खरसाङका विधायक बीपी बजगाईँले चिया बगान अनि सिन्कोना बजानका प्रकट गरेका छन्। तिनले भनेका छन्, भारतको निर्वाचन आयोगले लागु गरे अनुसार एसआईएर 2025 भनेर मतदाता सूचीमा गहन संशोधन हुँदैछ। म एसआईआरको विरोधमा पटक्कै छुइन, यो हुन पर्छ। यो देशका असल र खाँटी नागरिक को हुन् र को होइनन्, यो छुट्टिनु पर्छ। तर यहाँ मतदाताको माता-पिताको नाम 2002 को मतदाता सूचीसित जोड़न पर्ने भनिएको छ। कसैको आमा-बाबा 2002 भन्दा अघिनै स्वर्गवास भएका होलान्। यस कारणले तिनीहरूको आमा-बाबाको नाम 2002 को मतदाता सूचीमा नहोल। यस्ता मतदाताहरूले के गर्ने, त्यस समय गाउँ-बस्तीमा जन्म-मृत्युको पञ्जीकरण गरिने चलन पनि त्यति थिएन। फारममा मृत्यु भएको भनेर लेख्ने कुनै स्थान पनि छैन। यस कारणले धेरै मानिसहरूको फारम रद्द हुने सम्भावना रहेको छ। फेरि हामीमा कतिपयले आफ्नो जात लेख्ने कतिपयले आफ्नो थर लेख्न चलन पनि छ। कतिपयले आफ्नो जात शर्मा लेख्छन् भने कतिपयले बजगाईँ, चापागाईँ, धिताल त कसैले राई, कसैले थुलुङ कसैले कुलुङ, चाम्लिङ भनेर लेख्छन्। यसो हुँदा एसआईआरको फारम भर्ता आफ्नो अथवा आफ्नो आमा-बाबासित ना, मजात नमिल्न सक्छ, दस्तावेजमा नाम नमिल्दा समस्या हुन सक्छ। यस्तो अवस्थामा पनि फारम रद्द हुने सम्भावना रहेको छ। यसैले मैले बारेमा भारतको चुनाउ आयोग समक्ष यी विषयहरूको उल्लेख गर्दै पत्रचार गरेको छु। यस्तो अवस्थामा कुनै पञ्चायतको कागज, हलफनामा अथवा 2002 भन्दा अघिको सूची मान्य गरियोस भनी मैले निर्वाचन आयोगलाई निवेदन गरेको छु। तिनले अघि भनेका छन्, एसआईआरको फारम भर्दा गाउँ-बस्तीका मानिसहरू ठूलो समस्यामा पर्न सक्छन्, विशेष चिया बगान अनि सिन्कोना बगानका मानिसहरूलाई समस्या हुन सक्छ। मेरो यो पत्रलाई चुनाउ आयोगले गम्भीरता पूर्वक लिनेछन् भन्ने म चाहान्छु। मेरो उद्देश्य भनेको भारतका साँचो र खाँटी नागरिको नाम मतदाता सूचीबाट नहटोस भन्ने हो। यदि कुनै पनि खाँटी नागरिकको नाम मतदाता सूचीबाट काटिएको खण्डमा हामी सबैले यसको निम्ति लड़न आवश्यक छ। मैले यति गरेपछि कसैले मलाई एसआईआरको विरोध गरेको भन्लान तर ती विरोध गर्नेहरूले भोलिको दिनमा कुनै पनि खाँटी नागरिकको नाम मतदाता सूचीबाट काटिएको खण्डमा यसको निम्ति जिम्मा लिन पर्छ।









