पानीघट्टा चियाबारीका श्रमिक समस्या समाधानतर्फ महत्वपूर्ण सहमति

Share this news

पानीघट्टा चियाबारीमा देखिएको श्रमिकसम्बन्धी विभिन्न समस्याहरूको समाधानका निम्ति खरसाङ सह-श्रम आयुक्त युगो भोटियाको आह्वानमा हिज साँझ आयोजित त्रिपक्षीय बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठकमा दार्जीलिङ डीएलसी युगेन लेप्चा, विभिन्न श्रमिक युनियनका प्रतिनिधिहरू तथा बगान व्यवस्थापन पक्षका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकमा हिमालयन प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय समिति अध्यक्ष बी.के. राई, पानीघट्टा शाखाका सचिव दिपेन लोहार, बीएमएसका सभापति प्रणय सेर्पा तथा डीटीडीपीएल युनियनका प्रतिनिधि बिमल दर्जी लगायतको सहभागिता रहेको थियो।

उल्लेखनीय छ कि २९ अप्रिल २०२५ मा बगरिया ग्लोबल बेभरेजेस लिमिटेड र पानीघट्टा चियाबारीका श्रमिकहरूबीच भएको सम्झौतापछि २ मे २०२५ देखि बगान सञ्चालनमा आएको थियो। तथापि, पछिल्ला केही महिनादेखि देखिएका विभिन्न विषयहरूलाई लिएर २९ मे २०२६ र १० जुन २०२६ मा सम्पन्न बैठकहरू निष्कर्षविहीन बनेका थिए। हिजको बैठक भने सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुँदै महत्वपूर्ण सहमतिहरूमा पुग्न सफल भएको छ।

बैठकमा भएका मुख्य सहमतिहरू:
श्रमिक तथा कर्मचारीहरूको बक्यौता भुक्तानी
कर्मचारीहरूको एक महिनाको तलब तथा श्रमिकहरूको दुईवटा खर्च (वेतन/सुविधा) आगामी ३१ जुलाई २०२६ भित्र प्रदान गरिनेछ।
रोजगारीको अवसर विस्तार
बगानमा आवश्यकताअनुसार थप श्रमिकलाई काममा लगाउने निर्णय गरिएको छ। इच्छुक योग्य उम्मेदवारहरूले आवेदन दिन सक्नेछन्।
पदोन्नति प्रक्रिया कार्यान्वयन
२९ अप्रिल २०२५ को सम्झौताअनुसार १६:१ अनुपात कायम राख्दै ३१ जुलाई २०२६ भित्र पदोन्नति प्रक्रिया पूरा गरिनेछ।
अवकाशप्राप्त कर्मचारीहरूको पीएफ भुक्तानी
अवकाश लिइसकेका कर्मचारीहरूको काटिएको पीएफ रकम १५ जुलाई २०२६ भित्र उपलब्ध गराइनेछ।

पीएफ सम्बन्धी समस्या समाधान
व्यवस्थापन पक्षले सिलिगढीस्थित पीएफ कार्यालयसँग समन्वय गरी श्रमिकहरूको बाँकी रहेको पीएफ सम्बन्धी विषय छिट्टै टुंग्याउने सहमति जनाएको छ। बगान सञ्चालनलाई दीर्घकालीन स्थायित्व प्रदान गर्ने पहल बगान एक वर्षदेखि एसओपी (Standard Operating Procedure) अन्तर्गत सञ्चालन भइरहेको सन्दर्भमा, व्यवस्थापन पक्षले सरकारसमक्ष एसओपीलाई आधार बनाएर बगानको दीर्घकालीन र स्थायी सञ्चालन सुनिश्चित गर्न आवश्यक पहल गर्ने विषयमा श्रमिक संगठनहरूले सुझाव दिएका छन्।

बैठकपछि श्रमिक संगठनहरूले सहमतिहरू समयमै कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै पानीघट्टा चियाबारीमा श्रमिक हित, उत्पादन वृद्धि तथा औद्योगिक शान्ति कायम राख्न सबै पक्षले संयुक्त रूपमा कार्य गर्नुपर्नेमा जोड दिएका छन्।

Share this news
आजको रोजाइ
फलता हिंसा मामिलामा ठूलो एक्सन, जहांगीर खानकी पत्नी सरीना बीबी पक्राउ

फलता हिंसा मामिलामा ठूलो एक्सन, जहांगीर खानकी पत्नी सरीना बीबी पक्राउ

बंगालद्वारा सरसफाइसम्बन्धी नयाँ नियम लागू, सार्वजनिक ठाउँमा फोहोर गरे जरिवाना तिर्नुपर्ने घोषणा

बंगालद्वारा सरसफाइसम्बन्धी नयाँ नियम लागू, सार्वजनिक ठाउँमा फोहोर गरे जरिवाना तिर्नुपर्ने घोषणा

इन्दौरमा नीट (NEET) परीक्षार्थीको पुनरावृत्ति परीक्षा अगाडि भवनबाट खसेर मृत्यु

इन्दौरमा नीट (NEET) परीक्षार्थीको पुनरावृत्ति परीक्षा अगाडि भवनबाट खसेर मृत्यु

मोरक्कोको ऐतिहासिक जित, स्कटल्यान्ड 0–१ ले पराजित

मोरक्कोको ऐतिहासिक जित, स्कटल्यान्ड 0–१ ले पराजित

अस्ट्रेलियालाई जित्दै अमेरिका नकआउटमा प्रवेश

अस्ट्रेलियालाई जित्दै अमेरिका नकआउटमा प्रवेश

जातिको अस्तित्व, चिन्हारी र स्थाई संवैधानिक व्यवस्थामा आइजीजेएफको आह्वान-

जातिको अस्तित्व, चिन्हारी र स्थाई संवैधानिक व्यवस्थामा आइजीजेएफको आह्वान-

टीएमसी २० बागी सांसदविरुद्ध लोकसभा सभामुखसमक्ष पुगे अभिषेक बनर्जी

टीएमसी २० बागी सांसदविरुद्ध लोकसभा सभामुखसमक्ष पुगे अभिषेक बनर्जी

पानीघट्टा चियाबारीका श्रमिक समस्या समाधानतर्फ महत्वपूर्ण सहमति

पानीघट्टा चियाबारीका श्रमिक समस्या समाधानतर्फ महत्वपूर्ण सहमति

फिफा विश्वकप २०२६: ब्राजिलको गोल वर्षा,

फिफा विश्वकप २०२६: ब्राजिलको गोल वर्षा,

सांसद राजु विष्टकाे नेतृत्वमा नै गाेर्खाजातिकाे स्थायी समधान हुनेछ -अरूण घिसिङ।

सांसद राजु विष्टकाे नेतृत्वमा नै गाेर्खाजातिकाे स्थायी समधान हुनेछ -अरूण घिसिङ।

आजको रोजाइ