खरसाङमा भागोप्रमोद्वारा शहीद दिवस समारोह साथै रक्तदान शिविरको आयोजना गर्ने गरिने

Share this news

खरसाङ, 26 जुलाई (निसं)ः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तत्वावधानमा यसपाली पनि खरसाङ्मा शहीद दिवस समारोह सम्पन्न हुने भएको छ। शहीद दिवस गत वर्ष झैं यसपाली पनि युवा शक्ति खरसाङ महकुमा समिति र खरसाङ टाउन कमिटीको आयोजनामा सम्पन्न हुने भएको छ। यस विषयमा आज खरसाङ्मा पत्रकारहरुलाई सम्बोधन गर्दै युवा शक्ति खरसाङ महकुमा समितिको सभापति एवं शहीद दिवस समारोह समितिका संयोजक प्रेमेन्द्र गुरूङ अनि युवा शक्ति खरसाङ टाउन कमिटीका सभापति बन्धन लामाले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍। दुवैले जानकारी गराए अनुसार यसपाली पनि खरसाङ्को इगल क्य्रागमा रहेको शहीद वेदीमा बिहान श्रध्दाञ्जली कार्यक्रम हुने र त्यसपछि खरसाङ्को नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्मान कार्यक्रमको आयोजना गरिने भएको छ। यसको साथै खरसाङ्मा युवा शक्तिको तर्फबाट गत वर्ष झैं यसपाली पनि शहीद दिवसको दिन नै रक्तदान शिविरको आयोजना गरिने छ।


Share this news
आजको रोजाइ
महानदी ग्राम पञ्चायत कार्यालय भवनको उद्घाटन

महानदी ग्राम पञ्चायत कार्यालय भवनको उद्घाटन

सिलगढ़ीबाट चिसो हावा खान आउने पर्यटकहरूको संख्यामा वृद्धि

सिलगढ़ीबाट चिसो हावा खान आउने पर्यटकहरूको संख्यामा वृद्धि

जन्म अनि मृत्यु प्रमाण-पत्रको एफिडेभिट शिविर समापन

जन्म अनि मृत्यु प्रमाण-पत्रको एफिडेभिट शिविर समापन

वी लभ लिङ्सेबुङद्वारा जेष्ठ नागरिक सम्मान 

वी लभ लिङ्सेबुङद्वारा जेष्ठ नागरिक सम्मान 

चौतारोमा सीमित गोर्खाल्याण्ड शहीद बिमल शशांकर

चौतारोमा सीमित गोर्खाल्याण्ड शहीद बिमल शशांकर

तीनवटा नगरपालिकामा शीघ्र चुनाउ गराउनुपर्ने विनयको माग 

तीनवटा नगरपालिकामा शीघ्र चुनाउ गराउनुपर्ने विनयको माग 

गोर्खा रंगमञ्च भवन परिसर शहिद स्मारकमा अजय टोलीले पनि श्रद्धाञ्जली अर्पण गर्ने

गोर्खा रंगमञ्च भवन परिसर शहिद स्मारकमा अजय टोलीले पनि श्रद्धाञ्जली अर्पण गर्ने

एक दिन शहिद दिवसमा सम्झने मात्र प्रथा हटाउ

एक दिन शहिद दिवसमा सम्झने मात्र प्रथा हटाउ

शहिदहरुको सपना कहिले पूरा होला ?

शहिदहरुको सपना कहिले पूरा होला ?

असीत राई साहित्यिक मञ्चले विकास गोतामे स्मरण दिवस मनाउने

असीत राई साहित्यिक मञ्चले विकास गोतामे स्मरण दिवस मनाउने