TSOMGO XCM 2.0 Cycle Race held

TSOMGO XCM 2.0 साइकल रेस आयोजित

Share this news

साइकिलिस्ट एसोसिएसन अफ सिक्किमको आयोजनामा आज TSOMGO XCM 2.0 साइकल रेस आयोजना गरियो। आइतबार बिहान गान्तोकको टासिभ्यू पोइन्टबाट रेस शुरू भएको थियो भने रेस Tsomgo Lake मा समापन भएको थियो। उक्त रेसमा भारती सेना, सिलगडी, गान्तोक, अरूणाचल प्रदेश आदिबाट साइकिलिस्टहरूले भाग लिएका थिए। इलिट र मास्टर क्याटोगरिमा आयोजित रेसमा इलिट क्याटोगरिमा खुसीमन गर्ती प्रथम भएका थिए, सौरव सिंह दोस्रो, मोहित सिंह तेस्रो भएका थिए भने रंगटङ पाइडलर ग्रुपका दर्जी थोकजुर नवौँ भएका थिए।
यता मास्टर क्याटोगरिमा दिभ्यन राई प्रथम, सोनाम तोपदेन भोटिया दोस्रो, निङ्दो लेप्चा तेस्रो भएका थिए भने रंगटङ पाइडलर ग्रुपका भवेश सुब्बा छैटौं भएका थिए। साइकलिङ एसोसिएसन अफ सिक्किमले विगत वर्षदेखि यस प्रकारको साइकल रेसको आयोजन गर्दै आइरहेको छ भने यो वर्षको दोस्रो TSOMGO XCM रेसमा पुलिस अधीक्षक अक्ष्य सजदेवा मुख्य अतिथिको रूपमा उपस्थित थिए।


Share this news
आजको रोजाइ
सुभेन्दु अधिकारीले भेटे राज्यका मुख्य निर्वाचन अधिकारीसँग

सुभेन्दु अधिकारीले भेटे राज्यका मुख्य निर्वाचन अधिकारीसँग

एसकेएम पार्टीको सामाजिक मिडिया नेटवर्कलाई सुदृढ बनाउने

एसकेएम पार्टीको सामाजिक मिडिया नेटवर्कलाई सुदृढ बनाउने

सिक्किमकी अभिष्टा बस्नेत भारतको यू-१७ टोलीमा चयन

सिक्किमकी अभिष्टा बस्नेत भारतको यू-१७ टोलीमा चयन

बीरपाडा १ दक्षिणका नव नियुक्त अञ्चल सदस्यहरूलाई स्वागत

बीरपाडा १ दक्षिणका नव नियुक्त अञ्चल सदस्यहरूलाई स्वागत

दिपेन हाङ लिम्बूलाई स्वागत, हार्दिक वधाइ र शुभकामना

दिपेन हाङ लिम्बूलाई स्वागत, हार्दिक वधाइ र शुभकामना

नेपाली पुस्तक सङ्ग्रहालयका पदाधिकारीहरू आसाम जाने

नेपाली पुस्तक सङ्ग्रहालयका पदाधिकारीहरू आसाम जाने

रङबुल धोतरिया कला मञ्चद्वारा देउसी भैलोलाई निरन्तरता

रङबुल धोतरिया कला मञ्चद्वारा देउसी भैलोलाई निरन्तरता

कानूनको कार्यान्वयन समीक्षा गर्न त्रैमासिक बैठक आयोजित

कानूनको कार्यान्वयन समीक्षा गर्न त्रैमासिक बैठक आयोजित

उदयन समिति नवीकरण परियोजना ३३,५०,६३३.०० रुपैयाँमा

उदयन समिति नवीकरण परियोजना ३३,५०,६३३.०० रुपैयाँमा

राष्ट्रिय हरित न्यायधिकरणलाई सभासद एडवडर्सले लेखे पत्र

राष्ट्रिय हरित न्यायधिकरणलाई सभासद एडवडर्सले लेखे पत्र