पाँचघरे ग्राम सुधार समितिको 60 औँ स्थापना दिवस पालन

Share this news

खरसाङ, 16 जुलाई (निसं): पाँचघरे ग्राम सुधार समितिले पालन गऱ्यो आफ्नो 60 औँ स्थापना दिवस। खरसाङ बजारदेखि लगभग 6 किलो मिटर तल रहेको अम्बटे चियाबारी अन्तर्गत पाँचघरे ग्राम सुधार वेलफेयर समितिले आफ्नो 60औँ स्थापना दिवस पालन गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको छ। स्थापना दिवसको अवसरमा बिहान गाउँको जलपादेवी अनि सिंहदेवी मन्दिरमा गाउँलेहरूले पूजा-अर्चना गरे। पूजापछि गाउँस्थित सार्वजनिक भवनमा स्थापना दिवस समारोह अनि वार्षिक सभा सप्पन्न गरियो। समितिका अध्यक्ष तारा थापाको अध्यक्षतामा सम्पन्न भएको समारोहमा वर्तमान समिति कार्यकारी पदाधिकारीवर्गको तीन वर्षीय कार्यकाल सिद्धिएकोले नयाँ कमिटीको पनि गठन गर्ने निर्णय गरियो। चर्चा-परिचर्चा गरेपछि सर्वसम्मतिमा लिइएको निर्णय अुसार नयाँ कार्यकारिणी समिति गठनको निम्ति पदाधिकारीहरूको चयन गरियो। जसमा बलराम प्रधान अध्यक्ष, प्रणय प्रधान उपाध्यक्ष, मूल सचिव विषेश खाती, सह सचिव केवल थापा, मूल कोषाध्यक्ष सुषमा थापा, सह कोषाध्यक्ष एलिना थापा चयन भएका छन्‌‍। समारोहमा गाउँका स-साना बाल-बालिकाहरूले नृत्य प्रस्तुत गरेका थिए। शिक्ष र अध्ययनप्रति प्रोत्साहन प्रदान गर्न यसवर्ष बोर्ड परीक्षा उतिर्ण गर्ने 16 जना विद्यार्थीहरुलाई समितिको पक्षबाट बधाई अनि शुभकामना दिँदै स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रममा दिवंगत आफन्तको पुण्य स्मृतिमा समितिलाई आवश्यक सामाग्रीहरू प्रदान गरेर सहयोग पुऱ्याउने सदस्यहरुलाई आभार प्रकट गर्दै स्मृति चिन्ह प्रदान गरियो। समिति मूल कोषाध्यक्ष सारिका राईले वार्षिक हर-हिसाबको फाँटवारी प्रस्तुत गरिन्‌‍। समारोहको सञ्चालन मूल सचिव देवकुमार थापा अनि तुषार राईले गरेका थिए भनी सचिव थापाले जानकारी दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ