अन्तरदेशीय क्यूआर कारोबारबाट एक वर्षमा डेढ अर्ब आम्दानी

Share this news

काठमाडौँ — विदेशी व्यक्तिले नेपालमा क्यूआर कोडमार्फत ५ लाख २४ हजारभन्दा बढी कारोबार गरेबापत १ अर्ब ५८ करोड ७ लाख रुपैयाँ आम्दानी भएको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको ‘२०७७ देखि २०८१ सालसम्म सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू’ विषयक प्रतिवेदनअनुसार भारतको यूपीआई तथा चीनका अलिपे प्लस, युनियन पे र विच्याटमार्फत नेपालमा भएको कारोबारमा यस्तो रकम जम्मा भएको हो ।

२०८० फागुनदेखि सुरु गरिएको ‘यूपीआई अक्वायरिङ सेवा’ (विदेशीले नेपालमा क्यूआर प्रयोग गरी तिर्ने रकम) बाट मात्रै ५ लाख १९ हजार ३१ कारोबार भएको थियो । यसबाट करिब १ अर्ब ४९ करोड रुपैयाँ बराबर रकम प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । यो नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडलाई भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) प्रणालीसँग आबद्ध भई गरिएको कारोबार हो ।

२०८१ साउनदेखि अलिपे प्लस, युनियन पे र विच्याट प्रणालीमार्फत ५ हजार १ सय २९ वटा कारोबार भएकोमा यसबाट १० करोड १ लाखभन्दा धेरै विदेशी भुक्तानी स्वीकार भएका छन् । राष्ट्र बैंकले अक्वायरिङ (विदेशीले नेपालमा तिर्ने) सँगै अन्तरदेशीय इसुइङ (नेपालीले विदेशमा तिर्ने) कारोबारका लागि पनि सेवा प्रदायकलाई स्वीकृति प्रदान गरेको छ ।

अन्तरदेशीय एक्वायरिङ कारोबार निरन्तर वृद्धि हुँदै आएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । २०८० फागुनमा ६ हजार ८ कारोबार संख्या हुँदा १ करोड ५ लाख रुपैयाँ संकलन भएको थियो । उक्त कारोबार संख्या र रुकम अर्को महिना अर्थात् २०८० चैतमा दोब्बरले वृद्धि भएको देखिन्छ ।

चैतमा क्यूआर कोड प्रयोग गरी १३ हजार ८ सय ३१ वटा एक्वायरिङ कारोबारबापत नेपाले ३ करोड २ लाख रुपैयाँ प्राप्त गरेको थियो । २०८१ भदौयता कारोबार रकम १० करोड रुपैयाँबाट लगातार बढेर असोजमा १३ करोड, कात्तिकमा १५ करोड, मंसिरमा १९ करोड, पुसमा ३१ करोड र माघमा २६ करोड रुपैयाँ अन्तरदेशीय क्यूआर कोडमार्फत नेपालमा संकलन भएको थियो ।

राष्ट्र बैंकले २०८० फागुनबाट फोनपे र यूपीआईलाई क्यूआर कोडमार्फत अन्तरदेशीय कारोबारका लागि सहकार्य गर्न स्वीकृति प्रदान गरेको थियो । क्यूआर कोडमार्फत अन्तरदेशीय पर्सन टु मर्चेन्ट (पीटुएम) कारोबारको विस्तारले विशेषतः पर्यटनसँग जोडिएका साना व्यवसायलाई लाभ पुगेको राष्ट्र बैंकले जनाउँदै आएको छ ।

अन्तरदेशीय इसुइङ कारोबारमार्फत नेपालमा कार्यरत भारतीय नागरिकहरूले भारतस्थित आफ्ना खातामा डिजिटल माध्यमबाट रकम पठाउन सक्छन् । ‘नेपालमा कार्यरत भारतीय नागरिकले विद्युतीय बैंकिङ (ई–बैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआरमार्फत भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा जम्मा हुने गरी पारिश्रमिकबापतको रकम पठाउन सक्छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘राहदानी सुविधालगायतको रकम परिवर्त्य विदेशी मुद्रा विदेशमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।’


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ