लङ्भ्यू अस्पताल लाइनमा सोकपिट निर्माण कार्यको शिलान्यास

Share this news

पंखाबारी,29 जून(निसं): सन्त मेरिज तीन ग्राम पञ्चायत अन्तगर्त लङ्भ्यू अस्पताल लाइनमा सोकपिट निर्माण कार्यको शिलान्यास आइतवार विधिवत् पूजा अर्चना सहित सम्पन्न भयो। समष्टि कार्यकारी सभासद कल्पना प्रधानले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाँउ-घरमा सोकपिटको निर्माण कार्यले नालामा बग्ने पानीको व्यवस्थपन हुने र गाउँ-घरको परिवेश स्वच्छ रहने बताइन्। अहिलेघरि सामाजिक सञ्जालमा जीटीए क्षेत्रमा भइरहेको विकासमूलक कार्यहरूको गलत प्रकारले प्रचार भइरहेको जनाउँदै यदि कुनै क्षेत्रमा विकासमूलक कार्यहरू गुणस्तरीय नभए त्यस क्षेत्रका पञ्चायत सदस्य, प्रधान, उपप्रधान, पञ्चायत समिति साथै सभासदलाई जनाकारी गराउन पर्ने जनाइन् साथै आफ्नो गाउँ घरमा आएको विकासमूलक कार्यको देखरेख गर्ने जिम्मा ग्रामवासीको पनि रहेको जनाइन्। सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनले लङ्भ्यू क्षेत्रमा बनिन गइरहेको सोकपिट स्वच्छ भारत मिशन अन्तगर्त हुन गइरहेको औ यस कार्यले गाउँ घरमा मच्छरबाट हुने रोगको रोकथाम हुने साथै गाउँ घरको परिवेश स्वच्छ रहने बताए। जीटीए प्रमुख कार्यपालको कुशल नेतृत्वमा पञ्चायती व्यवस्था फर्के पश्‍चात पञ्चायत समिति साथै पञ्चायत मार्फत गाउँ घरमा धेरै विकासमूलक कार्यहरू भइरहेको जनाए। यस शिलान्यास कार्यक्रममा समिति सदस्य मौसम लामा, युवा शक्ति केन्द्रिय समिति सदस्य सञ्जीव छेत्री, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, पञ्चायत सदस्य सुब्रता लकान्द्री, भागोप्रमो लङ्भ्यु खण्ड समिति अध्यक्ष नयस लामा, सचिव लक्ष्मण छेत्री, युवा शक्ति सभापति निसान गोले, सचिव विजय सुनुवार, नारी शक्ति, युवा शक्ति साथै पार्टी कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो भनी जिनोद परियारले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न