जटिल रोगको ग्रस्त नानीलाई सहयोग गरिदिने अपिल

खरसाङ, 26जुलाई (निसं)ः ब्रेन स्ट्रोक र ब्लड क्यान्सर जस्ता शिशुका माता-पिताले गरेका छन्‌‍। तीनधारेदेखि केही मुनिस्थित दुई नम्बर बस्ती निवासी फुटबल खेलाड़ी गणेश लिम्बुकी 14 महिना मात्र पुगेकी छोरीको उपचारको निम्ति आर्थिक सहयोगको आवश्यकता परेको छ। फुटबलर पिता गणेश लिम्बु, माता पूजा थापा र बड़ा हेम सुब्बाकी सानी नानी गिरीसा लिम्बु केवल 1 वर्ष 4 महिना पुगेकी छन्‌‍। तर सानैमा ब्रेन स्ट्रोक र ब्लड क्यान्सर जस्ता जटिल रोगको कारणले हालमा सिलगढ़ीको एक निजी अस्पतालमा आईसीयुमा उपचाराधिन अवस्थामा छिन्‌‍। सानो नानीलाई यसरी जटिल रोग लागेकोले परिवार समस्यामा परेको छ। नानीको उपचारको लागि निक्कै खर्च लाग्ने भएकोले नानीलाई सहयोग गरिदिने नानीको बढ़ा हेम सुब्बाले सबैलाई अनुरोध गरेका छन्‌‍। एक थुकी सुकी हजार थुकी नदी भने झैँ सबैको अलि अलि सहयोगले नानीले नयाँ जीवन पाउने आशा परिवारले साँचेको छ, त्यसर्थ सबैलाई नानीको उपचारको लागि सहयोग गरिदिने अपिल गरिएको छ।

Leave a Reply