अण्डर 15 फुटबल कोचिङ क्याम्प समापन

Share this news

सोनादा, (निसं): सोनादा उच्चत्तर माध्यमिक विद्यालयको आयोजनामा अण्डर 15 विन्टर फुटबल कोचिङ क्याम्पको समापन कार्यक्रम सम्पन्न भएको छ। यस अण्डर 15 विन्टर फुटबल कोचिङमा कोचको रुपमा बुद्ध राई, दोर्जी तामाङ, रहेका थिए । उक्त अण्डर 15 विन्टर फुटबल कोचिङ गत 15 दिसम्बर 2025 देखि शुरु भएर सोमवार एक कार्यक्रमबीच समापन गरिएको छ। यस समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सोनादा उच्चत्तर माध्यमिक विद्यालयको पूर्व प्रधान अध्यापक कल्याणकुमार तामाङ उपस्थित थिए, विशिष्ट अतिथिहरुमा वर्तमान प्रधान अध्यापिका विन्ध्या प्रधान, समाजसेवी सुमेस तामाङ, आइता सिंह तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए।

सुदिप प्रधानले सञ्चालन गरेको कार्यक्रममा कोचिङ क्याम्पमा सहभागी विद्यार्थीहरूलाई प्रमाण पत्र, फुटबल, जर्सी , बुट, ट्रफी आदि अतिथिहरुको बाहुलीबाट प्रदान गरिएको छ। यसको साथै गत केही दिन अघि बालासनमा आयोजना गरिएको अण्डर 15 फुटबल टुर्नामेन्टमा विद्यालयका विद्यार्थीहरुले फाइनलमा जीत हाँसिल गरेकोमा उपहार प्रदान गरिएको छ। यस कार्यक्रममा कोच बुद्ध राईले सम्बोधन गरेका थिए। उनले आफ्नो सम्बोधनमा भने, विद्यालयको अर्थ र उद्देश्य विद्यार्थीलाई शिक्षित बनाउनु मात्र होइन अपितु विद्यार्थीलाई सक्षम, योग्य र आत्मविश्वासी पनि बनाउनु हो। शिक्षा ग्रहण गर्ने विद्यार्थी शिक्षासँगै समाज, जाति र देशको हितमा असल कार्य गर्नु र आफू अनुशासित बनेर समाजलाई अनुशासनमा डोहोऱ्याउनु हो। यसको साथै आजका बाल-बालिका तथा युवाहरू मोबाइल एवम्‌‍ सामाजिक सञ्जालको दुरुपयोगमा लत लागेकोले उनीहरूलाई शारीरिक अनि मानसिकरूपमा स्वास्थ्य राख्नु यस क्याम्पको उद्देश्य हो। यही उद्देश्य लिएर सोनादा उच्चत्तर माध्यमिक विद्यालयको आयोजनामा अण्डर 15 विन्टर फुटबल कोचिङ जारी रहेको छ।

उनले अघि भने, आजको युवा कस्तो कुलतमा फसेका छन्‌‍ वा कुमार्गतिर लम्किरहेका छन्‌‍ भन्ने विषयमा विशेष सचेतना फैलाउन र युवाहरूलाई सही दिशानिर्देश गर्न विद्यालयले यस अण्डर 15 विन्टर फुटबल कोचिङ्को आयोजना गरेकेो हो। कार्यक्रमलाई कल्याणकुमार तामाङ, बिन्ध्या प्रधान, सुमेस तामाङ आदिले सम्बोधन गरेका थिए। यस अण्डर 15 विन्टर फुटबल कोचिङ्को उद्देश्य नानीहरुलाई मोबाइल फोन र ड्रग्सबाट टाड़ा राखेर खेलकूदमा ध्यानाकर्षण गराउनु रहेको बताइएको छ।

Share this news
आजको रोजाइ
शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

विधानसभामा खरसाङको मुद्दा उठाउँदै विधायक सोनाम लामाले गरे छुट्टै जिल्ला घोषणाको माग

विधानसभामा खरसाङको मुद्दा उठाउँदै विधायक सोनाम लामाले गरे छुट्टै जिल्ला घोषणाको माग

गाजियाबाद–नयाँ दिल्ली रेलखण्डमा मालगाडीका ६ डिब्बा पटरीबाट उत्रिँदा रेल सेवा प्रभावित

गाजियाबाद–नयाँ दिल्ली रेलखण्डमा मालगाडीका ६ डिब्बा पटरीबाट उत्रिँदा रेल सेवा प्रभावित

आजको रोजाइ