असामाजिक क्रियाकलापलाई रोक्न सबै अघि आउनुपर्ने समेकि लामाको आह्वान

Share this news

पङ्खाबारी, (निसं)ः वर्तमान समयमा शहरी क्षेत्रमाभन्दा धेर ग्रामीण क्षेत्रहरूतिर हुने विभिन्न असामाजिक क्रियाकलाप तथा दुष्कर्महरूलाई रोक्न समाजका प्रत्येक सदस्यहरू अघि आउनुपर्ने आह्वान लङ्भ्यू परिवर्तन मुभमेण्टकी संयोजिका सेमिका लामाले गरेकी छन्‌‍। तिनले सोमवार खरसाङ अदालत परिसरबाट यस प्रकारको आह्वान गरेकी हुन्‌‍। गत केही दिनअघि दुधेमा दुइजना नाबालिगहरूमाथि भएको सामुहिक दुष्कर्मबारे दोषीहरूलाई कठोर सजायको मांग गर्न खरसाङ अदालत आएकी थिइन्‌‍। यसै अवधि तिनले विशेषगरी हाल ग्रामीण क्षेत्रहरूमा बारम्बार हुने गरेको यस प्रकारको दुष्कर्म अनि असामाजिक क्रियाकलापमाथि चिन्ता अनि दुःख व्यक्त गर्दै वास्तवमा यस प्रकारको घटनाबारे समाजमा सचेतना नआएको औ अधिक मात्रामा अवैध रुपले भित्रिरहेको नशालु पदार्थ विक्री वितरण तथा सेवनको कारणले पनि हो भनी जनाइन्‌‍। तिनले दुधेको घटना सम्बन्धमा जानकारी गराउँदै उक्त घटना अत्यन्तै अमानवीय अनि निन्दनीय रहेको जनाउँदै जहाँसम्म कानूनले ती पाँचना दोषी व्यक्तिहरूलाई मृत्यु दण्डको सजाय दिनुपर्छ भनी माग गरिन्‌‍। लामाले अब स्त्री जातिहरू पनि आफै सचेत र सजग रहनुपर्छ भन्दै आफूहरू कतै यात्रा गर्दा होस्‌‍ अथवा गाउँ-घरमा रहँदा कसैले पनि आफूलाई कुदृष्टिले हेर्छन्‌‍ अथवा यस प्रकारको व्यवहार गर्छन्‌‍ भने त्यसको तत्कालै विरोध जनाउनुपर्छ अनि त्यस व्यक्तिलाई कानून सम्बन्धी कार्वाही गर्नुपर्छ भन्दै अब कोही पनि डराएर नहुने बताइन्‌‍। अभिभावहरूले पनि आफ्ना नानीहरूको सुरक्षा प्रदान गर्न अहम्‌‍ भूमिका निर्वाह गर्नुपर्छ भन्दै तिनले यस प्रकारका नराम्रा क्रियाकलापहरूको रोकथाम गर्न समाजका प्रत्येक सदस्यहरू, सचेतवर्ग अनि सबै तहतप्काका मानिसहरू अघि आउनुपर्छ भनी अनुरोध गरेकी छन्‌‍।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न