Which hidden agenda took the jobs of 313 teachers

कुन हिडन एजेण्डाले 313 शिक्षकहरूको नोकरी खायो ?

Share this news

कुन हिडन एजेण्डाले 313 शिक्षकहरूको नोकरी खायो ?
✏️ शुभम् गुरूङ, दार्जीलिङ्ग

313 शिक्षकहरूलाई तारगेट गरेर पहाडमा यस्तो षडयन्त्र हुँदैछ, जसले डल्लै जातिलाई भड्खालोमा जाक्छ। कोइकोइ बेला आफ्नो हिडन एजेण्डा चलाउने षडयन्त्रकारीहरूले त्यो षडयन्त्रलाई यस्तो एउटा नेरेशन र पोपुलर जामा पहिराइदिन्छ, त्यो बेला हल्लाबाजहरू नै सत्य हो कि जस्तो लाग्छ। खासमा त्यसको भित्री र सेकरेट कन्स्पीरेसी साधारण मान्छेलाई थाहा हुँदैन। यो नेक्सस यति डरलाग्दो हुन्छ कि आफ्नो स्वार्थ पूरा गर्न डल्लै समाजलाई दाउमा लगाउँछ। अहिलेको केसमा 313 टिचरलाई मोहरा बनाएर डल्लै पहाडलाई खाल्डोमा जाक्ने काम भएको छ। यो षडयन्त्रले कसरी जाकिन्छ पहाड? के हुन्छ पहाडको शिक्षा व्यवस्था? अलिकति टाउको दुखाउनुहोला।

1. जसुमुद्दिन को हो? उसले कुन स्कूलमा भोलेन्टियर टिचर भएर काम गरेको थियो? उसले मागेको इक्वेल अपरचुनिटीले पहाडको विशेष अधिकारमाथि घात गर्छ कि गर्दैन? उसले अब केस जितपेछि जीटीए इलाकाबाहेक तलबाट नेपाली नजान्ने टिचरहरू पहाडमा धमाधमी एपोइन्टमेन्ट हुने बाटो खुल्यो कि खुलेन? जातिको नाममा राजनीति गर्नेहरूले पैसा स्पोन्सर्ड गराएर किन यो केस लगायो? जातिकै इमोसन्सलाई एक्सप्लोइट गरेर जातिलाई नै बर्बाद बनाउने षडयन्त्र किन गऱ्यो? 313 शिक्षकको नोकरी जाँदा केही बेरोजगार युवाहरूले खुच्चिङ मच्चाउनु केही दिनको सन्तोक हुन सक्ला तर यसले आफ्नै खुट्टामा बञ्चरो हानेको थाहा नपाउनु कुन खाल्को कालोपट्टि हो?

2. पहाडमा बंग्ला भाषा कम्पलसरी गर्दा गोर्खाल्याण्डको त्यत्रो ठूलो आन्दोलन भयो। जाति र भाषा बँचाउन संसार थर्काउने पहाड अहिले कसको षडयन्त्रमा पऱ्यो? केही मान्छेहरूले घिनलाग्दो राजनीति गरेर कोर्टबाट पहाडकै युवाहरूको नोकरी त खायो खायो, तर अब नेपाली बोल्न, लेख्न र पढाउन नजान्ने जसुमुद्दिनहरूलाई पहाड आउने बाटो पनि खोलिदियो। हाम्रो सेडिज्म (Sadism) यति घातक हुँदा पनि हामी किन खुशी छौं? यो जातिघात र आत्मघातको जिम्मा कसले लिन्छ? आन्दोलनले रोकेको पहाडको सुरक्षा षडयन्त्रकारीहरूले कोर्टबाट सजिलै हटाइदियो। शहीदको आँसुले उनीहरूलाई पिर्दैन?

3. 313 जना शिक्षकको नोकरी खानुको लागि खेताला लगाएर जुन षडयन्त्र गऱ्यो, त्यसको मास्टरमाइण्ड को-को हो? कोकसले पैसा फाइनान्स गरेको छ? पहाडका बेरोजगार युवाहरूले यसको हिडन एजेण्डा बुझेन भने भविष्यमा यो करेक्सन नै गर्न नसक्ने आत्मघात हुनेछ।

4. 313 जना टिचरको नोकरी खाने षडयन्त्र जति खतरनाक छ त्यो भन्दा खतरनाक छ पहाडका बेरोजगार युवाहरूलाई पहाडमै नोकरीको अवसरबाट सधैंको लागि बञ्चित गर्नु। यति घिनलाग्दो र जातिघाती राजनीति दुश्मनले पनि कसैसँग नगरोस्। अवसर पाएन भने मान्छेले अवसरको खोजी गर्छ, अवसर नै सधैंको लागि समाप्त गर्दैन। क्षुद्र राजनीतिक स्वार्थको लागि गरिएको यति ठूलो अपराधलाई पहाडका जनताले कहिल्यै माफ गर्नेछैन। मेडिया ट्रायल र बेरोजगार युवाहरूको पिडा, भावना र आक्रोशलाई एक्सप्लोइट गरेर तिमीहरू जति नै ठूलो अपराध गर, त्यसले पिरोल्छ।

5. ल-एबाइडिङ सिटिजनले देशको कानुनलाई सिरमा राख्छ अनि कानुनमाथि भरोसा गरेर सब-जुडिस मेटरमा बोल्दैन। तर 313 शिक्षकको केसमा किन त्यस्तो भएन? शुरूदेखि नै किन जजभन्दा माथि भएर खेतालाहरू कराइरह्यो? किन अर्डर नै नआईकन तलब रोक्यो भनेर हल्ला गऱ्यो? उनीहरूलाई किन कन्टेम्प अफ् कोर्ट लागेन? यति बेसी मेडिया ट्राइल गर्नु थियो भने कोर्टमा किन गाको? केस जितेर, नोकरी खाएर पनि धित मरेको छैन। किन? किनभने यो केस नै राजनीतिक उद्देश्य पूरा गर्न लगाएको हो। कोर्टको फैसलाले उनीहरूको राजनीतिक उद्देश्य पूरा भएन होला र नै केस जितेर पनि हारेको जस्तो दिनरात मेडिया ट्रायल गरिरहेको छ। किन यस्तो गर्दैछ? बेरोजगार युवाहरूको भावनालाई भड्काएर उनीहरूको आक्रोशलाई राजनीतिमा उपयोग गर्नु यसको भित्री एजेण्डा हो। बंगालमा 26000 को नोकरी जाँदा केस लाउनेले दिनरात सोसल मीडिया ट्रायल चलायो? चलाएन। किनभने उनीहरू आफूलाई अन्याय भएको कुरा राख्न कोर्टमा पुगेको थियो, बेरोजगार युवाहरूको भावनालाई भड्काएर राजनीति गर्नु होइन। शिक्षित बेरोजगार युवाहरूले यो मोटिफ र इन्टेन्सन बुझेका छैनन्? उनीहरूमा यत्ति बेसी सेडिजम कसले र किन भर्दैछ? एकोहोरिएर हैन अलिक घोरिएर सोच्यो भने यसको आन्सर सजिलै पाइन्छ। क्षुद्र राजनीतिक स्वार्थको लागि 313 जना शिक्षकलाई शिकार बनायो। मेडिया ट्राइल गरेर साधारण खटीखाने शिक्षकहरूको अपराधीकरण अनि हिडन एजेण्डा चलाउने अपराधीहरूलाई हिरो बनाउने काम सोसल मेडियाले गरेको छ। मेडियामा दुष्प्रचार गर्नेहरूले पहाडको बेरोजगार युवाहरूमा यति खतरनाक सेडिजम भरिदियो कि भोलि त्यसले पहाडमा डरलाग्दो अराजकता निम्त्याउनेछ। त्यसको जिम्मा कसले लिन्छ? जातिलाई खाल्डोमा जाक्नेहरू अहिले गोहीको आँसु चुहाउँदैछ। उनीहरूले आफूले खेलेको भित्री खेल सम्झिनु। अलिकति मानवता जोगाएर राखेको छ भने त्यसले बुढेसकालमा मनलाई त्यति पिर दिँदैन। पैसा र पावर सधैंका लागि हुँदैन।

6. नोकरी दिलाउनुको सट्टा नोकरी खोस्नु विध्वंशकारी हर्कत हो। समाजमा विध्वंश मच्चाउँदा, अराजकता फैलाउँदा अनि भित्री एजेण्डा पूरा गर्दा सेडिस्टहरू मात्र यसरी नाँच्न सक्छ- Dance on the grave. यस्तो पिडा यिनीहरूको लागि महाउत्सव बन्छ। यो हदको सेडिजम हिटलरको समयमा मात्र देखिएको थियो।

7. यो केस लगाउनेहरूले पहिला त यै सिस्टममा नोकरी माग्यो। उनीहरूले त्यसबेला नोकरी पाको भए यो सिस्टम इल्लीगल हुन्थेन। यै सिस्टम विदाउट सिस्टममा नोकरी नपाउँदा यसलाई इल्लिगल भनेर कोर्ट केस हाल्यो। अहिले केस जित्यो। 313 को नोकरी खायो। तर कोर्टमा कुनै दिन पनि भनेन- लिगल सिस्टम इस्टाब्लिस गर। पहाडका शिक्षित बेरोजगार युवाहरूलाई नोकरी दिने रिजनल एसएसएसी बनाऊ। यसको मतलब स्पष्ट छ- पहाडको बेरोजगार युवाहरूलाई नोकरी दिलाउने व्यवस्था माग्नु केस ठोक्नेहरूको उद्देश्य नै थिएन। भएकै नोकरी खाएर, पहाडमा अराजकता फैलाएर आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने उद्देश्यले यो सम्पूर्ण खेल खेलिएको थियो भन्ने कुरो स्पष्ट हुन्छ। 313 शिक्षकहरू यो राजनीतिक षडयन्त्रको शिकार भए। दोष राज्य सरकार र जीटीएले गऱ्यो अपराधी शिक्षकहरूलाई बनाइयो। केस लाउनेहरूले कोर्टलाई भनेन- यो गलत व्यवस्था सुधार। यो पनि भनेन कि 2002 देखि सबै शिक्षकले यै गलत व्यवस्थाबाट नोकरी पाउँदै आएको हो। यै सिस्टम नभएको सिस्टमबाट शिक्षक भएको हो। तर 313 शिक्षकलाई मात्र तारगेट किन गरियो? न्याय माग्नेहरू यत्ति सेलेक्टिभ र तारगेट ग्रुपप्रति मात्रै सेन्ट्रिक हुन्छ? भडकाऊपूर्ण मेडिया ट्रायलबाट यो हिडन एजेण्डा लुकाउन खोजे पनि लुक्दैन अब। यस्तो षडयन्त्र चलिरहेको बेला पहाडका शिक्षित बेरोजगार युवाहरूले आवेगमा विवेक गुमाउनु हुँदैन।

8. 2002 देखि पहाडमा कुनै नियुक्तिको सिस्टम थिएन। पहिला जसरी एपोइन्टपेन्ट भयो, त्यही सिस्टमबाट 313 शिक्षकले पनि नोकरी पाए। कतिपय भोलेन्टियरहरूले रेगुलराइजेसन नहुँदा कोर्टमा केस गरे र नोकरी पाए। एउटै सिस्टममा कोर्टले कसैलाई नोकरी दियो अनि त्यै सिस्टमबाट अर्कोको नोकरी क्यान्सल्ड गऱ्यो। 313 को नोकरी खाने षडयन्त्रकारीहरूको योजना त सफल भयो, तर अब यसले पहाडको शिक्षा व्यवस्थामा निम्त्याउने अराजकता थामिनसक्नुको हुनेछ। विदाउट सिस्टममा नोकरी लागेका लगभग 2000 शिक्षकको नोकरी दाउमा लागिसक्यो। यसको भयावह परिणाम षडयन्त्रकारीहरूले कल्पना गरेभन्दा धेरै ठूलो हुनेछ। भोलि के हुने हो?

सोसल मेडियाको ट्रायल र हल्लाबाहिर स्वतन्त्र विचार राख्ने पहाडवासीलाई यसको गहिरो चिन्ता छ। अभिभावकहरू चिन्तित छन्। 313 शिक्षकको नोकरी जाँदा सेडिस्टहरू उत्सव मनाइरहेछन्। 313 को नोकरी नोकरी मात्र होइन, यो पहाडको आर्थिक व्यवस्थाको एउटा जग हो, जीवनस्तरको एउटा पायदान हो अनि पहाडमा यहीकै युवाहरूले नोकरी पाउनुपर्छ भन्ने अधिकारको रक्षा हो। यसलाई खोसेर, तहसनहस पारेर अनि भविष्यको बाटो समेत बन्द गरेर उत्सव मनाउनु मानवपिडामा हाँस्नु हो, पहाड जलाएर त्यसको राजनैतिक आगो ताप्नु हो अनि आन्दोलनले पाएको अधिकारलाई खरानी बनाउनु हो। अब त्यही खरानी निधारभरि धसेर आफूलाई महासन्त र महापुरुष साबित गर्न केही मानिसहरू ड्यामेज कन्ट्रोल गरिरहेछन्।


Share this news
आजको रोजाइ
गोर्खाल्याण्ड प्राप्तिको संघर्ष गर्ने उर्जा प्राप्त भएको छ: जितेन राई

गोर्खाल्याण्ड प्राप्तिको संघर्ष गर्ने उर्जा प्राप्त भएको छ: जितेन राई

फाटापुकुरको शारदामणि उविमा माता शारदाको १७३औँ जयन्ती

फाटापुकुरको शारदामणि उविमा माता शारदाको १७३औँ जयन्ती

सरिफ ओस्मान हादीको हत्यापछि बंगलादेशमा बढ्दो अशान्ति

सरिफ ओस्मान हादीको हत्यापछि बंगलादेशमा बढ्दो अशान्ति

सिलगढी-दार्जीलिङ ट्याक्सी विवाद चर्कियो, यात्रुहरू पर्ने मर्कामा

सिलगढी-दार्जीलिङ ट्याक्सी विवाद चर्कियो, यात्रुहरू पर्ने मर्कामा

पाँच ‘ज’ र एक ‘जाँगर’ले बनेका किसान

पाँच ‘ज’ र एक ‘जाँगर’ले बनेका किसान

युनाइटेड ट्याक्सी सिण्डिकेट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आवद्ध

युनाइटेड ट्याक्सी सिण्डिकेट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आवद्ध

विद्याज्योति अकादमी बिजनबारीको स्थापना दिवस भव्य पालन

विद्याज्योति अकादमी बिजनबारीको स्थापना दिवस भव्य पालन

भाजपाको दखलबन्दी र राजनैतिक प्रोपोगेन्डा सहनेछैनौंः रूदेन

भाजपाको दखलबन्दी र राजनैतिक प्रोपोगेन्डा सहनेछैनौंः रूदेन

कुन हिडन एजेण्डाले 313 शिक्षकहरूको नोकरी खायो ?

कुन हिडन एजेण्डाले 313 शिक्षकहरूको नोकरी खायो ?

विशप स्टेफन लेप्चको 73औं जन्मदिनमा मुख्यमन्त्री गोलेको उपस्थिति 

विशप स्टेफन लेप्चको 73औं जन्मदिनमा मुख्यमन्त्री गोलेको उपस्थिति 

आजको रोजाइ