इनिगो किक्‌‍ बक्सिङमा खरसाङका खेलाड़ीहरूले 8 स्वर्ण पदक जिते

Share this news

खरसाङ, (निसं): इनिगो किक्‌‍ बक्सिङ च्यालेञ्ज कपमा खरसाङका किक्‌‍ बक्सरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्‌‍। यस प्रतियोगितामा खेलाड़ीहरूले 8 स्वर्ण, 6 रजत अनि 7 काँस्य पदक जितेका छन्‌‍। खरसाङ किक्‌‍ बस्किङ एसोसिएशनका महासचिव विजय राउतले जानकारी दिए अनुसार किक्‌‍ बक्सिङ्को यो प्रतियोगिता 27 जुलाईको दिन दार्जीलिङ्को सन्त जोसेफ तथा नर्थ पोइन्टमा सम्पन्न भयेको थियो। दार्जीलिङ जिल्ला किक्‌‍ बस्किङ एसोसिएशनसित आबद्ध रहेको किक्‌‍ बक्सिङ एसोसिशन दार्जीलिङले प्रतियोगिताको आयोजना गरेको थियो। यस प्रतियोगितामा दार्जीलिङ जिल्लाको विभिन्न स्थानबाट किक्‌‍ बक्सिङ एसोसिएशनका खेलाड़ीहरूले अंशग्रहण गरेका थिए। यस प्रतियोगितामा खरसाङ किक्‌‍ बक्सिङ एसोसिएशनका किक्‌‍ बस्कर निमिसा तामाङ, कार्तिक छेत्री, रक्षा थापा, आशना छेत्री, लाछेन तामाङ, रिप्चर लेप्चा, संस्कृति तामाङ अनि गौरव राउतले स्वर्ण पदक जितेका छन्‌‍। खरसाङ किक्‌‍ बक्सिङ एसोसिएशनका महासचिव विजय राउतले बताए अनुसार एसोसिएशनले खरसाङ्को विभिन्न स्थानमा बाल-बालिका, किशोर-किशोरी अनि युवा-युवतीहरूलाई किक्‌‍ बक्सिङ्को प्रशिक्षण प्रदान गरिरहेको छ। प्रशिक्षण प्रदान गर्नुको अतिरिक्त एसोसिएशनले खेलाड़ीहरूलाई क्षेत्रीय, जिल्ला स्तरीय, राज्य स्तरीय, राष्ट्रिय अनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अंशग्रहण गराइरहेको छ। यस्ता प्रतियोगिताहरूमा एसोसिएशनका खेलाड़ीहरूले असल प्रदर्शन गरेर मेडल जितेर फर्किरहेका छन्‌‍। तिनले एसोसिएशनले युवती अनि महिलाहरूलाई आत्मा रक्षाको प्रशिक्षणहरू प्रदान गर्ने कार्य गरिरहेको पनि बताए।


Share this news
आजको रोजाइ
मंगन जिल्ला स्तरीय खुला फुटबलमा लाक्पा जोजो

मंगन जिल्ला स्तरीय खुला फुटबलमा लाक्पा जोजो

रिन्जिङ वाङ्ग्याल छोपेलद्वारा आफ्नो पदभार अधिग्रहण

रिन्जिङ वाङ्ग्याल छोपेलद्वारा आफ्नो पदभार अधिग्रहण

मनिषा छेत्री मेरो भोइस युनिभर्स सीजन 2 को टप 8 मा

मनिषा छेत्री मेरो भोइस युनिभर्स सीजन 2 को टप 8 मा

जीर्ण सडकको भीडीयो सार्वजनिक हुनेसाथ मरम्मतिको दावि

जीर्ण सडकको भीडीयो सार्वजनिक हुनेसाथ मरम्मतिको दावि

नेताजी सुभाष बोसको सम्झनामा आकर्षक लोकोमोटिभ

नेताजी सुभाष बोसको सम्झनामा आकर्षक लोकोमोटिभ

लाक्पा जोजो र उनको टोलीलाई स्वागत गर्दै युवाहरू

लाक्पा जोजो र उनको टोलीलाई स्वागत गर्दै युवाहरू

तुङसुङका नवीन राई र धिरेन आले आइजीजेएफमा सामेल

तुङसुङका नवीन राई र धिरेन आले आइजीजेएफमा सामेल

क्यापका पञ्चायत सदस्य सुवास राई एसकेएम सामेल

क्यापका पञ्चायत सदस्य सुवास राई एसकेएम सामेल

डाइमन्ड क्लबद्वारा स्वतन्त्रता दिवस फूटबल खेलाइने

डाइमन्ड क्लबद्वारा स्वतन्त्रता दिवस फूटबल खेलाइने

आबकारी विभागका सचिव जीवन सुब्बाको भ्रमण

आबकारी विभागका सचिव जीवन सुब्बाको भ्रमण