जातिको अस्तित्व, चिन्हारी र स्थाई संवैधानिक व्यवस्थामा आइजीजेएफको आह्वान-

Authored By: --त्रिभुवन सामसुहाङ।।

Share this news

सरसर्ती इतिहास हेर्दा १८६६ तिर ब्रीटीशद्वारा भोटागंबाट खोसेको कालेबुड, सिक्किमबाट लुटेको दार्जीलिड अनि खरसान र सिलगडी मिलाएर दार्जिलिड जिल्ला सृर्जना भएको इतिहासले भन्छ। यसै सन्दर्भमा वरिष्ठ बंगाली साहित्यकार हरेन घोषको दार्जिलिड पहाड बारेमा, बंग राज्य समवय युनियन द्वारा प्रकाशित “भण्डार” पत्रिका फरवारी १९८४ अंकको आफ्नो लेखमा यसरी वर्णन गरेका छन्। “दार्जिलङगेर इतिहास पर्यालोचना करले देखा जाए पुरातन सिक्किम ओ पुरातन भूटानेर अंश निये वर्तमान दार्जिलिड गठित।इंग्रेज आगमनेर पूर्वे नेपाल, सिक्किम, भूटान परस्पर युद्ध विग्रहे लिप्त थाक्तो। मध्य युगे भारतीय राजन्यवर्गेर क्षेत्रेउ एई अवस्था देखा गिएछे। इंग्रेज आगमने परेउ एई युद्ध विग्रह लेगे थाक्तो।माझे थेके लाभवान होलो ईष्ट इन्डिया कोम्पानी।ईष्ट इन्डिया कोम्पानीर पक्षे जेनेरेल लयड सिक्किम राजेर संगे आलोचना करे एक्टी चुक्ती करेन।तदनुसार १८३५ खृष्टाब्देर १ला फेब्रुयारी दार्जिलिड हस्तन्तरिन हय”॥

अर्थात – दार्जीलिडको इतिहास पर्यालोचना गरेर हेर्न्र हो भने देखिन्छ वर्तमान दार्जीलिड प्राचिन सिक्किम र प्राचिन भूटानको अंश लिएर गठित भएको। अंग्रेजहरू आउनु भन्दा अघि, नेपाल, सिक्किम, भूटान परस्पर युद्धमा लिप्त थिए मध्य युगमा भारतीय रजौटा वर्गका क्षेत्रहरूमा पनि यहि अवस्था देखिन्थ्यो। अंग्रेजको आगमन पश्चात पनि यो युद्ध चलिरहेको थियो। माझमा ईष्ट इन्डिया कम्पनी लाभवान भयो। ईष्ट इन्डिया कम्पनीको पक्षमा जेनेरल लोयडले सिक्किम सरकारसंग आलोचना गरि एउटा राजीनामा तैयार गरे।त्यही अनुसार १८३५ खृष्टाब्दको पहिलो फरवरीको दिन दार्जीलिड हस्तन्तरित भयो। यस्ता तथ्य पूर्वक सत्य अनि प्रमाणहरू दार्जीलिड बारेमा थुप्रै छन्। जतिबेला ब्रीटीश भारत सरकारको समराज्य थियो बंगाल, असम, दार्जीलिड, डुवर्समा हाम्रा पुर्खाहरू धेरै कम शिक्षित थिए। राजनैतिक चेतना कम थियो।

ब्रीटिश सरकारको दमन नीति विरुद्ध ४०को दशक तिर बिस्तारै स्वाधिन राष्ट्रको विचारधारा जनमानसमा जाग्न थालिसकेको थियो। यता दार्जीलिड पहाडमा भने नेपाली/भोटे/लाप्चेको भविष्य निर्माण गर्ने अभिभारा लिई एउटा राजनैतिक पार्टी गठन गर्ने तर्खर हॅुदै थियो।१५मई १९४३ सालमा, दार्जीलिडको रिंग सिनेमा हलमा डम्बर सिहं गुरूडको नेतृत्वमा, रायसाहेब पूर्ण बहादुर प्रधान, रणधीर सुब्बा, काजीमान लामा, शिव कुमार राई, ज्ञान छिरिड सित्लिड, बागबीर गुरूड, बलबहादुर छेत्री, लाल बहादुर नेपाली अनि थुप्रै यस्ता सज्जन व्यक्तित्वहरूले ब्रीटिश भारतमा गोर्खाहरूको पहिलो राजनैतिक पार्टी गठन गरेको इतिहास छ।यस राजनैतिक पार्टीले असम, म्यानमार,भाक्सु, देहरादुन, डुवर्स अनि दार्जीलिडमा राजनैतिक संघर्ष गरको धेरै कथाहरू छन्।

भारत स्वतन्त्र भए पश्चात ०३ जनवारी १९५२ सालमा स्वतन्त्र भारतमा पहिलो आम चुनाव हुने सम्पन्न भयो अनि बंगालको २४० सिटमा, दार्जिलिड सदरबाट दलबहादुर सिहं गहतराज, जोरबंगला क्षेत्रबाट शिवकुमार राई, सिलगडीबाट जर्ज महबर्ट सुब्बा, कालेबुङबाट ललित बहादुर खडका अनि फाँसीदेवा/खोरीबारी (उपजाति) समष्टिबाट निमा वाङ्दी भुटिया निर्वाचित भएका थिए अनि उत्तरबंगाल लोक सभाबाट मनोनित लक्ष्मीरायजन जोशी भएका थिए। इतिहास दोहरिन्छ भने झैं …. यसपाली २०२६ सालमा पनि पाँच जना गोर्खा विधायकहरू भाजपाको टिकटबाट बंगालको विधानसभामा पुग्न सफल भएका छन्।

यसपाली गोर्खाको सपना मेरो सपना भन्ने सम्मानिय प्रधान मन्त्री श्री नरेन्द्र मोदी अनि भाजपा सरकार राज्य र केन्द्रमा आसिन छन्।अब भारतवर्षमा गोर्खाहरूले न्याय पाउने सहि समय आएको सबैले महसुस पनि गरेका छन्।यस्तो घडीमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टका अध्यक्ष श्री अजय एडवर्डसको अडान स्पष्ट अनि अकाट्य रहेको छ।विगत दिनहरूमा हाम्रो मांग संर्दभमा संधै राजनैतिक पार्टीहरूले नेतृत्व गरेको अनि सरकार सित सम्झैता गरेको तितो मिठो अनुभवहरू धेरै छन् त्यस कारण यस पालीको सरकारसितको वार्तामा वा सरकार सितको सम्झौतामा अग्रज पंक्तिमा अराजनैतिक संस्था (SSDC) छुट्टै राज्य मांग समिति हुन पर्छ भन्ने भनाई छ अनि यस टोलीको नेतृत्व एस॰एस॰डी॰सि॰का सभापति श्री प्रभाकर देवान, (वरिष्ठ अधिवक्ता) अनि टोली द्वारा होस भनेर सबैलाई आग्रह गरेको छ।

त्यस टोलीमा दार्जीलिडका सबै राजनैतिक पार्टीका प्रतिनिधि, सं-संस्थाका प्रतिनिधि, बुद्धिजिवी जमात अनि अन्य समाजहरू समावेश हुन आवश्यक छ सो एस॰ एस॰ डी॰ सीले अगावै सबैलाई निमन्त्रणा गरिसकेको पनि छ। जसरी १९६२मा नागाल्याण्ड १६औं भारतको राज्य हुँदा नागा पिपल्स कनभेनसन,एक अराजनैतिक संस्थाले सबै नागाका प्रतिनिधिहरूलाई, त्यस संस्थाका सभापति श्री डा. इएमकोनलिबा आवोले नेतृत्व गरेको थियो। त्यसरी नै हाम्रो पनि यसपालीको छुट्टै राज्यको मांग अराजनैतिक संस्थाले नै नेतृत्व गरोस ताकि निस्वार्थ पूर्वक हाम्रो दीर्घकालीन मांग “छुट्टै राज्य” पूरा होस् भनेर इण्डियन गोर्खा जनशक्ति फ्रण्टले सबै- सबैलाई आह्वान अनि आग्रह गरेको छ।सबै एक पल्ट जुटौं अनि एक होऔं।


Share this news
आजको रोजाइ
फलता हिंसा मामिलामा ठूलो एक्सन, जहांगीर खानकी पत्नी सरीना बीबी पक्राउ

फलता हिंसा मामिलामा ठूलो एक्सन, जहांगीर खानकी पत्नी सरीना बीबी पक्राउ

बंगालद्वारा सरसफाइसम्बन्धी नयाँ नियम लागू, सार्वजनिक ठाउँमा फोहोर गरे जरिवाना तिर्नुपर्ने घोषणा

बंगालद्वारा सरसफाइसम्बन्धी नयाँ नियम लागू, सार्वजनिक ठाउँमा फोहोर गरे जरिवाना तिर्नुपर्ने घोषणा

इन्दौरमा नीट (NEET) परीक्षार्थीको पुनरावृत्ति परीक्षा अगाडि भवनबाट खसेर मृत्यु

इन्दौरमा नीट (NEET) परीक्षार्थीको पुनरावृत्ति परीक्षा अगाडि भवनबाट खसेर मृत्यु

मोरक्कोको ऐतिहासिक जित, स्कटल्यान्ड 0–१ ले पराजित

मोरक्कोको ऐतिहासिक जित, स्कटल्यान्ड 0–१ ले पराजित

अस्ट्रेलियालाई जित्दै अमेरिका नकआउटमा प्रवेश

अस्ट्रेलियालाई जित्दै अमेरिका नकआउटमा प्रवेश

जातिको अस्तित्व, चिन्हारी र स्थाई संवैधानिक व्यवस्थामा आइजीजेएफको आह्वान-

जातिको अस्तित्व, चिन्हारी र स्थाई संवैधानिक व्यवस्थामा आइजीजेएफको आह्वान-

टीएमसी २० बागी सांसदविरुद्ध लोकसभा सभामुखसमक्ष पुगे अभिषेक बनर्जी

टीएमसी २० बागी सांसदविरुद्ध लोकसभा सभामुखसमक्ष पुगे अभिषेक बनर्जी

पानीघट्टा चियाबारीका श्रमिक समस्या समाधानतर्फ महत्वपूर्ण सहमति

पानीघट्टा चियाबारीका श्रमिक समस्या समाधानतर्फ महत्वपूर्ण सहमति

फिफा विश्वकप २०२६: ब्राजिलको गोल वर्षा,

फिफा विश्वकप २०२६: ब्राजिलको गोल वर्षा,

सांसद राजु विष्टकाे नेतृत्वमा नै गाेर्खाजातिकाे स्थायी समधान हुनेछ -अरूण घिसिङ।

सांसद राजु विष्टकाे नेतृत्वमा नै गाेर्खाजातिकाे स्थायी समधान हुनेछ -अरूण घिसिङ।

आजको रोजाइ