नर्भिक अस्पताल ३३ औं वर्षमा प्रवेश, २५ लाखभन्दा बढीले लिए सेवा

Share this news

काठमाडौँ — नर्भिक इन्टरनेसनल अस्पताल आज वैशाख १ देखि ३३ औं वर्षमा प्रवेश गरेको छ ।  सन् १९९३ मा नर्भिक हेल्थकेयर एन्ड रिसर्च सेन्टरबाट सुरु अस्पताल तीन दशकभन्दा लामो अवधिमा मुलुकको सर्वश्रेष्ठ ‘मल्टी स्पेसियालिटी अस्पताल’ भएको छ ।

३३ औं वार्षिकोत्सवको अवसरमा अस्पतालले विविध कार्यक्रम गरेको थियो । हाल १ सय ४० बेड क्षमतामा सञ्चालनमा रहेको अस्पतालले आफ्नो क्षमता वृद्धिका लागि अत्याधुनिक ८ तले भवन बनाउने क्रममा छ ।

सन् २०२५ भित्र सक्ने लक्ष्य राखिएको भवन निर्माणसँगै ३ सय बेडको क्षमता हुनेछ । अस्पताल सन् २०२१ को जुलाइ १७ देखि पब्लिक लिमिटेडमा गएको छ । निकट भविष्यमै सर्वसाधारणका लागि शेयर जारी गर्ने अस्पतालले जनाएको छ ।

स्थापनाको ४ वर्षपछि अर्थात् सन् १९९७ मा भारतको स्कर्ट हर्ट इन्स्टीच्युटको सहकार्यमा हर्ट कमान्ड सेन्टर स्थापना गरेको अस्पतालले सन् १९९९ मा न्युरोलोजी सेवा सुरु गरेको थियो । त्यसपछि सन् २००४ मा प्रसूति सेवा, २००५ मा युरोलोजी र सीटी स्क्यान सेवा, २००६ मा घुँडाको रिप्लेसमेन्ट सर्जरी, २००८ मा गंगादेवी चौधरी क्याथल्याब, २०१३ मा गाइनोलोजी र २०२२ मा मिर्गौला प्रत्यारोपण सेवा सरु गर्‍यो ।

सौन्दर्य तथा छाला रोग, मधुमेह तथा इन्डोक्राइनोलोजी, छाती तथा श्वासप्रश्वासजन्य रोग, बालबालिकाका स्वास्थ्य समस्या, ग्यास्ट्रोइन्टेरोलोजी, न्यूरोसाइकियाट्री, आइभीएफ, ओरल तथा म्याक्सिलोफेसियल, प्लास्टिक रिकन्सट्रक्टीभ सर्जरी, अर्थोपेडिक, पिडियाट्रिक अर्थोपेडिक, फिजियोथेरापीलगायतका सेवाहरू अस्पतालले दिइरहेको छ ।

पछिल्लो समयमा अस्पतालमा विभिन्न जटिल समस्याको पनि सफल उपचार सम्पन्न भएका छन् । अस्पतालमा टाउकोमा पानी जम्ने समस्याका लागि ‘प्रोग्रामेबल सन्ट सिस्टम’ विधिबाट उपचार गरिएको छ भने पहिलो पटक पेटको सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिबाट सफल उपचार भएको छ । कलेजोको समस्या ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको छ । चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु गरिएको छ ।

यसबाहेक अस्पतालले सब–स्पेसियालिटी क्षेत्रको रुपमा विकास भइरहेको इमर्जेन्सी सेवालाई पनि प्रभावकारी रुपमा सञ्चालन गरिरहेको जनाएको छ । स्थापनायताका तीन दशकभन्दा लामो अवधिमा हामीले २५ लाखभन्दा बढी बिरामीलाई सेवा दिइसकेको अस्पतालले जनाएको छ । सातै महादेशका ३० भन्दा बढी मुलुकका नागरिकलाई गुणस्तरीय उपचार सेवा दिएको अस्पतालको दाबी छ ।

प्रविधिको विकाससँगै अस्पतालले डिजिटल प्रणाली पनि अंगीकार गरेको छ । अस्पताललाई डिजिटलाइज्ड गर्ने क्रममा छुट्टै एप विकास गरिएको छ । नर्भिकले बिरामीको गुणस्तरीय र विश्वसनीय उपचार सेवामा सदैव प्रतिबद्ध रहने जनाएको छ ।


Share this news
आजको रोजाइ
Mumbai: Maharashtra Chief Minister Devendra Fadnavis

“हिन्दी थोपिएको” आरोपबीच महाराष्ट्रले विवादास्पद भाषा नीति फिर्ता।

बुमराहमाथि अधिक निर्भर रहनु सही होइनः अजहरुद्दीन

बुमराहमाथि अधिक निर्भर रहनु सही होइनः अजहरुद्दीन

विम्बल्डनमा रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने जोकोविचको लक्ष्य

विम्बल्डनमा रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने जोकोविचको लक्ष्य

दुई दिवसीय स्व. धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति  क्यारम प्रतियोगिता

दुई दिवसीय स्व. धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता

लङ्भ्यू अस्पताल लाइनमा सोकपिट निर्माण कार्यको शिलान्यास

लङ्भ्यू अस्पताल लाइनमा सोकपिट निर्माण कार्यको शिलान्यास

स्कूल अफ् गिटार लर्निङको आयोजनामा संगीतलाई लिएर सचेतना कार्यक्रम सम्पन्न

स्कूल अफ् गिटार लर्निङको आयोजनामा संगीतलाई लिएर सचेतना कार्यक्रम सम्पन्न

भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

तीनधारेको भानु ग्राम क्षेत्रको मैलाहरु ग्राम पञ्चायतबाट सर सफाई

तीनधारेको भानु ग्राम क्षेत्रको मैलाहरु ग्राम पञ्चायतबाट सर सफाई

आर्टिफिसियल इण्टिलिजेन्स च्याटजीपीटी : मानव इतिहासमा ठूलो फड्को

आर्टिफिसियल इण्टिलिजेन्स च्याटजीपीटी : मानव इतिहासमा ठूलो फड्को

आजको रोजाइ