कोलकातालाई हराएपछि गुजरात शीर्षमा बलियो

Share this news

कोलकाता — कप्तान शुभमन गिलको प्रभावशाली इनिङ्सप्रेरित गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार कोलकाता नाइट राइडर्समाथि ३९ रनको जित पाएको छ । यससँगै गुजरातले शीर्षस्थानलाई थप बलियो बनाएको छ । ८ खेलमा गुजरातको यो छैटौं जित हो ।

गिलले ५५ बलमा ९० रन बनाएपछि टस हारेर ब्याटिङमा आएको गुजरातले इडेन गार्डेन रंगशालामा निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ९८ रन बनाएको थियो । प्लेयर अफ द म्याच गिलले १० चौका र ३ छक्का प्रहार गरे । उनले ओपनिङ जोडी साइ सुदर्शनसँग १३ ओभरभित्र १ सय १४ रन जोडेका थिए ।

प्रतियोगिताका सर्वाधिक रनकर्ता सुदर्शनले ३६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरी ५२ रन बनाए । जोस बटलरले २३ बल खेलेर ९ चौकासहित ४१ रनमा अविजित रहे । शाहरूख खानले ५ बलमा अविजित ११ रन बनाए । कोलकाताका वैभव अरोरा, हर्षित राना र एन्ड्रे रसेलले १–१ विकेट लिएका थिए ।

अजिन्क्या रहानेले ५० रन बनाए पनि कोलकाताले ८ विकेट गुमाई १ सय ५९ रनमात्र बनाउन सक्यो । क्विन्टन डी ककको स्थानमा ल्याइएका रहमनुल्लाह गुरबाजले १ रनमात्र बनाउन सके । सुनिल नारिनले १७, वैंकटेश ऐरले १४, रिंकु सिंह १७ र रसेलले २१ रन बनाए । कप्तान रहानेले ३६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । अंगकृष रघुवंशीले १३ बल खेल्दै ३ चौका र १ छक्कासहित २७ रनमा अविजित रहे ।

गुजरातका लागि सर्वाधिक विकेटकर्ता प्रसिद्ध कृष्ण र रशिद खानले २–२ विकेट लिए । दुवैले ४ ओभरमा समान २५ रन खर्चेका थिए । मोहम्मद सिराज, इशान्त शर्मा, वासिङ्टन सुन्दर र साइ किशोरले १–१ विकेट लिए । कोलकाताको ८ खेलमा यो पाँचौं हार हो ।


Share this news
आजको रोजाइ
बुमराहमाथि अधिक निर्भर रहनु सही होइनः अजहरुद्दीन

बुमराहमाथि अधिक निर्भर रहनु सही होइनः अजहरुद्दीन

जिम्बाब्वेका बेनेट टेस्ट म्याचबाट बाहिर बुलावायो

जिम्बाब्वेका बेनेट टेस्ट म्याचबाट बाहिर बुलावायो

विम्बल्डनमा रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने जोकोविचको लक्ष्य

विम्बल्डनमा रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने जोकोविचको लक्ष्य

दुई दिवसीय स्व. धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति  क्यारम प्रतियोगिता

दुई दिवसीय स्व. धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता

लङ्भ्यू अस्पताल लाइनमा सोकपिट निर्माण कार्यको शिलान्यास

लङ्भ्यू अस्पताल लाइनमा सोकपिट निर्माण कार्यको शिलान्यास

स्कूल अफ् गिटार लर्निङको आयोजनामा संगीतलाई लिएर सचेतना कार्यक्रम सम्पन्न

स्कूल अफ् गिटार लर्निङको आयोजनामा संगीतलाई लिएर सचेतना कार्यक्रम सम्पन्न

भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

तीनधारेको भानु ग्राम क्षेत्रको मैलाहरु ग्राम पञ्चायतबाट सर सफाई

तीनधारेको भानु ग्राम क्षेत्रको मैलाहरु ग्राम पञ्चायतबाट सर सफाई

आर्टिफिसियल इण्टिलिजेन्स च्याटजीपीटी : मानव इतिहासमा ठूलो फड्को

आर्टिफिसियल इण्टिलिजेन्स च्याटजीपीटी : मानव इतिहासमा ठूलो फड्को

आजको रोजाइ