दार्जीलिङ पुलबजार प्रोजेक्ट अन्तर्गत रङदुकी आगनबाडी कर्मी जिमी लेप्चाको निधनमा उनलाई प्रोजेक्टको पक्षबाट मङ्गलबार श्रद्धाञ्जली अर्पण गरियो। लेप्चाको अन्तिम संस्कार रङदुमा नै गरिएको थियो। यसक्रममा प्रोजेक्टको केन्द्रीय सङ्गठनकी अध्यक्ष पुष्प लामा, दार्जीलिङ पुलबजार प्रोजेक्टकी अध्यक्ष पूर्णिमा देवान साङ्गठनिक सचिव शान्ता छेत्रीलगायत दार्जीलिङ पुलबजार प्रोजेक्टको आगनबाडी कर्मी-सहकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। धेरै समयदेखि विरामी रहेकी लेप्चाले आफुपछि श्रीमान र नानीहरू छोडिगएको श्रीमती सीता गुरूङले जानकारी दिएकी छिन्।
