We will not tolerate BJP's interference and political propaganda: Ruden
We will not tolerate BJP's interference and political propaganda: Ruden

भाजपाको दखलबन्दी र राजनैतिक प्रोपोगेन्डा सहनेछैनौंः रूदेन

Share this news

कालेबुङका एकमात्र बीजेपीएम विधायक रूदेन सादा लेप्चाले एक प्रेस विज्ञप्ति जारी गरेका छन्, जसमा, विशेष जानकारीमा यो आइरहेको छ कि विभिन्न ठाउँमा PMGSY को NQM (National quality monitor ) अर्थात् PMGSY को सामान्य क्वालिटी जाँच गर्ने प्रक्रिया हो जुन चलिरहेको उल्लेख गरेका छन्। यो एउटा सामान्य प्रक्रिया हो।National Quality Monitor (NQM) अनि State Quality monitor (SQM) टोली आएर निरीक्षण गरी पिटहरू खनेर गुणस्तरको चेकजाँच, मटिरियलको गुणस्तरको जाँच गर्ने गर्छ। तर उक्त एनक्युम जाँच प्रक्रिया अवधि भाजपाका कतिपय नेतृत्वगण तथा कार्यकर्ताहरू आएर दखल दिइरहेको जानकारीमा आएको छ। यो लिगल अथवा प्रक्रिया अनुरुप होइन। यदि त्यस्तो हो भने स्थानीय ग्रामका पञ्चायत प्रधान, सदस्य, समिति सदस्य कसैलाई पनि खबर नगरीकन भाजपाका स्थानीय नेतृत्व तथा कार्यकर्ताहरू त्यस एनक्युम जाँच प्रक्रियामा सामेल हुनुको पछाडिको उदेश्य के हो ? उनीहरूले यसमा के कानुनी अथवा विभागीय महत्व राख्छ ? त्यो स्पष्ट गर्नुपर्छ। यो एउटा राजनैतिक विषय बनेर जान्नमा आइरहेकोले गर्दा सम्पूर्ण गाउँभरिका हाम्रा पार्टीका नेतृत्व तथा कार्यकर्ताहरूलाई यो अवगत गराउन चहान्छु कि उक्त भिजिटहरूमा यदि भाजपाको सदस्यहरू छ भने हाम्रो पार्टीको सदस्यहरूपनि त्यतिकै उपस्थिति दिएर उक्त कामकुराहरूको चेकजाँच गर्न अनुरोध गर्दछु। ग्राम पञ्चायत प्रधान अथवा सांसद महोदय आफै उपस्थित रहेर उक्त NQM जाँचमा रहन्छन् भने त्यो उहाँहरूको जिम्मेवारी हो। तर कुनै राजनैतिक दलकाहरू आएर, विशेषगरी भाजपाकाहरू आएर दखलबन्दी गर्दै राजनैतिक प्रोपोगेन्डा गर्दैछ भने त्यो सहनयोग्य हुने छैन। यदि त्यस्तो भइरहेको छ भने हाम्रा पार्टीकाहरू पनि विभिन्न ठाउँमा उत्रेर उक्त कार्वाहीको जवाफ दिन आह्वान गर्दछु। भाजपाको कार्यकर्ताहरू एनक्युएम टोलीको जँचमा रहन्छन् भने हाम्रो पार्टीको सदस्यहरूपनि रहनुपर्छ।जाँचमा भापजा सम्मिलित हुनु यो उचित कदम होइन। भाजपा चैँ त्यो कामको जाँच गर्ने को हो? भाजपासँग के अथिटिरी छ ?
NQM एउटा सामान्य प्रक्रिया हो। तर यसमा एउटा विशेष राजनैतिक दल भाजपाका सदस्स्यहरू मात्रै सम्मिलित किन हुदैछ? हो सांसद सम्मिलित हुनैसक्छ किनभने उ जनप्रतिनिधि हो।तर उक्त ग्राम पञ्चायतका प्रधान,जीटीएका सभासद,क्षेत्रीय पञ्चायत समिति सभापति तथा सदस्यहरूलाई खबर गरिएको छ त? भाजपाका नेतृत्व तथा कार्यकर्ताहरू चैँ को हुन्?उनीहरू किन यसमा सम्मिलित हुदैछन् त?यदि यस्तै हो भने जुन ठाउँहरूमा NQM टोलीको जाँच चलिरहेको छ जहाँ भाजपाको नेतृत्व,कार्यकर्ताहरू रहन्छन् त्यहाँ हाम्रो भागोप्रमोको पार्टी नेतृत्व तथा कार्यकर्ताहरूपनि रहन सक्छन्। यदि यसो भएको खण्डमा अथवा कुनै तनाव भएको खण्डमा भाजपाकाहरू स्वयं जिम्मेवार रहनेछन्।
तपाईंहरूलाई यो पनि ज्ञात रहोस् कि PMGSY योजना पूर्णरूपले केन्द्रको राशिले मात्रै बनिन्दैन, राज्यले पनि त्यति नै राशि लगाउँछ जति केन्द्रले लगाउँछ। त्यसपछि अगाडि बाटोलाई सुधार्ने, मर्मति गर्ने जिम्मा राज्यको रहन्छ। त्यसो हो भने जति सांसदले हक राख्छ त्यति नै ग्राम पञ्चायतका प्रधान, विधायक, जीटीएका सभासद, पञ्चायत समितिको सदस्य अथवा उनीहरूका प्रतिनिधिहरू हुनुपर्छ न कि कुनै दलको।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ