विद्याज्योति अकादमी बिजनबारीको स्थापना दिवस भव्य पालन

Share this news

बिजनबारी,23 दिसम्बर(निसं): डा. सर्वपल्ली राधाकृष्णण च्यारिटेबल ट्रस्ट पुलबजार-बिजनबारीद्वारा सञ्चालित बिजनबारी भेगको प्रथम सीबीएससी बोर्ड सामुदायिक विद्यालय विद्याज्योति अकादमी अग्रेजी उच्च माध्यमिक विद्यालय बिजनबारीको स्थापना दिवस सोमबार एक भव्य कार्यक्रमको साथमा सम्पन्न भयो।
कार्यक्रममा विद्यालय सञ्चालन समितिका अध्यक्ष सीता खनाल सञ्चालन समितिका कार्यकारी सदस्य अशोक मार्दा , जय कुमार बन्सल , सुरेश प्रधान , ज्ञान चन्द्र लामा , राखी लामा, बिधालयका प्रधान अध्यापक अरुण चौलागाईं लगायत सम्पुर्ण विद्यार्थी अविभावक सगै सर्वसाधारणको विशेष रूपमा उपस्थिति रहेको थियो।
विविध कार्यक्रमको साथमा आयोजना गरिएको कार्यक्रममा विद्यालय स्थापनादेखि हालसम्मको उपलब्धिबारे वक्ताहरुले विस्तृत रूपमा बताए। यस्तै विद्यालयले विगत लामो समयदेखि क्षेत्रको शैक्षिक स्तरलाई माथि उठाउदै ग्रामीण भेगमा उच्चस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयका प्रधान अध्यापक अरुण चौलागाईंले बताए।
यसको साथमा नयाँ शैक्षिक निति अनुरुप नै विद्यालयमा पठनपाठनको साथमा अतिरिक्त क्रियाकलापमा ध्यानाकर्षण गरिएको थप उनले जनाए। यस्तै, विद्यालयका संस्थापक सदस्य अशोक मार्दाले विद्यालय स्थापना गर्नुको उद्देश्य माथि प्रकाश पारे भने विद्यालयलाई अब उप्रान्त सरकारी मान्यता दिलाउन विभागीय प्रभारीहरुसित पत्रचार अनि भेटघाट गर्ने वचन राखे।
यस्तै अर्को ट्रस्टी ज्ञान चन्द्र लामाले अशोक मार्दाद्वारा विद्यालयलाई सरकारी मान्यता दिलाउने अभियान अधि बडाउने विचारको स्वागत गरे।
यसैगरि  आगामी शैक्षिक सत्रदेखि तेस्रो  देखि नवौं कक्षासम्म कुनै पनि ट्राइबल विद्यार्थीहरूको भर्ना हुँदा  ट्रस्टी सदस्यहरु सदिप लामा अनि अशोक मार्दाले 25 प्रतिशत सहयोग राशी प्रदान गर्ने वचन दिए। कार्यक्रममा विद्यालयको पक्षबाट भारतका राष्ट्रपतिसित भेट्ने टोलीलाई सम्मान समेत जनायो।
अर्कोतिर, अभिभावकको पक्षमा बोल्दै देवासिस गुरुङले विद्यालयले सरकारी मान्यता पाउन जुन पाइला चाले अभिभावकवर्गले पूर्ण सहयोग दिने वचन दिए। यसैबीच कार्यक्रमको अवसरमा बार्षिक परिक्षाफल समेत वितरण गरियो।
स्मरण रहोस्, विद्याज्योति अकादमी डा. सर्वपल्ली राधाकृष्णण ट्रस्टद्वारा सञ्चालित विद्यालय हो भने विद्यालयमा आवस्यक पुर्वाधारसँगै उच्चतर माध्यमिक तहसम्म सीबीएस बोर्डद्वारा मान्यता प्राप्त छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ