डीएचआर निर्देशकसमक्ष अर्गनाइजेशन-को विविध माग

Share this news

दार्जीलिङ, 20 जुलाई (निसं): घूम जोरबंग्लो पीपल्स अर्गनाइजेशन-ले दार्जीलिङ हिमालय रेवलेका निर्देशकसमक्ष विविध मागहरू राखेको छ। जसमा घूम रेलवे स्टेशन प्रमुख प्रवेशद्वार सेन्ट्रर ब्यांक छेवैमा बुच्चिएको नाला अनि वरिपरि थुप्रिएका फोहोर मैला यथाशीघ्र सरसफाई गरिनुपर्ने, रेलवेको ईञ्जीन अनि चक्काहरु फेर्ने ठाउँ बर्खा यामको समय पानी जमिएर स्विमिङ पुल जस्तै अवस्थामा पुग्ने हुनाले यसको पनि सही ब्यवस्थापन गरिएको हुनुपर्ने साथै पहिले खरसाडदेखि चल्ने लोकल रेल पुनःसञ्चालनमा ल्याइनुपर्ने मा गरेको छ। अर्गनाइजेशनका सभापति साङ्गे डुक्पाले बताएअनुसार पहिला घूम रेलवे स्टेशनमा अवस्थित घूम म्युजियम दिनभरि खुल्ला हुन्थ्यो, तर अहिले केवल पर्यटकहरु रेल मार्फत सवारी भई आएको समय मात्र खोल्ने गरेको अनि टिबिटियन नृत्यहरु जो पहिले पर्यटकहरुको आकर्षणको निम्ति प्रस्तुत गरिने गर्दथ्यो त्यो सबै बन्द भएर गएको छ। यी सबै बिषयहरुमाथि अर्गानाइजेशनको तर्फबाट प्रतिनिधित्व गरेर मएको व्यक्तिहरुले हिमालयन रेल-वे
खरसाङको निर्देशक समक्ष कतिपय मागहरू राखेको छ। रेलको प्रत्येक बगीमा मैला दानी राखिनुपर्ने माग अर्गनाइजेशनका उपसभापति वाडदीले राखेका छन्। अर्गनाइजेशनले राखेको तमाम समस्याहरुको यथाशीघ्र समाधन गरिनुपर्ने बिषयमा पनि निर्देशकलाई अवगत गराएको जानकारी अर्गनाइजेशनले दिए-को
छ। यस अवसरमा सभापति साङ्गे डुक्पा, महासचिव ठेण्डुप वाङदी, उपसभापति वाङदी येल्मु, जयकुमार थामी, सुजना रसाइलीलगायत अन्य उपस्थित थिए। ज्ञात रहोस्, गत 25 जूनको दिन दार्जीलिङ हिमालयन खरसाङका निर्देशकले सभाको आयोजना गरेर अर्गनाइजेशन लगायत अन्य संघ संस्थाहरुलाई निमन्त्रणा गरेको थियो। उक्त सभामा घूम जोरबंग्लो पीपल्स अर्गनाइजेशनको तर्फबाट महासचिव ठेण्डुप वाङ्दी अनि उपसभापति वादी यल्मो उपस्थित भएका थिए। जुन सभामा अर्गनाइजेशनले राखेक मागहरूबारे अर्गनाइजेशन पुनःसम्बन्धित निकायको ध्यान आकर्षण गराएको छ।

Share this news
आजको रोजाइ
सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

नामथाङमा क्याप–सिक्किमको बैठक, ‘क्याप जनताको आकाङ्क्षाबाट जन्मिएको पार्टी’ : गणेश कुमार राई

नामथाङमा क्याप–सिक्किमको बैठक, ‘क्याप जनताको आकाङ्क्षाबाट जन्मिएको पार्टी’ : गणेश कुमार राई

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

आजको रोजाइ