भत्किएको राष्ट्रिय राजमार्ग अझसम्म मरमति भएको छैन

Share this news

खरसाङ, 22 जुलाई (निसं)ः खरसाङ्को टुरिष्ट लज नजिक राष्ट्रिय राजमार्ग 110 भत्किएको अवस्थामा रहेकोले चालकवर्ग, जनसाधरण, दुईचक्के सवारहरू दिक्क बनेका छन्‌‍। यस स्थानमा भत्किएको सड़क धेरै समयदेखि मरमति गरिएको छैन। भत्किएको सड़क मरमतिको नाममा विभागले अलकत्रा मिसाइएको चुर ल्याएर पानी भरिएको सड़कको खाल्डमा पोखाइराख्ने गरेको मानिसहरूको गुनासो छ। सड़क भत्किएको स्थान चौरस्ता रहेको, यहाँबाट उकालो हिमाली बोर्डिङ स्कूल तर्फ जाने सड़क, अह्रालो उत्तर तर्फ कप्तान सुरज शर्मा (बाई पास) रोड रहेको छ। यसरी चार तर्फ गाड़ी कुद्ने यो स्थान महत्वको रहेकेले यसको मरमति चाँड़ो अनि राम्रोसित गर्नु पर्ने जनसाधणको माग छ। सड़क भत्किएको र ठूलो खाल्डा भएकोले गाड़ी चालक, मोटर बाईक-स्कुटी चालकहरूले समस्याको सामना गर्न परेका छन्‌‍ भने साधरण मानिसहरू पनि सड़क भक्तिएको कारण समस्यामा छन्‌‍। चालकहरूले सड़कको माथिल्लो भागमा भएको खाल्डाबाट जोगिन्दै तल्लो भागबाट गाड़ी कुदाउने गरेकोले समस्यामा परेको यो सड़क भएर हिँड़ने मानिसहरू बताउछन्‌‍। मानिसहरू सड़कमा रहेको खाल्डामा पानी भरिने गरेको र गाड़ीको चलाचल रहँदा खाल्डामा भरिएको पानी गाड़ीले छेप्ने गरेकोले समस्या भएको पनि बताउछन्‌‍। हिमाली बोर्डिङ स्कूल तर्फ जाने कतिपय गाड़ी चालक अनि दुई चक्के सवारहरूले रातिको समयमा सड़कको माथिल्लो भागमा रहेको खाल्डाबाट जोगिन्दै सड़कको तल्लो भागबाट इन्डिकेटरले संकेत दिँदै उकालो हिमाली बोर्डिङ स्कूलको बाटो लाग्दा पास दिएको संकेत बुझेर पछाड़िको गाड़ी अघि जान खोज्ने गरेकोले दुर्घटनाको सम्भावना रहनेे गरेको बताएका छन्‌‍। चालकवर्ग, दुई चक्के सवार अनि जनसाधरणको समस्यालाई ध्यानमा राखेर खरसाङ शहर भित्रको राष्ट्रिय राजमार्गको यो स्थानलाई राम्रोसित अनि चाँड़ो मरमति गर्नु पर्ने धेरैले माग गरिरहेका छन्‌‍। यस बारेमा विभागीय पक्षसित जान्न चाहादा सम्पर्क हुन सकेन।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ