई अनूप गदाल, सभासद कल्पना प्रधान, समष्टि सभापति मणिराज डुम्जन, केन्द्रिय सदस्य सन्तोष तामाङ आदिले सम्बोधन गरेका थिए। तिनीहरूले भागोप्रमोलाई विपक्षी अनि विरोधीहरूले गोर्खाल्याण्ड बेच्ने पार्टी भन्ने गरेको प्रसङ्गबारे बोल्दै गोर्खाल्याण्ड नभइ कसरी बेचिन्छ भनी बताए। आज शहीदहरूकै त्याग र बलिदानले गर्दा पहाडमा अनित थापाको माध्यमबाट शान्ति अनि विकास भइरहेको जनाउँदै अझ शहीदहरूले न्याय पनि अनित थापाकै माध्यमबाट पाउने बताए। शहीदहरूलाई लिएर कसैले पनि राजनीति गर्नु नहुने बताउँदै आफ्नो जाति र माटोको निम्ति शहीदहरूले दिएको त्याग र बलिदान त्यसै खेर नजाने बताए। यसै अवसरमा समष्टिभरिका आठजना शहीद परिवारका सदस्यहरूलाई सम्मान पनि जनाइयो। कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै सभासद कल्पना प्रधान अनि मणिराज डुम्जनले आज शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न समष्टिले यहाँ एक कार्यक्रमको आयोजना गरेको जनाए औ यस कार्यक्रममा समष्टिका सबै पार्टी कार्यकर्ता लगायत समर्थकहरू उपस्थित रहेर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरेको जनाए।


Share this news
आजको रोजाइ
महिला चेस विश्वकप च्याम्पियन दिव्यालाई भव्य स्वागत

महिला चेस विश्वकप च्याम्पियन दिव्यालाई भव्य स्वागत

पिउने पानीबारे जनतालाई पीएचइडीको जानकारी र अपील

पिउने पानीबारे जनतालाई पीएचइडीको जानकारी र अपील

रा. बक्सिङ च्याम्पियनसिपमा रुहिय्यह स्कूलका ३ खेलाडी

रा. बक्सिङ च्याम्पियनसिपमा रुहिय्यह स्कूलका ३ खेलाडी

युवाहरूको लागि पार्टी अध्यक्ष तामाङको मार्गदर्शन

युवाहरूको लागि पार्टी अध्यक्ष तामाङको मार्गदर्शन

पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

मानव बेचबिखन विरुद्धको विश्व दिवस पालन

मानव बेचबिखन विरुद्धको विश्व दिवस पालन

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुख्यमन्त्रीद्वारा आमा सम्मान दिवस सभाको अध्यक्षता

मुख्यमन्त्रीद्वारा आमा सम्मान दिवस सभाको अध्यक्षता

अम्बटे बाँसघारीमा आइजीजेएफको झोलुंगे पूल

अम्बटे बाँसघारीमा आइजीजेएफको झोलुंगे पूल

मन्त्री र पदाधिकारीद्वारा जनतासित भेटघाट कार्यक्रम

मन्त्री र पदाधिकारीद्वारा जनतासित भेटघाट कार्यक्रम