गोरामुमोले अब साङ्गठनिक गतिविधि बढ़ाउने

Share this news

खरसाङ, 15 जुलाई (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीको सांङ्गठनिक सभा गोर्खा जनपुस्तकालय खरसाङ्को गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न भयो । ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भएको सभालाई सचिव युद्ध छेत्रीले सञ्चालन गरेका थिए। सभामा पाँचवटा समष्टिका अध्यक्ष-सचिव, प्रतिनिधिवर्ग लगायत पार्टीको विभिन्न भातृ संगठनका प्रतिनिधिवर्ग उपस्थित रहेका थिए। गोरामुमो पार्टीका मिडिया सेल प्रभारी दिनेश साम्पाङले जानकारी दिए अनुसार सभामा गोरामुमो अध्यक्ष मन घिसिङ्को दिशा निर्देशनलाई पालगन गर्दै समष्टिको सांङ्गठनिक बिस्तार अनि गतिविधिलाई लिएर छलफल गरियो। सभामा पार्टी अध्यक्ष मन घिसिङ्को निर्देश अनुसार पार्टीको सांङ्गठनिक गतिविधिलाई अघि बढ़ाउने निर्णय लिइयो। आगामी दिनमा बृहत रुपमा कार्यक्रमहरू गर्ने, घर-दैलो अभियान चलाएर गोर्खाहरूको समस्याको समाधान नजिक रहेको र यस पल्ट 2007 को जस्तो अब दोहोरिन दिनु नहुने विषयमा जनतालाई जागरुक गराउने सभामा निर्णय लिइयो। आगामी दिनहरूमा बृहत रुपमा प्रतिनिधि सभाको आयोजना गर्नेछौँ, यसकारण जनता अब निर्धक्क भएर बस्दा हुन्छ समय नजिकै आएको छ । पार्टी अध्यक्ष मन घिसिङले गोर्खा जातिको निम्ति निरन्तर कार्य गरिरहेका छन्‌‍ भनी निमा लामाले आफ्नो सम्बोधनको क्रममा भने ।2007 मा पहाड़का नेता र बुद्धिजीवीहरूद्वारा जुन गल्ती भयो अहिले आएर त्यही नेता अनि बुद्धिजीवीद्वारा छैटौँ अनुसूची सही थियो भन्ने वयानहरू मिडिया मार्फत आइरहेका छन्‌‍। वर्तमान समय पहाड़मा जमिन विषय लिएर विभिन्न किसिमको राजनीति चलिरहेको छ। वर्तमान परिस्थितिलाई निहाल्दा छैटौँ अनुसूचीनै हुनु पर्ने नितान्त आवश्यक रहेको छ भनी निमा लामाले सभामा थप बताए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ