आईजीजेएफ पार्टीको ट्रेड यूनियनद्वारा अम्बोटे चिया बगान पुन: सञ्चालनको निम्ति कृतज्ञता प्रकट

Share this news

खरसाङ, 21 जुलाई (मोहन प्रसाद): इण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टीको अम्बोटे चिया बगान ट्रेड यूनियनका प्रतिनिधिहरूले पार्टी प्रमुख अजय एडवर्डप्रति कृतज्ञता व्यक्त गरेका छन्‌‍। तिनीहरूले सोमवार 21 जुलाईदेखि पुन: सञ्चालन हुन गइरहेको अम्बोटे चिया बगानलाई लिएर पार्टीको ट्रेड यूनियनका प्रमुख एवं केन्द्रीय समिति अध्यक्ष डीके गुरुङद्वारा कुन-कुन सम्झौता अनुरुप पुन: चिया बगान खोलिन गइरहेको छ भन्ने बारेमा जानकारी गराइएको बताएका छन्‌‍। खरसाङस्थित पार्कलोकेशन नजिक रहेको पार्टी कार्यालयमा आयोजित प्रेस भेलामा पार्टीका ट्रेड यूनियनका अम्बोटे चिया बगान शाखा कार्यकारिणी समिति अध्यक्ष राम दहाल, यूनिटका महा सचिव शिव थापा, उप सभापति प्रणित कुमार छेत्री, सदस्य सरोज शर्मा, पार्टीका सह संयोजक विनिता थापा, कार्यकारिणी सदस्यहरू सुर्जु छेत्री, सुमन छेत्री, पार्टीका अम्बोटे चिया बगान क्षेत्रका संयोजक हेमन्त थापा, केन्द्रीय समितिका सीडब्लूसीका सदस्य भिम सुमन संगै पार्टीका खरसाङ संयोजक आरके शर्मा एवं अन्य सदस्यहरू औ समर्थकहरूको उपस्थिति थियो। यस अवधि पत्रकारहरूलाई सम्बोधन गर्दै, पार्टीका ट्रेड यूनियनका केन्द्रीय समिति अध्यक्ष डीके गुरुङले बताए अनुसार, अम्बोटे चिया बगान पुन: सञ्चालनको निम्ति अजय एडवर्डको दिशा निर्देशमा पार्टीको ट्रेड यूनियन लागि परिरहेको थियो। त्यति मात्र होइन, चिया बगान बन्द रहँदा पनि पार्टीका प्रमुख संयोजकद्वारा श्रमिकहरू साथै श्रमिक परिवारका विद्यार्थीहरूको निम्ति विभिन्न सहयोग पुऱ्याइएको थियो। गुरुङले 18 जुलाई सिलगढ़ीस्थित श्रमिक भवनमा पहाड़का सबै ट्रेड यूनियनका प्रतिनिधिहरूको उपस्थितिमा एउटा नयाँ कम्पनीसित बगानको विभिन्न विषयमा चर्चा भयो। श्रमिकहरूले पाउनु पर्ने बकायाहरू एवं सुविधाहरूमाथि चर्चा-परिचर्चापछि सम्झौता भएर नै 21 जुलाईदेखि चिया बगान पुनः सञ्चालन हुन गइरहेको छ। यस अवधि तिनले नयाँ कम्पनीले श्रमिकहरूको पुरानो विभिन्न बाँकी राशिको भुक्तान कसरी र कहिले गर्ने भन्ने बारे विस्तृत जानकारी गराए। नयाँ मालिक वा कम्पनीको बारमो तिनले खोज खबर लिएको अनि नयाँ कम्पनीको इतिहास ठीकै रहेको तिनले जनाए। त्यसरी नै आफ्नो पार्टीका ट्रेड यूनियनको अम्बोटे चिया बगानका प्रतिनिधिहरूले सोमवारदेखि बगान पुन: खोलिएकोमा साथै बन्द अवधिमा पार्टी प्रमुख अजय एडवर्डले सहयोग गरेकोमा एडवर्डप्रति कृतज्ञता व्यक्त गरे। पार्टीका खरसाङ संयोजक आरके शर्माले आफ्नो वक्तव्यमा प्रेस भेलामा बोल्दै बताए अनुसार, इण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टीले केवल अम्बोटेका श्रमिकहरूको निम्ति मात्र कार्य गरि रहेको छैन तर सम्पूर्ण पहाड़को निम्ति र विभिन्न मुद्दामा अघि बढ़िरहेको छ। यदि नयाँ मालिकले पनि बगान चलाउन सकेनन्‌‍ भने पनि श्रमिकहरू सुर्ताउनु पर्दैन। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टी अम्बोटेका श्रमिकहरूको साथमा हर परस्थितिमा उभिएको हुनेछ।


Share this news
आजको रोजाइ

एनएच–१० मा बोलेरो र टिपर ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

क्रिस्पिन छेत्रीलाई केएफसीद्वारा सम्मान

क्रिस्पिन छेत्रीलाई केएफसीद्वारा सम्मान

मन्त्री सीमा मल्होत्राद्वारा आयोजित कार्य़क्रम

मन्त्री सीमा मल्होत्राद्वारा आयोजित कार्य़क्रम

नेपाली साहित्य परिषद, गान्तोकप्रति आभार व्यक्त

नेपाली साहित्य परिषद, गान्तोकप्रति आभार व्यक्त

आईपीआर विभागद्वारा मालबाँसेमा कार्यक्रम

आईपीआर विभागद्वारा मालबाँसेमा कार्यक्रम

प्रितम गुरुङलाई स्कटल्यान्डमा बेस्ट डाइरेक्टर अवार्ड

प्रितम गुरुङलाई स्कटल्यान्डमा बेस्ट डाइरेक्टर अवार्ड

बन्दनाले चुनावमा उठेर गल्ती गरिन्: तिलक लुङ्गेली

बन्दनाले चुनावमा उठेर गल्ती गरिन्: तिलक लुङ्गेली

भत्किएको राष्ट्रिय राजमार्ग अझसम्म मरमति भएको छैन

भत्किएको राष्ट्रिय राजमार्ग अझसम्म मरमति भएको छैन

नेपाली सांस्कृतिक समितिद्वारा स्वास्थ्य जाँच शिविर

नेपाली सांस्कृतिक समितिद्वारा स्वास्थ्य जाँच शिविर

किड्नी रोगी अनिकेत सुब्बाको निम्ति दार्जीलिङ माटोको मायाद्वारा सांगीतिक कार्यक्रम

किड्नी रोगी अनिकेत सुब्बाको निम्ति दार्जीलिङ माटोको मायाद्वारा सांगीतिक कार्यक्रम