राजु विष्टले गृहमन्त्री समक्ष स्थायी राजनीतिक समाधानको प्रक्रिया तीव्र गर्ने माग गरे

Share this news

खरसाङ, (निसं): दार्जीलिङ्का सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले पहाड़, तराई, डुवर्सको स्थायी राजनीतिक समाधानको प्रक्रिया तीव्र बनाउन पर्ने गृहमन्त्री अमित साहसित भेटेर माग गरेका छन्‌‍। विष्टले अमित साहलाई लामो समयसम्म गृहमन्त्रीको पदमा रहेर कार्य गरेकोमा दार्जीलिङ पहाड़, तराई, डुवर्सका जनताको तर्फबाट बधाई पनि दिएका छन्‌‍। यस भेटघाटको बारेमा जानकारी गराउदै सांसदले एक विज्ञप्तिमा भनेका छन्‌‍, आज मैले नयाँ दिल्लीमा माननीय गृहमन्त्री अमित शाहसँग भेट गरेँ। यस भेटमा मैले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनताको तर्फबाट गृहमन्त्रीलाई भारतको सबैभन्दा लामो समयसम्म गृहमन्त्रीको रुपमा सेवा पऱ्याइरहेकोमा बधाई टक्राएँ। यस भेटमा मैले हाम्रो क्षेत्रसँग सम्बन्धित विभिन्न प्रशासनिक तथा राजनीतिक विषयहरूमा गृहमन्त्रीसँग छलफल गरेँ, विशेषगरी दार्जीलिङ पहाड़, तराई अनि डुवर्समा न्याय, विकास र शान्ति सुनिश्चित गर्नका लागि स्थायी राजनीतिक समाधानको प्रक्रिया तीव्र पार्नु आवश्यक रहेको कुरा मैले गृहमन्त्रीवाई जनाएँ। विष्टले अझ भनेका छन्‌‍, यस क्षेत्रका जनताको दीर्घकालीन आकांक्षालाई सम्बोधन गर्न केन्द्र सरकारको निरन्तर समर्थन र प्रतिबद्धताप्रति मैले गृहमन्त्रीसित आभार व्यक्त गरेको छु। गृहमन्त्रीलाई यस दिशामा तीव्र पाइला चालिदिने आग्रह गरेँ। गृहमन्त्रीले हाम्रो क्षेत्रको विशेष चिन्हारी र आकांक्षालाई सम्मान गर्ने संवैधानिक ढाँचामा स्थायी राजनीतिक समाधान गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको आश्वासन दिए। उनले गृहमन्त्रालयले यस विषयमा कार्य गरिरहेको बताउँदै, छिट्टै ठोस र सकारात्मक कदमहरू चालिने जानकारी मलाई दिए। बुधवारको यो बैठक पछि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व र गृहमन्त्री अमित शाहको मार्गदर्शनमा हाम्रो दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका जनताको उज्वल भविष्यप्रति अत्यन्त विश्वस्त छु भनी विष्टले विज्ञप्तिमा जनाएका छन्‌‍।


Share this news
आजको रोजाइ
न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

आजको रोजाइ