अम्बटेको शिवालयमा श्रद्धालुहरूको भीड़

Share this news

पङ्खाबारी,22 जुलाई (निसं)ः अम्बटे चियाबारीको बसेरीमा अवस्थित अत्यन्तै पुरानो अनि यहाँको धार्मिक आस्थाको केन्द्रविन्दु शिवालयमा मङ्गलवार पनि श्रद्धालु भक्तजनहरूको निक्कै भिड़ रहेको थियो। यस मन्दिरमा प्रायः वर्षैभरिनै भक्तजनहरूको भिड़ रहने गर्दछ भने विशेषगरी साउन महिना तथा शिवरात्री पर्वको समयमा अझ अधिक भिड़ रहने गर्दछ। मङ्गलवार पनि शिवालयमा जल चढ़ाउने तथा पूजा-अर्चना गर्न स्थानीय लगायत खरसाङ क्षेत्र अनि यहाँदेखि धेरै टाढ़ा-टाढ़ाबाट श्रद्धालु भक्तजनहरू आएका थिए। यस क्षेत्रकै मानिएका धार्मिक स्थलहरूमध्ये अम्बटेको यस शिव मन्दिर पनि एक हो। यस मन्दिर अनि यहाँको भगवान महादेवप्रति धेरैको श्रद्धा,भक्ति अनि विश्वास रहेको छ। त्यसर्थ मानिसहरू प्रायः वर्षभरिनै धेरै सङ्ख्यामा यस मन्दिरमा आफ्नो मनोकामना पूर्ण गर्न अनि ईश्वरप्रति श्रद्धा र भक्ति अर्पण गर्न आउने गर्छन्‌‍। यसै क्रममा मङ्गलवार पनि भक्तजनहरूको धेरै भिड़ रहेको थियो। यहाँ आएका श्रद्धालुहरूलाई प्रत्येक समय प्रसाद एवम्‌‍ खाजाको व्यवस्था मन्दिर सञ्चालन समितिले गरिरहेको पनि देखियो।


Share this news
आजको रोजाइ
आइपीआर अध्यक्ष राईद्वारा पाकिम कार्यालय भ्रमण

आइपीआर अध्यक्ष राईद्वारा पाकिम कार्यालय भ्रमण

त्रिशक्ति कोरद्वारा कारगिल दिवसमा श्रद्धाञ्जली अर्पण

त्रिशक्ति कोरद्वारा कारगिल दिवसमा श्रद्धाञ्जली अर्पण

लिश नदी, चुनाभट्टीबाट अपरिचित पुरुषको मृत देह उद्धार

लिश नदी, चुनाभट्टीबाट अपरिचित पुरुषको मृत देह उद्धार

जागिर नियुक्तिको लागि विधायक सिन्च्युरीद्वारा विदाइ

जागिर नियुक्तिको लागि विधायक सिन्च्युरीद्वारा विदाइ

नोर्बु जी. भुटियाले 2 विषयमा UGC-NET गरे उत्तीर्ण

नोर्बु जी. भुटियाले 2 विषयमा UGC-NET गरे उत्तीर्ण

राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को समापन

राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को समापन

एसएससीसीद्वारा गोर्खाल्याण्डको मागमा पोस्टरिङ्ग

एसएससीसीद्वारा गोर्खाल्याण्डको मागमा पोस्टरिङ्ग

सामसिङबाट गोरूबथान जाने वैकल्पिक मार्गमा समस्या

सामसिङबाट गोरूबथान जाने वैकल्पिक मार्गमा समस्या

आशारिका फाउण्डेशनद्वारा क्यान्सर पीडितलाई सहयोग

आशारिका फाउण्डेशनद्वारा क्यान्सर पीडितलाई सहयोग

कारगिल दिवसमा शहीद प्रतिमा सरसफाइ र श्रद्धाञ्जली

कारगिल दिवसमा शहीद प्रतिमा सरसफाइ र श्रद्धाञ्जली