महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोको मरमत्ति कार्य शुरु

Share this news

तीनधारे ,17 जुलाई (निसं): महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोले स्थानीयहरुलाई भईरहेको असुविधालाई ध्यानमा राखेर बिहीवारदेखि पैह्रो मरमत्तिको कार्य शुरु गरिएको छ। गत महिना 24 जूनको साँझ र 26 जूनको बिहान गएको पैह्रोले स्थानीयहरुलाई धेरै असुविधा भईरहेको थियो। यो पैह्रो भएर गाड़ीहरु कुदाउन पनि धेरै असुविधा भईरहेको थियो भने ठूला गाड़ीहरु कुदाउन बन्द गरिएको थियो अनि साना गाड़ीहरू र स्कुटी-बाइकहरु पनि कुदाउन जोखिमपूर्ण बनेको थियो। यस्तो अवस्थालाई ध्यानमा राखेर बिहीवारदेखि पैह्रो मरमत्तिको लागि कार्य शुरु गरिएको छ। उक्त पैह्रोग्रस्त रोडको मरमत्तिको लागि स्थानीय जनप्रतिनिधिहरु पञ्चायत प्रधान, पञ्चायत समिति सदस्य, पञ्चायत सदस्य लगायत अन्यहरु मिलेर पहल गरिएको बताइएको छ। यो पैह्रोग्रस्त रोडको मरमत्तिको लागि स्थानीय जनप्रतिनिधिहरुले जीटीए प्रमुख कार्यपाल अनित थापासित भेट गरेर विभागीय अधिकारीहरुको भ्रमण निरीक्षणपछि बिहीवारदेखि काम थालिएको जनाइएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ खण्ड पञ्चायत समितिको सदस्य कुसाङ लामाले हामी स्थानीय जनसाधारणको असुविधालाई ध्यानमा राखेर पैह्रो गएको दिनदेखि मरमत्तिको लागि पहल गरिरहेका थियौँ र जीटीए प्रमुख अनित थापाको सहयोगमा यो पैह्रो निर्माणको कार्य आजदेखि शुरु गरिएको हो भनी जानकारी गराएका छन्‌‍। उनले यो पैह्रोलाई लिएर सामाजिक सञ्जालमा आएको विभिन्न नकरात्मक कुराहरुलाई जनताले ध्यान नदिने अपिल गर्दै जनप्रतिनिधिहरु जनताको लागि सदेव काम गर्न तत्पर रहेको बताएका छन्‌‍। उनले बताए अनुसार महानदीदेखि सिविटारमाझको रोडमा गएको पैह्रोको मरमत्तिको लागि स्थानीय जनप्रतिनिधिहरुले पहल गरेको र यसमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, सिविटार र गिताङ्गे क्षेत्रको पञ्चायत जनप्रतिनिधिहरु साथै महानदी ग्राम पञ्चायतको प्रधान, जीटीए प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिएका छन्‌‍। आफुहरु जनताको सेवामा नै जनप्रतिनिधि बनेको र जनताको असुविधालाई ध्यानमा राखेर पैह्रो मरमत्तिको लागि झट्टै पहल गर्दै काम पनि शुरु गरिएको जानकारी गराएका छन्‌‍।


Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ