कला संगम मञ्चको सातौं प्रकरण ३१ अगस्तमा हुने

Share this news

दार्जीलिङमा सञ्चालित कला संगम मञ्चको साहित्य तरङ्गको सातौं प्रकरण आगामी ३१ अगस्त २०२५ आइतबारको दिन गोर्खा दुःख निवारक सम्मेलन भवनमा आयोजन गरिने भएको छ। गोर्खा दुःख निवारक सम्मेलन भवनमा कला संगम मञ्चका अध्यक्ष मनिराज खनालको सभापतित्वमा आयोजित सभामा यस कुराको निर्णय गरियो। कला संगम मञ्च दार्जीलिङद्वारा गरिने कार्यक्रम खुल्ला आकाश प्रतियोगिताको पनि छैटौं प्रकरण सम्पन्न गरियो। उक्त खुल्ला आकाश प्रतियोगिताको उपसमितिका संयोजक संजीव गजमेर थिए भने उक्त प्रतियोगितामा धेरै सदस्यहरुले सहभागिता जनाएका थिए। प्रतियोगिताको विषय नाटक लेखन रहेको थियो जसमा पहिलो प्रथम राजा काम्बाङ, दोस्रो किशन सार्की अनि तेस्रो श्रवणकुमार प्रधान बन्न सफल भए। खुल्ला आकाश प्रतियोगिताका विजेता सदस्यहरूलाई अध्यक्ष मणिराज खनालको बाहुलीबाट माल्यार्पणको साथमा प्रमाणपत्र अनि पारितोषिकद्वारा सम्मानित गरिएको छ। उक्त प्रतियोगिताका प्रायोजक विशन कार्की अनि योगिता राई उप समितिका सदस्यगणहरु थिए।

The seventh episode of Kala Sangam Mancha will be held on 31 August


Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ