भत्किएको राष्ट्रिय राजमार्ग अझसम्म मरमति भएको छैन

Share this news

खरसाङ, 22 जुलाई (निसं)ः खरसाङ्को टुरिष्ट लज नजिक राष्ट्रिय राजमार्ग 110 भत्किएको अवस्थामा रहेकोले चालकवर्ग, जनसाधरण, दुईचक्के सवारहरू दिक्क बनेका छन्‌‍। यस स्थानमा भत्किएको सड़क धेरै समयदेखि मरमति गरिएको छैन। भत्किएको सड़क मरमतिको नाममा विभागले अलकत्रा मिसाइएको चुर ल्याएर पानी भरिएको सड़कको खाल्डमा पोखाइराख्ने गरेको मानिसहरूको गुनासो छ। सड़क भत्किएको स्थान चौरस्ता रहेको, यहाँबाट उकालो हिमाली बोर्डिङ स्कूल तर्फ जाने सड़क, अह्रालो उत्तर तर्फ कप्तान सुरज शर्मा (बाई पास) रोड रहेको छ। यसरी चार तर्फ गाड़ी कुद्ने यो स्थान महत्वको रहेकेले यसको मरमति चाँड़ो अनि राम्रोसित गर्नु पर्ने जनसाधणको माग छ। सड़क भत्किएको र ठूलो खाल्डा भएकोले गाड़ी चालक, मोटर बाईक-स्कुटी चालकहरूले समस्याको सामना गर्न परेका छन्‌‍ भने साधरण मानिसहरू पनि सड़क भक्तिएको कारण समस्यामा छन्‌‍। चालकहरूले सड़कको माथिल्लो भागमा भएको खाल्डाबाट जोगिन्दै तल्लो भागबाट गाड़ी कुदाउने गरेकोले समस्यामा परेको यो सड़क भएर हिँड़ने मानिसहरू बताउछन्‌‍। मानिसहरू सड़कमा रहेको खाल्डामा पानी भरिने गरेको र गाड़ीको चलाचल रहँदा खाल्डामा भरिएको पानी गाड़ीले छेप्ने गरेकोले समस्या भएको पनि बताउछन्‌‍। हिमाली बोर्डिङ स्कूल तर्फ जाने कतिपय गाड़ी चालक अनि दुई चक्के सवारहरूले रातिको समयमा सड़कको माथिल्लो भागमा रहेको खाल्डाबाट जोगिन्दै सड़कको तल्लो भागबाट इन्डिकेटरले संकेत दिँदै उकालो हिमाली बोर्डिङ स्कूलको बाटो लाग्दा पास दिएको संकेत बुझेर पछाड़िको गाड़ी अघि जान खोज्ने गरेकोले दुर्घटनाको सम्भावना रहनेे गरेको बताएका छन्‌‍। चालकवर्ग, दुई चक्के सवार अनि जनसाधरणको समस्यालाई ध्यानमा राखेर खरसाङ शहर भित्रको राष्ट्रिय राजमार्गको यो स्थानलाई राम्रोसित अनि चाँड़ो मरमति गर्नु पर्ने धेरैले माग गरिरहेका छन्‌‍। यस बारेमा विभागीय पक्षसित जान्न चाहादा सम्पर्क हुन सकेन।


Share this news
आजको रोजाइ
अखण्ड हरिकीर्तन समितिद्वारा धन्यवाद ज्ञापन एवम्‌‍ सम्मान समारोह

अखण्ड हरिकीर्तन समितिद्वारा धन्यवाद ज्ञापन एवम्‌‍ सम्मान समारोह

कलकत्ता उच्च न्यालयको बेञ्च क्याक्स ट्रिब्युनलको साथमा स्थापित गर्ने विष्टको माग

कलकत्ता उच्च न्यालयको बेञ्च क्याक्स ट्रिब्युनलको साथमा स्थापित गर्ने विष्टको माग

नेपाली भाषामा साइन बोर्ड लगाउने महासंघद्वारा विद्यालयहरूलाई अनुरोध

नेपाली भाषामा साइन बोर्ड लगाउने महासंघद्वारा विद्यालयहरूलाई अनुरोध

रिन्छेनले यूजीसी नेट अनि जीआरएफ परीक्षामा एकैचोटि 98.22 प्रतिशत अंकको साथमा उत्तीर्ण गरिन्‌‍

रिन्छेनले यूजीसी नेट अनि जीआरएफ परीक्षामा एकैचोटि 98.22 प्रतिशत अंकको साथमा उत्तीर्ण गरिन्‌‍

नगरपालिका क्षेत्रमा थप 10 वटा हाई मास्ट ल्याम्प लगाइने  स्ट्रीट लाईटहरू मरमतिको कार्य भइरहेको छ समय लाग्छः वृगेन गुरुङ

नगरपालिका क्षेत्रमा थप 10 वटा हाई मास्ट ल्याम्प लगाइने स्ट्रीट लाईटहरू मरमतिको कार्य भइरहेको छ समय लाग्छः वृगेन गुरुङ

जी.एम. लेप्चाद्वारा रोलु मन्दिरको दर्शन र पूजा अर्चना

जी.एम. लेप्चाद्वारा रोलु मन्दिरको दर्शन र पूजा अर्चना

पूल निर्माण भए तापनि स्थिति जोखिमपूर्ण

पूल निर्माण भए तापनि स्थिति जोखिमपूर्ण

आईपीआर अध्यक्षद्वारा जि.सू.अ.को कार्यालयको भ्रमण

आईपीआर अध्यक्षद्वारा जि.सू.अ.को कार्यालयको भ्रमण

मन्त्री राईद्वारा पर्वतारोही आशाल राईप्रति श्रद्धाञ्जली

मन्त्री राईद्वारा पर्वतारोही आशाल राईप्रति श्रद्धाञ्जली

अखण्ड हरिसकीर्तन समितिद्वारा जनाइयो सम्मान

अखण्ड हरिसकीर्तन समितिद्वारा जनाइयो सम्मान

आजको रोजाइ