कैजेले, 26 दिसम्बर (निसं): दोर्जे तामाङ उर्फ (रूपक चन्द्र तामाङ्ग) भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीबाट निस्कासित गरिएको छ।भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रेलिङ कैँजले समष्टिको कैँजले ग्राम पञ्चायत वार्ड नम्बर 3 निवासी वार्ड सदस्य दोर्जे तामाङ उर्फ रूपक चन्द्र तामाङलाई पार्टी विरोधी काम गरिएको भन्दै पार्टीबाट निष्कासित गरेको छ। आज कैँजले पार्टी कार्यालयमा क्षेत्रीय सभासद सतिश पोखरेलको प्रमुख उपस्थितिमा तथा समष्टि कमिटीको माझमा बसेको सभामा सर्वसम्मति अनुसार दोर्जे तामाङलाई पार्टीबाट निष्कासित गर्ने निर्णय लिएको हो। दोर्जे तामाङले पछिल्लो केही महिना अघिदेखि पार्टी विरोधी काम गरिएको सभामा चर्चा परिचर्चा गरियो।
उनलाई पार्टी विरोधी कामहरूमा संलग्नता भेटाए बापत नै तीन महिनाका निम्ति पार्टीको साधरण सदस्यबाट निष्कासित गरिएको सभासद सतिश पोखरेलले जानकारी गराएका छन्।










