सिलगढीमा सञ्चालित संस्था आरनोवाले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतमाथि सङ्गोष्ठीको आयोजन ३० नोभेम्बर २०२५ आइतबार गरेको छ। सिलगढीको चम्पासरीमा अवस्थित आरनोवा भवनमा आयोजित सङ्गोष्ठीमा राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतमाथि अध्ययन र अन्वेषण गरिरहेका अध्येताहरूले आ-आफ्नो पक्ष प्रस्तुत गर्नेछन्। स्मरण गराइन्छ, दिल्लीमा स्थापक आरनोवाले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतलाई परिचय गराउने अभियान गत २०२२ देखि चलाइरहेको छ। यसक्रममा नै सङ्गोष्ठीको आयोजन गरेको हो।
उक्त सङ्गोष्ठीमा सबैलाई उपस्थित भई राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतबारे जानकारी लिनहुन आरनोवाकी कार्यकारी अध्यक्ष गर्नका तामाङले अनुरोध गरेकी छिन्।












