अनुसूचित जाति र इडेन इन्स्टिच्युटको संयुक्त शैक्षिक सम्मान-2025 कार्यक्रम

Share this news

दार्जीलिङ,18 जुन(निसं): अनुसूचित जाति संयुक्त मञ्च र इडेन इन्स्टिच्युट, चम्पासरीको संयुक्त आयोजनामा शैक्षिक सम्मान-2025 कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। कार्यक्रम सोनादा स्कर्ट मेसन प्राथमिक पाठशाला भवनमा सम्पन्न गरिएको थियो।उक्त कार्यक्रम सोनादा क्षेत्रका दशौं अनि बाह्रौं कक्षा उत्तीर्ण विद्यार्थी वर्ग एवं उत्कृष्ट अंक प्राप्त गरी सफल भएका विद्यार्थी नानीहरूलाई शैक्षिक सम्मान प्रदान गरियो। कार्यक्रममा सांगीतिक एवं नृत्य साथै सम्भाषणको समावेशसंगै कार्यक्रम भव्यताको साथमा सम्पन्न भयो। कार्यक्रम संचालन मञ्चका प्रचार-प्रसार सचिव अविनाश मोथेले गरेका थिए।
कार्यक्रमका मुख्य अतिथि उपाध्यक्ष जीटीए सभा राजेश चौहान एवं कार्यक्रम सभाध्यक्ष मञ्चका अध्यक्ष अधिवक्ता राजु सुनुवार रहेका थिए। मूल सचिव राजेश गजमेर, उपाध्यक्ष विकास लोहानी लोहार, ईडेन इन्स्टिट्युट चम्पासरीका संस्थापक किरण लावर लगायत केन्द्रीय समितिका सल्लाहकार सुरज नौबाग, लीला सिलाल लगायत अन्य सदस्यगण साथै साथ विशिष्ट अतिथि सूरज मोथे, सोनादा जीपी सेक्रेटरी, सोनादा डिग्री कलेज एसिस्टेन्ट प्रोफेसर पर्वत रसाइली लगायत अन्यको मुख्य उपस्थिति रहेको थियो। यस्तै प्रकारले सोनादह अनुसूचित जातिका प्रतिनिधिहरू किरण बर्देवा, सञ्जीव मोहरा, राजिव तिखत्री, महेश सेवा, किर्तन सिञ्चुरी, विजित कोइरालाको अथक प्रयासले नै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।
दीप प्रज्वलन गरेपश्चात सुरु गरिएको कार्यक्रममा डान्सर ध्रुव लकान्द्रीका सा-साना बाल कलाकारहरूले नृत्य प्रस्तुत गरे, यस्तै प्रकारले बंगला ट्यालेन्ट हन्ट-2025 का प्रतियोगी दीप कोइरालो, नेपाल आइडल प्रतियोगी प्रीति कोइरालो लगायत सिलगढीबाट आएका बाल केशब लावरले आफ्नो प्रस्तुती दिदै दर्शकहरूलाई मन्त्रमुग्ध बनाए।
सोनादा क्षेत्रका उत्तीर्ण विद्यार्थीहरूलाई मेडल अनि शैक्षिक सम्मान प्रदान गरियो भने उत्कृष्ट अङ्क ल्याउने चार विद्यार्थी क्रमैले सोनादा निवासी कृष्ण सिंहका सुपुत्री प्राप्ति सिंहले 88 प्रतिशत अंक साथै मुण्डाहट्टा निवासी वीरेन्द्र मोतेका सुपुत्र आर्य मोतेले 86.74 प्रतिशत अंक लगायत टीएन रोड निवासी रसिद रसाइलीको छोरी नन्दनी रसाइलीले 83 प्रतिशत अंक प्राप्त गरेवापत नानीहरूलाई शैक्षिक सम्मान, मेडल एवं मोमेन्टो प्रदान गरियो। मुख्य अतिथि उपाध्यक्ष जीटीए सभा राजेश चौहानले आफ्नो मन्तव्य राख्दै भने, शिक्षा नै समाजमा परिवर्तन ल्याउने शक्तिशाली औजार हो। शिक्षाले न केवल व्यक्तिगत जीवनमा सुधार गर्दछ, तर समाजमा पनि सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ।
यस कार्यक्रमले हामीलाई अनुसूचित जातिका विद्यार्थीहरूको प्रतिभा र क्षमतालाई मान्यता दिने अवसर प्रदान गर्दछ, र हामीले उनीहरूलाई उनका भविष्यका लक्ष्यहरू प्राप्त गर्नमा समर्थन गर्ने प्रतिज्ञा गर्दछौं। उनले विद्यार्थीहरूलाई सम्मान गर्दै उज्ज्वल भविष्यको शुभकामना दिनु भयो। मञ्चका उपाध्यक्ष अधिवक्ता विकास लोहानी लोहारले आफ्नो सम्बोधनमा भने कि आज हामी यहाँ शैक्षिक सम्मान-2025 कार्यक्रममा एकत्रित भएका छौं, जसको उद्देश्य सोनादा क्षेत्रका दशौं अनि बाह्रौं कक्षा उत्तीर्ण अनुसूचित जातिका विद्यार्थीहरूलाई सम्मानित गर्नु हो कि शिक्षित व्यक्ति नैतिक मूल्यहरू, जस्तै सत्य, न्याय, र सहानुभूतिको महत्व बुझ्दछ, र समाजमा यी मूल्यहरूलाई प्रतिपादन गर्दछ। शिक्षाले व्यक्तिलाई समाजमा सक्रिय रूपमा भाग लिने र समाजको विकासमा योगदान पुर्‍याउने क्षमता प्रदान गर्दछ। कार्यक्रममा विभिन्न स्थानीय बुद्धिजीवी, अभिभावक, संस्था प्रतिनिधिहरू, शिक्षकहरू तथा बिध्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो। विद्यार्थीहरूको उपलब्धिलाई समाजमा प्रेरणा दिने खालको यस सम्मान कार्यक्रमले उपस्थित सबैमा सकारात्मक ऊर्जा र उत्साह थपेको महसुस गरियो भनी अनुसूचित जाति संयुक्त मञ्चले बताएको छ।


Share this news
आजको रोजाइ
Mumbai: Maharashtra Chief Minister Devendra Fadnavis

“हिन्दी थोपिएको” आरोपबीच महाराष्ट्रले विवादास्पद भाषा नीति फिर्ता।

बुमराहमाथि अधिक निर्भर रहनु सही होइनः अजहरुद्दीन

बुमराहमाथि अधिक निर्भर रहनु सही होइनः अजहरुद्दीन

विम्बल्डनमा रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने जोकोविचको लक्ष्य

विम्बल्डनमा रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने जोकोविचको लक्ष्य

दुई दिवसीय स्व. धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति  क्यारम प्रतियोगिता

दुई दिवसीय स्व. धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता

लङ्भ्यू अस्पताल लाइनमा सोकपिट निर्माण कार्यको शिलान्यास

लङ्भ्यू अस्पताल लाइनमा सोकपिट निर्माण कार्यको शिलान्यास

स्कूल अफ् गिटार लर्निङको आयोजनामा संगीतलाई लिएर सचेतना कार्यक्रम सम्पन्न

स्कूल अफ् गिटार लर्निङको आयोजनामा संगीतलाई लिएर सचेतना कार्यक्रम सम्पन्न

भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

तीनधारेको भानु ग्राम क्षेत्रको मैलाहरु ग्राम पञ्चायतबाट सर सफाई

तीनधारेको भानु ग्राम क्षेत्रको मैलाहरु ग्राम पञ्चायतबाट सर सफाई

आर्टिफिसियल इण्टिलिजेन्स च्याटजीपीटी : मानव इतिहासमा ठूलो फड्को

आर्टिफिसियल इण्टिलिजेन्स च्याटजीपीटी : मानव इतिहासमा ठूलो फड्को

आजको रोजाइ