ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत विद्यार्थी नानीहरुका लागि सुरक्षा बेल्टहरु प्रदान

Share this news

खरसाङ,1 जुलाई(निसं): खरसाङ पुलिस थाना अन्तर्गत गाड़ीधुरा पुलिस आउट पोष्टको ट्राफिक ओसी सञ्जीव दत्तको अगुवाईमा 3 वर्षदेखि 7 वर्षसम्मका विद्यार्थी नानीहरुलाई सुरक्षाको लागि बाइकमा पछाड़ी पक्रनलाई सुरक्षा बेल्ट प्रदान गरेका छन्। गाड़ीधुरा ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तको अगुवाईमा मंगलबार 1 जुलाईदेखि आगामी 8 जुलाईसम्म सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम सेभ ड्राइभ सेफ लाइभ आयोजना गरिएको छ। यही सचेतना कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई सुरक्षाको लागि सुरक्षा बेल्टहरु प्रदान गरिएको छ। यस क्षेत्रमा रहेका अभिभावकहरुले विद्यार्थी नानीहरुलाई बाइक र स्कुटीको पछाड़ी लाने गर्छन् जुन सुरक्षित नरहेको कारणले ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तको अगुवाईमा 3 देखि 7 वर्षसम्मका जम्मा 25 जना नानीहरुका लागि अभिभावकहरुलाई सुरक्षा बेल्ट प्रदान गरिएको छ। यसले गर्दा अभिभावकको बाइक र स्कुटीको पछाड़ी विद्यालय जाने विद्यार्थी नानीहरुलाई सुरक्षा प्रदान गर्दछ। ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तले तिनको अगुवाईमा सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत 8 जुलाईसम्म ट्राफिक सचेतनाको लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिने बताएका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान