report should be made public
report should be made public

गृह मन्त्रालयको निर्देशमा गरिएको अनुसन्धान रिपोर्ट सार्वजनिक होस्

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी सदस्य फिन्जो वाङग्याल गुरूङले अनित थापा निर्दोष छन् भने गृह मन्त्रालयको निर्देशमा गरिएको अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्न माग गरेका छन्। गोर्खाल्याण्ड क्षेत्रिया प्रशासनको प्रमुख कार्यपाल अनित थापाको दोहोरो नागरिकताबारे स्पष्ट हुन जरूरी छ। गत केही वर्षअघिदेखि अनित थापाको नेपाली नागरिकता परिचय पत्र सामाजिक संजालहरूमा भाइरल भइरहेको छ अनि यस विषयबारे अनित थापाले आजसम्म कुनै प्रकारको प्रतिक्रिया पोखेको देखिएको छैन। किनकि हामी भारतीय गोर्खा हौं, तर हाम्रो राष्ट्रिय परिचयमाथि समय समयमा प्रश्न तेर्साउने गरेको हुनाले अनित थापाको दोहोरो नागरिकतामाथि स्पष्ट हुन अति नै जरूरी छ। किनकि उनी गोर्खाल्याण्ड क्षेत्रिया प्रशासनका प्रमुख कार्यपाल जस्ता गरिमय पदमा आसिन छन्। मलाई कसैको व्यक्तिगत विषयमाथि ठेस पुराउनु छैन साथै कसैको नाम मतदाताको अधिकारबाट वञ्चित गराउनु पनि होइन तर हामी भारतीय गोर्खाहरूमाथि विदेशीको ठप्पा लगाउने जो कार्यहरू हुँदै आइरहेको छ, त्यसको प्रतिउतर दिनु मात्र हो। गत 2020 तिर अनित थापाको दोहोरो नागरिकतामाथि गृह मन्त्रालयले जाँचको आदेश जारी गरेको थियो। यस विषय धेरैलाई थाहाँ नहुन सक्छ। गत 2020 को जनवरी महिनामा गृह मन्त्रालयको निर्देश अनुसार खरसाङ महकुमा शासक अभिषेक चौरासियाले यस विषयबारे अनुसन्धान गरेर दार्जीलिङ जिल्ला शासक शषांक सेठीलाई रिपोर्ट पठाएका थिए तर अनुसन्धानमा के उलेख गरेका थिए , त्यो सार्वजनिक गरिएको छैन। गत 2 मई 2023 को दिन फिन्जो वाङग्याल गुरूङले यस विषयको जानकारीको मांग गर्दै सुचनाको अधिकार आरटीआई दर्ता गरेको थिए। तत्कालीन जिल्लाधिकारी एस पूनमबालमले अनुसन्धानको रिपोर्ट सार्वजनिक गरिने संकेत समेत दिएका थिए। यसका साथै तिनले त्यस समय खरसाङ महकुमा शासक कार्यालयले रिपोर्ट जिल्लापाल कार्यालयमा पठाएको पुष्टि पनि गरेका थिए। तर दर्ता गरिएको आरटीआईमा ब्यक्तिगत विषय रहेको बताएर खारिज गरी दिएका थिए। त्यसभन्दा पहिला पनि ब्यक्तिगत कारण नै देखाएर आरटीआई खारिज गरिएको थियो। पछिबाट फिन्जो वाङग्याल गुरूङले यस विषय पश्चिम बंगालको राज्य सूचना आयोग समक्ष अपिल गरेका थिए। विगत 2023 को दिसम्बर महिनामा फिन्जो वाङग्यालको अपिललाई दर्ता गरिएको थियो। तर सूचना आयुक्तले धेरैवटा मुद्दाहरू अनि समयको कमीलाई देखाउँदै केही महिनाभित्रमा नै उनको अपिलमाथि सुनवाई गर्ने आश्वसन दिएका थिएय़ यसका साथै उनले दर्ता गरेको अपिललाई ब्यक्तिगत विषय नरहेको साथै पारदर्शिताक विषय रहेकोले सार्वजनिक गरिनु पर्छ। अनित थापाको दोहोरो नागरिकताको विषय गृहमन्त्रालयको निर्देश अनुरूप अनुसन्धान भएको थियो। त्यसकारण यस विषयबारे जानकारी लिने सर्व साधारण जनतालाई हक र अधिकार छ। तर जिल्लापाल कार्यालयद्वारा अनुसन्धान गरिएको रिपोर्ट किन लुकाइँदैछ ? सार्वजनिक गर्नदेखि किन हिचकिचाइँदैछ ?? एक जिल्लाधिकारीद्वारा रिपोर्ट सार्वजनिक गर्ने संकेत दिएको भोलिपल्ट आफ्नो भाका किन फेरे ??? यदि अनित थापा निर्दोष छन् भने रिपोर्ट सार्वजनिक गर्न के को आपति ???? तर सबैभन्दा रोचक विषय आजसम्म जीटीए चीफ अनित थापाले यसबारे चुँई बोलेकै छैनन्। फिन्जो वाङग्याल गुरूङले जीटीए चीफ अनित थापासङ्ग अनुरोध गर्दै
गृह मन्त्रालयको निर्देशमा गरिएको अनुसन्धानको रिपोर्ट अविलम्ब सार्वजनिक गराउन माग गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ