दार्जिलिङका लाेकसभा सांसद राजू विष्टकाे कुशल नेतृत्वमा नै गाेर्खाहरूले भारतीय जनता पार्टीकाे सरकारकाे पालाेमा न्याय पाउने भारतीय जनता पार्टी सियाेक गाेपालधारा ओकेटी मण्डल कन्भेनर अरूण घिसिङले दावी गर्दै राजू विष्ट सांसद बनेपछि गाेर्खाहरूकाे मुद्धामा दिलाेज्यान लगाएर काम गरिरहेकाे कारण नै गाेर्खाहरूकाे स्थायी समधान हुने समय नगीच आएकाे बताए। घिसिङले सांसद राजू विष्टकाे सक्रियतामा नै केन्द्र सरकारले पहाड समस्या समधानकाेलागि इन्टरलाेकेटर नियुक्त गरेकाे जानकारी गराँउदै सांसद कै कारण पश्चिम बंगालका राज्यपालले गाेर्खाहरूकाे दिर्घकालीन समस्या समधानकाेलागि सदनमा कुरा उठान गरेकाे जाे ठूलाे उपलब्धि रहेकाे बताए।
तिनले राज्यपालले गाेर्खाकाे मुद्धालाई प्रमुखता दिएर सधनमा उठान गर्नु लरतराे कुराे नरहेकाे बताँउदै राज्यपालकाे याे पहलले गाेर्खाकाे आङमा घाम लाग्ने समय नगीच आएकाे आभास सबैलाई भएकाे छ भने। तिनले सांसद राजू विष्टकाे पहलमा नै पश्चिम बंगाल राज्यमा भाजपाकाे सरकार गठन गरेपछि महिना दिनकाे अवधिमा नै मुख्यमन्त्री खरसाङ आएर पहाडबासीलाई सम्बाेधन गर्दै ईएफआरमा एक हजार जना युवक युवतीहरूलाई भर्ना गर्ने घाेषणा गरेकाे ।
जाे सांसद राजू विष्टकाे कारण नै सम्भव भएकाे बताए। अरूण घिसिङले शुक्रबार दूधेकाे अस्थायी पूल क्षतिग्रस्त बनेपछि विहानै सांसद राजू विष्ट दूधे पुगेर जनप्रतिनिधिकाे भूमिका पालन गरेकाे जानकारी गराँउदै दूधे पूल विषयमा सांसद विष्टले मुख्यमन्त्री अनि अन्य विभागीय अधिकारीहरूशीत कुराे गरेकाे बताए।तिनले सांसदकाे सक्रिय पहलमा नै दूधे पूलकाे पनि समस्या समधान हुनेछ भन्दै विगतमा कतिपयले आफ्नाे निजी स्वार्थकाेलागि दुधेमा काम गरेका थिए भने सांसदकाे पहलमा यसपालि पारादर्शीढंगमा काम हुनेछ भने। घिसिङले शुक्रबार दूधेका कतिपय मानिसहरूले हामीलाई जनप्रतिनिधि चाहिन्दैन भन्ने किसिमकाे कुराे गरे।याे अनुचित हाे भन्दै प्राकृतिक आपदासित जुझ्न तत्काल सकिन्दैन।
सांसदले आवश्य नै काम गर्नेछ।किनभने उनी काम गर्ने कर्मवीर हुन भने। हामीले हाम्रै मनिसलाई सम्मान गर्नु सक्नुपर्छ। सांसद राजू विष्ट एक खाटी गाेर्खा हुन ।उनले सधै गाेर्खाहितमा नै कार्य गरिरहेका छन घिसिङले भने।












