प्रायः बाइस महिनापछि अम्बटे चियाबारी खोलियो

Share this news

खरसाङ, 22 जुलाई(सुवास छेत्री)ः बन्द रहेको अम्बटे चियाबारी खोलिएको प्रायः बाइस महिनापछि खोलिएको छ। दशैँको मुखैमा अर्थात्‌‍ 10 अगस्त 2022 को दिन कमान बन्दको नोटिस टाँसेर लेमनग्रास कम्पनीका प्रबन्धकहरू यहाँबाट गएपछि अचल अवस्थामा रहेको अम्बटे चियाबारी मङ्गलवारदेखि पुनः सञ्चालनमा आएको छ। वर्तमान जीवन शर्माको अधिनमा खोलिएको यस चियाबारीमा तर मङ्गलवार श्रमिकहरूको सङ्ख्या भने केही कम्ती रहेको थियो। प्रथम दिन केही श्रमिकहरूलाई पत्ती टिप्न लगाइयो भने केही श्रमिकहरूले कमान सफा गर्ने कार्य गरे औ केही श्रमिकहरूलाई कमानको कार्यालयहरू सफा गर्न लगाइयो। कमान खोलिएको सन्दर्भमा बगानका प्रबन्धक मञ्जित सिञ्चुरीले आजदेखि बगान आधिकारिक रुपमा रुपमा खोलिएको बताए। तिनले बगान खोलिनुमा सबैको सहयोग रहेको जनाउँदै आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोग रहने आशा व्यक्त गरे। बगान खोलिए यहाँका मानिसहरूको आर्थिक अवस्थामा धेरै सुधार आउने औ बगानको पनि स्याहार सुसार भएर जाने बताउँदै तिनले यसरी कमान खोलिएकोमा सबैलाई बधाई पनि दिए। सिञ्चुरीले आज तिनीहरू यहाँको प्रख्यात एवम्‌‍ धार्मिक आस्थाको केन्द्र बसेरी शिवधाममा आएर पूजा अर्चना गरेको तथा कार्यालयहरूतिर पनि पूजा अर्चना गरेर कार्य आरम्भ गरिएको बताउँदै हाल चिया कारखानाको अवस्था केही जीर्ण भएको तथा बिजुलीका लाइनहरू पनि सबै काटिएको कारण कारखानामा चियापत्ती तयार गर्न नसकिने औ यहाँ टिपिएका चियापत्तीहरू बाहिर कतै लैजाने निर्णय माथिल्लो स्तरबाट लिइएको अवगत गराए। यता यहाँका केही श्रमिकहरूले पनि आजदेखि कमान खोलिएकोमा खुशी व्यक्त गर्दै बगान खोलाउन सहयोग पुऱ्याउने तथा वर्तमान बगानका निर्देशक तथा कम्पनीप्रति आभार व्यक्त गरेका छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ