भागोप्रमो टुङ सन्तमेरिज समष्टिको सभा

Share this news

खरसाङ, (निसं): खरसाङ खण्ड अन्तर्गत भागोप्रमो टुङ सन्तमेरिज समष्टिको सभा अरिङ्गले सार्वजनिक भवनमा समष्टि सभापति नुरी शेर्पाको सभापतित्वमा एक सभा बिहीवार सम्पन्न भयो। सभामा केन्द्रिय समिति अध्यक्ष अनित थापाको निर्देशनमा समष्टि समिति पूर्ण गठन गरियो। यस कमिटीमा सभापति नुरी शेर्पा, महासचिव दिपेश तामङ, उपसभापति रबिन राई, सञ्जीव सुब्बा अनि अनुज कान्ता प्रधान, सहसचिव बिपन भुजेल, सुषन छेत्री अनि प्रनित राई, कोषाध्यक्ष सहदेव राई, सहकोषाध्यक्ष किसान ठकुरी, प्रचार प्रसार सचिव बसन्त कुलुङ राई अनि बिराज थापा लगायत 42 जना कार्यकारिणी सदस्यहरूलाई लिएर समष्टि अभिभावक समिति पूर्ण गठन गरियो। सभालाई विशेष खरसाङ महकुमा समिति सभापति सुवास प्रधान, महासचिव प्रणाम रसाइली, समष्टि सहसचिव सुषन भूजेलले सम्बोधन गरेका थिए। सभामा खरसाङ महकुमा समिति उपसभापति शंखर रावत, संगठनिक सचिव, एलडी लाक्पा, कोषाध्यक्ष सञ्जय प्रधान, सदस्य फिरोज खान,समष्टि युवा शाक्ति महासचिव सहदेव तामाङ, जोनल सभापति एवं प्रचार प्रसार सचिव बसन्त कुलुङ राई, महासचिव मुकुन्द बोम्जन , समिति कर्मअध्यक्ष बिरेन तामङ, प्रमिला तामाङ, समिति रिता राई, बबि तामङ संचिता लामा, उपप्रधान कनिशा तामाङ, प्रंशासा लेप्चा, पञ्चायत सदस्यहरूको उपस्थित रहेको थियो। नव निर्वाचित समष्टि समितिको तर्फबाट पार्टीका कर्मठ सदस्य निःस्वार्थ भावले स्थापना कालदेखि योगदान पुराउँदै आउने सदस्य दिलिप गजमेर, सहदेव राई अनि गोपाल तामाङलाई सम्वर्द्धनापत्रले सम्मान जनाइयो। सभामा स्वागत सम्भाषण समष्टि महासचिव दिपेश तामाङले राखे भने सभाको सञ्चालन रबिन राईले गरेका थिए भनी प्रचार प्रसार सचिव बसन्त कुलुङ राईले जानकारी दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
दिलीपकुमार बराइली जस्ता एक योग्य भरपर्दो व्यक्तिलाई समाजले गुमायोः जागृति परिवार

दिलीपकुमार बराइली जस्ता एक योग्य भरपर्दो व्यक्तिलाई समाजले गुमायोः जागृति परिवार

पार्मटी अध्नयक्ष  घिसिङ अनि अन्य नेतृत्वहरूले दिल्लीमा निभाउन पर्ने भूमिका निभाउदैछन्ः गोरामुमो

पार्मटी अध्नयक्ष घिसिङ अनि अन्य नेतृत्वहरूले दिल्लीमा निभाउन पर्ने भूमिका निभाउदैछन्ः गोरामुमो

टासी साम्तेनलिङ गुम्बामा पाँच दिवसीय तारादेवी पूजा समापन

टासी साम्तेनलिङ गुम्बामा पाँच दिवसीय तारादेवी पूजा समापन

बाईपास रोडको हावा घर सोचनीय बन्दैछ

बाईपास रोडको हावा घर सोचनीय बन्दैछ

भागोप्रमो टुङ सन्तमेरिज समष्टिको सभा

भागोप्रमो टुङ सन्तमेरिज समष्टिको सभा

सशस्त्र सीमा बल मुख्यालयद्वारा आयोजित फुटबलमा विष्ट

सशस्त्र सीमा बल मुख्यालयद्वारा आयोजित फुटबलमा विष्ट

गोरामुमो सोनादा पचेङ्ग समष्टिको सांङ्ठनिक सभा सम्पन्न

गोरामुमो सोनादा पचेङ्ग समष्टिको सांङ्ठनिक सभा सम्पन्न

गोपालसिंह नेपाली बस्नेतमाथि सङ्गोष्ठी ३० नोभेम्बरमा हुने

गोपालसिंह नेपाली बस्नेतमाथि सङ्गोष्ठी ३० नोभेम्बरमा हुने

त्रिपूरामा अजय एडवर्डसको जोश पूर्ण आह्वान

त्रिपूरामा अजय एडवर्डसको जोश पूर्ण आह्वान

गोर्खा भाषाको गलत प्रस्तुतिकरणप्रति भागोपको कडा आपत्ति

गोर्खा भाषाको गलत प्रस्तुतिकरणप्रति भागोपको कडा आपत्ति

आजको रोजाइ