बीजीपीएम पहाडको एकमात्र राजनैतिक विकल्प : अनित थापा

Share this news

दार्जीलिङ,16 नोभेम्बर(निसं): देशको केन्द्रमा र राज्यमा राजनैतिक विकल्प होला, तर पहाडमा राजनैतिक विकल्प भनेको नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा हो, भनी मङपुमा भागोप्रमोको केन्द्रीय विशेष बैठकको विधान सभा चुनाव-26 मिशन सभमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(भागोप्रमो) अध्यक्ष अनित थापाले ठोकुवा गरेका छन्।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो)-को केन्द्रीय समितिको विशेष बैठक शनिबार मङपुमा सम्पन्न भएको छ। पार्टीका केन्द्रीय अध्यक्ष अनित थापाको अध्यक्षतामा बसेको बैठकमा आगामी 2026 को पश्चिम बंगाल विधानसभा चुनाव प्रमुख एजेन्डा बनेको थियो। बैठकमा संगठनात्मक अवस्था देखि लिएर आगामी निर्वाचन अभियानका नीतिगत दिशा–निर्देश तयार पार्ने विषयमा विस्तृत छलफल भएको बताइएको छ।अध्यक्ष थापाले बैठकमा सम्बोधन गर्दै भने, केन्द्रमा र राज्यमा राजनैतिक विकल्प होला, तर पहाडमा राजनैतिक विकल्प भनेको नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा हो। बैठक पश्चात मिडियालाई जानकारी दिँदै पार्टीको केन्द्रीय प्रवक्ता केशवराज पोखरेलले भने, एसआईआर-मा पहाडको एकजना सही व्यक्ति पनि न छुटोस भनेर पार्टीले हरेक बुथमा बीएलए राख्नेछ। उनीहरूले मतदातालाई दस्तावेज संग्रह गर्न सहयोग गर्नेछन्। बीजेपी अनि बीजेपी-को चुनाउ आयोगले एकजना पनि गोर्खाको नाम छुट्याएको खण्डमा, गोर्खा समुदायको हो हामी देखाउने छौं।
बैठकमा पार्टीले पहाडी जनताको आकांक्षा र आत्मसम्मानका मुद्दालाई केन्द्रमा राखेर चुनावमा जाने प्रस्ताव लिएको छ। बैठकले चुनावपूर्व विभिन्न क्षेत्रहरूका लागि पर्यवेक्षक पनि नियुक्त गरेको छ।  पर्यवेक्षकहरूमा कालेबुङको लागि सीबी गुरुङ, खरसाङका लागि समीरदीप ब्लोन, मिरिकका लागि अञ्जुल चौहान अनि दार्जीलिङको लागि ज्योति कुमार राई नियुक्त भएका छन्।
बैठकले आगामी हप्ताभित्र केन्द्रीय कार्यसमिति (सीडब्लूसी)-ले निर्वाचनका मुद्दा र दिशानिर्देश तयार पार्ने निर्णय लिएको छ। पार्टी स्रोतका अनुसार यस बैठकलाई आगामी  2026 विधानसभा चुनाउका लागि औपचारिक तयारीको प्रारम्भिक कदमका रूपमा हेरिएको छ।

Share this news
आजको रोजाइ
“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

प्रम मोदीको सेवालाई सम्मान गर्न “स्वच्छ कालिम्पोङ सेवा” सञ्चालन

प्रम मोदीको सेवालाई सम्मान गर्न “स्वच्छ कालिम्पोङ सेवा” सञ्चालन

रेलिङ-कैंजलेबाट गोरामुमोमा पस्ने २० परिवारलाई घिसिङद्वारा स्वागत

रेलिङ-कैंजलेबाट गोरामुमोमा पस्ने २० परिवारलाई घिसिङद्वारा स्वागत

लङभ्यू चिया बगानका श्रमिकहरूद्वारा ७२ घण्टे अनशनको घोषणा

लङभ्यू चिया बगानका श्रमिकहरूद्वारा ७२ घण्टे अनशनको घोषणा

वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

आजको रोजाइ