सद्भावना सोशल वेलफेयर सोसाइटीका सदस्यहरूद्वारा सफाई कार्यक्रम

Share this news

खरसाङ, 19 जुलाई (निसं): खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 7 मा रहेको सद्भावना सोशल वेलफेयर सोसाइटीका सदस्यहरूले सफाई कार्यक्रम सम्पन्न गरेका छन्‌‍। यस कार्यमा सदस्यहरूले समाज घर वरिपरिको क्षेत्र सफाई गरेका छन्‌‍ भने सफाईपछि ब्लिचिङ पाउडर छर्किने कार्य पनि गरेका छन्‌‍। वर्षाको मौसम रहे तापनि समाज घर अनि क्षेत्रलाई स्वच्छ र सुन्दर राख्नको निम्ति सदस्यहरूले समिति भवन (समाज घर) मा रंग लगाउने कार्य पनि गरेका छन्‌‍। प्राप्त जानकारी अनुसार सद्भावना सोशल वेलफेयर सोसाइटीले विगत धेरै वर्षदेखि खरसाङ्मा समाजिक कार्य गर्दै आईरहेको छ। सङ्घका सचिव दिनेश लामाले जानकारी गराउदै भने, पचास घर मिलेर बनेको सद्भावना सोशल वेलफेयर सोसाइटी अथवा सद्भावना सङ्घ एउटा समाज मात्र नभएर समाज प्रतिको जिम्मेवारी के हो र समाज प्रतिको कर्तव्य बोध गराउने एउटा संस्था हो। वर्तमानमा खरसाङ्मा धेरै समाजहरू निष्क्रिय अवस्थामा रहेका छन्‌‍, कतिपय समाज मरौ र बिहेमा सराउ लेख्नुमा मात्र सिमित छन्‌‍। यस्ता समाज र समाजका नागरिकहरूलाई जगाउने एउटा संस्था हो सद्भावना सोशल वेलफेयर सोसाइटी। हामी प्रत्येक वर्ष विभिन्न प्रकारको समाजिक कार्य गर्दै आइरहेका छैाँ। शिक्षाको लागि नानीहरूलाई प्रोत्साहन प्रदान गर्नु, जनसाधरणको लागि निःशुल्क स्वास्थ जाँच शिविरको आयोजना गर्नु, पर्यावरण बचाउनको निम्ति वृक्षारोपण कार्यक्रम आयोजना गर्नु, स्वनिर्भर बन्नलाई सचेतना मूलक कार्यक्रमहरूको आयोजना गर्नु सद्भावना सोशल वेलफेयर सोसाइटीको कार्य सूचीमा पर्छ। हामी कुनै विभागमा मात्रै भर परेर कार्यक्रम गर्दैनौँ, हामी आफै आफ्नो संस्थाको कोषबाट प्रायः सबै कार्य गर्ने गर्छौँ। दिनेश लामाले बताए अनुसार शनिवारको कार्यक्रममा खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद्‌‍ श्याम शेर्पाले पनि सहभागिता जनाएका थिए। समाज भवनमा रंग लगाउनको निम्ति सभासद श्याम शेर्पाले रंग उपलब्ध गराएका थिए। यसको निम्ति दिनेश लामाले सभासद्लाई धन्यवाद पनि दिएका छन्‌‍। शनिवारको कार्यक्रममा सहभागिता जनाउने सदस्यहरूलाई पनि दिनेश लामाले धन्यवाद दिएका छन्‌‍। तिनले आगामी दिनमा पनि सोसिइटीका सदस्यहरूले मिलेर विभिन्न सामाजिक कार्यहरू गर्ने जानकारी गराउँदै सामाजिक कार्यहरू आयोजना गर्दा सभासद्को सहयोगको अपेक्ष राखेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ